‘हेलो प्रिय अनुज !’
‘हजुर मालिक ! कोटीकोटी प्रणाम प्रभु । आज्ञा होस् प्रभु, के मनसुवा थियो होला ?’
‘सवसे पहले तो अपना मुल्क को मुखिया पदमा नियुक्त भएछौ, धेरै धरै बधाई र कार्य सफलताको शुभकामना बतवाइरहेछु । और क्या नाम त्यता धेरै अलमलिने काममा नलाग्नू । मैले यता पाटीको व्यवस्था गर्ने छु, तुरुन्त खानका लागि आउनू । फेरी पहिला जस्तो उत्ताउलो नहुनू । बढ्ता चलाखी गरेर उत्तरतरफको भोज खानतिर नलाग्नू । त्यसको नतिजा नराम्रो होला ।
असमयमै हात धुनु पर्ला । खयाल गर्नू । इधर मैदान के तरफ घाम ज्यादा लाग्छ, तापौला हँ । तिमी अपना घर नबनाउने छेपारा पर्यौ । दिनभर घाम तापेर सुत्छौ, और रात परेपछि छटपटिन्छौ । हाँ सुनो, तुम सेवका पेडमा हैन काँटेका पैड मे चढि रहेछौ, इतना आसान छैन काँटेका पैड मे बैठना ।’
‘हस् हजुर, मबाट पुरानो गल्ती दोहोरिने छैन ख्वामित । उतिबेला पनि मैले चिलगारीबाट उत्रेपछि कुरा त मिलाएकै हुँ । हजुरलाई अलि सम्झना भएनछ कि मालिक ।’
‘हाँ हाँ व तो मुझे पता छ । लेकिन म अभि तुमको शुभकामना दिइरहेछु ध्यान से सुनो । जवाफ वबाफ को कोइ जरुरत छैन । केवल सुनो मात्र ।’
‘जी प्रभु सुनिरहेको छु, आज्ञा होस् के गर्नु पर्यो मैले हजुर ।’
‘इस बख्त हमिले तराइतरफका भ्यागुता, छिप्कली, चुहा और कक्रोच सभिको तुमको समर्थन कर्ना आदेश करेको छु । अब उनलोग क्या क्या चाहन्छन् व पूरा कर्ना । व सभि हमारे लोग छ । और मैने पहले तुमारे घरमे आए बख्त बताएको थिएँ, पानी और जवानी पाहाड मे रहन सक्तैन । उस भनाइको बहुत ध्यान से ग्रहण कर्नू । मैने बहुत दूर दूर को विषय मे सोच समझ् करेर बताएको हो । हमारे सन्तान आने वाले कुछ कालखण्ड मे पानी नपाएर छट्पटिएर मर्ने छन् ।
इसलिए तुमारेतरफ से बहनेवाले पानी मे हमारा इकलौता हक छ । और हमारे यहाँ बडे बडे सेठ छन् । उनका घर मे चौकिदारी कर्ने, बरतन साफ कर्ने, कपडे धुलाने के खातिर जवानीका जरुरत पर्छ । और कोठीवठी मे लडकीको काम भी बहुत छ । व सब तुमको भेजना पर्छ । तिसरे मुल्क मे ज्यादा जवानी को भेजना छोडो । यहाँ तो भिसावसा को कोई लफडा पनि तो छैन हाँ । तुम और हमारे तरफ रोटीबेटी का बहुत पुराने सम्बन्ध पनि तो छ । व तो तुमिले तो बताएको थियो ।’
‘हो हजुर, मैले नै बताएको हो । कस्तो सम्झिराख्नु भएको रहेच, धन्यावाद हजुर ।’
‘हेलो’
‘जी हाँ, सुनिरहेको छु मालिक ।’
‘ध्यान से सुनो, तुम तो छेपारो हो, ज्यादा रङ बदल्ने का काम नाकर्नू हाँ । व तुमारे शरीर मे बचेखेुचेको लाल रङ छ न, व तो अब् तुरन्त हटाउनू, उसका कोइ काम छैन । उसका धाकधक्कु भी तुरन्त मिटाउनू । और तुम तो बातवात भी तो ज्यादा से ज्यादा अदल बदल करिलिन्छौ । ज्यादा मुह चलाने काम बन्द कर्नू हाँ । ठण्डा दिमाग से काम लिनु पर्छ ।
यो जनजुद्धको समय होइन । समझ लियौ ? और अपना सगोत्री के तरफ लम्बाचौडा हात नाकर्नू । इस बख्त जिसके साथ ले रहेछौ उसका धोखाधडी नादिनू । नहि तो आने वाले चुनाव मे बुरी हालात भुगतनु पर्ला । आजतक तुमिले बहुतै रङ बद्ली सकेछौ । बदलते बदलते अभि ठिक जगमा आएछौ । अब् उसी मे ठहर्ना जरुरी छ । देर से हुवा दुरुस्त हुवा ।
और क्या नाम इस बख्त आइएसआइ ने कोसी बैरेजको तोड्ने धम्की दिएछ । उसको तुम सुरक्षा कर्ना सक्तैनौ । हमारे तरफ से सुरक्षा प्रबन्ध मिलाने व्यवस्था मे सहयोग कर्नू । उधर तिलाठीके उग्रवादीको मारमार के हड्डी नरम करदिनू । उनका दवाइ वबाइ मे किञ्चित भी सहयोग नाकर्नू । उनलोग ने हमारे तरफका काम मे दखल दिइ रहेछन् ।
और देखो, व द्रुत मार्गके वात छ न, व भी हमारे लोगको देनेका प्रवन्ध मिलाउनू । उसका थोड बहुत कमिसन तुमको भी मिल्छ हाँ । चुनाव मे तो तुमिको भी जरुरत पर्छ हैन । और तुमारे गुँडके भितर हमारे आदमी बहुत छन् । सभिको हमिले छिपकली बनाएर बैठाए छु । हमारे दुतावाससे उनको खानपिन मिलि रहेछ । तुमिको गतिविधि सबी हमको तुरुन्त सुचना मिलिजान्छ ।
तुमारे गुँड के हर कोने कोने मे सिसि कैमेरा फिट करेर हमारे गुँडमे स्कृन राखिलिएको छ हाँ । तुमीले जे खान्छौ, जहाँ जान्छौ, जिसजिस से बातचित कर्छौ सबी कुरा हमको पता चलि जान्छ । तुमारे गुँडका द्वारका चावी तो हमारे हाथ मे तो छ । अब् तुमारा राष्ट्रवाद वाष्ट्रवादका मुखौडा सभी खुलेको छ । ज्यादा नखरेवाजी कर्छौ भने तो कुमाई वालेका हविगत मे फसिहाल्छौ ।
अन्तमे एक बात ध्यान से सुनो भाइ । व क्या है की भोलेनाथ के पुजारी, वर्दीवाले प्रमुख और कामकाज मे अङ्कुश लगानेवाले अदुआखेती वाले को हटाने का कोइ खेल नाखेल्नू हाँ । व सब् हमारे आद्मी छन् । उत्तर के तरफ नजर लगाने चेष्टा बिलकुल भी नाकर्नू । जो भी कर्ना चाहन्छौ हमारे सुझाव व निर्देशन बेगर कुछ भी नाकर्नू । अजिङ्गरको अच्छा तरिका से पहचान कर्नू । हलचल इधरउधर कर्ना कोसिस कर्यो भने एक सास मे निलिदिन्छु हाँ । आगे हमारे आशिर्वाद छ, तुमारे कल्याण होस् । बाँकी देखा जायगा ।’
१९ साउन २०७३
kailubraha73@gmail.com