यी रहेछन्, रोज राणामाथि खुकुरी हान्ने

यी रहेछन्, रोज राणामाथि खुकुरी हान्ने

Roj-Rana
रोज राणा

काठमाडौं । अभिनेता तथा निर्देशक रोज राणामाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हाल प्रदर्शनमा रहेको फिल्म ‘जय परशुराम’ का निर्देशक तथा अभिनेता राणामाथि दुई दिनअघि काठमाडौंको बानेश्वरमा खुकुरी प्रहार भएको थियो । 

खुकुरी प्रहारको अरोपमा काठमाडौं महानगरीय अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सिद्धपोखरी घर भइ नयाँबजार बस्दै आएका मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामा रहेका छन् । 

मुख्य योजनाकार जोधा भन्ने रत्नबहादुर लामा भने फरार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट एउटा मोटरसाइकलसमेत बरामद गरेको छ । 

राणाले गुन्डागर्दीबाट फाइदा लिने गरेको र आफूहरुलाई रकम नदिएका कारण उनीमाथि जोधाले खुकरी प्रहार गर्न लगाएको पक्राउ परेकाहरुले बताएका छन् ।