अहिलेको सरकारबाट दक्षिण तिर खुसीयाली

अहिलेको सरकारबाट दक्षिण तिर खुसीयाली

Kiran_Mohan Baidyaशंकर सुवेदी, चितवन । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सरकार परिर्वतनबाट दक्षिणी तर्फ खुसीयाली छाएको बताएका छन् । 

आइतबार भरतपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किरणले भारततिर तिर संकेत गर्दै सरकार उसैको इसारामा परिर्वतन परिर्वतन भएको बताए । 

भारतले नेपाललाई सधै उपनिवेशका रुपमा हेरेको छ त्यसैले त्यसका इसारामा नाच्ने सरकार चाहेको उनको भनाई थियो । 

अघिल्लो सरकारले भारतसंगमात्र निर्भर रहेको पारबहन सम्झौतालाई तोड्दै अर्को छिमेकी मूलूक चीनसँग पनि सुरुवात गर्नु राम्रो कार्य भएको बताए ।

सरकारले माथिल्लो कर्णालीको जिम्मा भारतलाई दिने करा राष्ट्र विरोधी कार्य भएको बताउदै त्यसलाई जति सक्दो चाडो खारेजी गर्नु बताए । त्यो काम नेपाल सरकारले नै गर्नुपर्नै उनको भनाई थियो । 

माथिल्लो कर्णाली जस्तो परियोजना भारतलाई दिनु भनेको देशको हित बिपरित कार्य भएकाले यसलाई तत्काल नरोके आफ्नो पार्टीले यसका विरुद्ध संघर्ष गर्न बाध्य हुने किरणको भनाई थियो । 

सरकारले यो निर्णय परिवर्तन नगरे असोज २४ गते देश ब्यापी रुपमा बिरोधको कार्यक्रम गर्ने उनले जानकारी दिए । 

सरकार परिर्वतन भनेको संसदीय खेल भएको भन्दै उनले यस्तो प्रक्रियाले देशले निकास पाउन नसक्ने बताए । उनले भने, ‘जब सम्म देशमा बहुमतीय प्रणालीबाट सरकार प्रमुख हुने परिपाटी हुन्छ तब सम्म देशले स्थाई सरकार पाउन सक्दैन ।’ 

अहिले देशको मुख्य समस्याको रुपमा देखिएको सुुकुम्वासी समस्या समाधानका लागि उच्चस्तरीय सुकुम्बासी समस्या समाधान आयोग गठन गर्नुपर्नेमा उनले जोड दिए । 

आयोग गठनका लागि आगामी १४ गते देशब्यापी प्रदर्शन गर्ने तयारी भइरहेको उनको भनाई थियो ।