सवारी दुर्घटनामा मओवादी केन्द्रका नेताको मृत्यु

सवारी दुर्घटनामा मओवादी केन्द्रका नेताको मृत्यु

जनकपुर । सवारी दुर्घटनामा परी नेकपा माओवादी केन्द्रका एक नेताको मृत्यु भएको छ । 

धनुषाको मिथिला नगरपालिका जमुनिबासका माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य ५५ वर्षका चन्देश्वर पूर्वेको मृत्यु भएको जनाइएको छ ।

पूर्वे चढेको ज ६ प ८५०५ नम्बरको मोटरसाइकललाई ज १ च ११७१ नम्बरको टाटासुमोले धनुषाको मिथिलानगरपालिका–९ लालगढमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका नेता पूर्वेको लालगढको मोडेल अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने टाटासुमोलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।