प्रधानमन्त्री दाहालको स्वकीय सचिवमा आफ्नै छोरा प्रकाश नियुक्त

प्रधानमन्त्री दाहालको स्वकीय सचिवमा आफ्नै छोरा प्रकाश नियुक्त

prakash dahal

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वकीय सचिवमा आफ्नै पुत्र प्रकाशलाई नियुक्त गरेका छन्। प्रधानमन्त्री निर्वाचित भएपछि शुक्रबार दाहालले सचिवालय विस्तार गर्दै छोरालाई स्वकीय सचिव बनाएका हुन्।

दाहालले प्रमुख सचिवमा जोखबहादुर महरालाई नियुक्त गरेका छन्। दाहाल प्रधानमन्त्री हुनुअघि पनि महरा दाहालको स्टाफ (स्वकीय सचिव) थिए ।

यस्तै, प्रधानमन्त्री दाहालले माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष रमेश मल्ललाई पनि सचिवालयमा नियुक्त गरेका छन् ।