एमालेबाट नेम्बाङ प्रधानमन्त्रीका उम्मेदवार

एमालेबाट नेम्बाङ प्रधानमन्त्रीका उम्मेदवार

subash-chandra-nembangकाठमाडौं । नेकपा (एमाले)ले पूर्व सभामुख तथा संसदीय दलका उपनेता सुभाष नेम्वाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ ।

एमाले नेता रवीन्द्र अधिकारीले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई अघि सार्ने बताए ।

रिपोर्टर्स क्लबले सोमवार आयोजना गरेको साक्षात्कारमा पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वाभाविक रुपमा उपनेतालाई अघि सारिने उनले बताउ ।

सभापति अधिकारीले अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकारभन्दा पनि कार्यसूचीमा प्रमुख राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउँदै संविधान कार्यान्वयनका लागि डेढ वर्षभित्र तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।