दाहालसहित ६ मन्त्रीको सपथ

दाहालसहित ६ मन्त्रीको सपथ

minister oath-main photo

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालसहित ६ मन्त्रीले विहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्।
शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनिर्वाचित प्रधानमन्त्री दाहालले पद तथा गोपनियताको शपथ लिएका हुन्। प्रधानमन्त्रीको शपथपछि दुई उपप्रधानमन्त्री बिमलेन्द्र निधि र कृष्णबहादुर महराले पनि सपथ लिए ।
यस्तै, तीनजना मन्त्रीहरु रमेश लेखक, गौरिशंकर चौधरी र दलजीत श्रीपाइलीलाई पनि राष्ट्रपति भण्डारीले नै सपथ गराइन् । लेखक भौतिक पूर्वाधार तथा यातायात, चौधरी कृषि र श्रीपाइली युवा तथा खेलकूद मन्त्री बनाइएका छन् ।

कांग्रेस नेता अर्जुन नरसिंहकेसीसहित तीन तीन जना मन्त्रीले सपथ लिने भनिए पनि केसीले गृह मन्त्री नपाएको भन्दै अन्य मन्त्री पद अस्वीकार गरी सपथमा भाग लिएनन् । केसी नआएपछि विहीबार कांग्रेसका दुई र माओवादीबाट तीन जनालाई मन्त्रीको सपथ गराइएको थियो ।