पत्रकार रञ्जितकारलाई पितृशोक, क्रान्तिकारी पत्रकार महासंघद्वारा शोक व्यक्त

पत्रकार रञ्जितकारलाई पितृशोक, क्रान्तिकारी पत्रकार महासंघद्वारा शोक व्यक्त

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघकी कोषाध्यक्ष अमिरमैया रञ्जितकारलाई पितृशोक परेको छ ।

उनका बाबु नारायण प्रसाद रञ्जितकारको बुधबार बिहान तीन बजे उपचारका क्रममा काठमाडौं मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको आजै अन्तिम संस्कार गरिएको छ । 

यसैबीच क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिले एक विज्ञप्ती जारी गर्दै रञ्जितकारको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतले जारी गरेको शोक विज्ञप्तिमा कोषाध्यक्ष रञ्जितकारका बाबु नारायणप्रसाद रञ्जितकारको निधनले संगठनलाई दुःखी तुल्याएको उल्लेख छ । 

‘हाम्रो महासंघ दुःखको यस घडीमा दिवंगत वुवा नारायण प्रसाद रञ्जितकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसंतप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Capture