दुई राप्रपा एकताको अन्तिम तयारीमा, छिट्टै एकीकरण घोषणा गर्ने समझदारी

दुई राप्रपा एकताको अन्तिम तयारीमा, छिट्टै एकीकरण घोषणा गर्ने समझदारी

Kamal-Thapa-Lokendra-Bahadur-Chand

काठमाडौं । दुई राजावादी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पार्टी एकताको अन्तिम तयारीमा पुगेका छन् । उनीहरुले छिट्टै नै पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् ।

राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच बुधबार भएको बैठकमा राष्ट्रियता र हिन्दूत्वलाई स्वीकार्दै त्यसैलाई नै मिलन बिन्दुको आधार बनाएर अघि बढ्न सहमति भएको जनाइएको छ ।

पार्टीका वैचारिक र नीतिगत विषयलाई आगामी महाधिवेशनबाट टुङ्ग्याउन दुबै पक्ष सकारात्मक भएपछि एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको प्रतिक्रिया राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले दिए ।

मुलुकको अन्योलपूर्ण वर्तमान अवस्थामा सशक्त राष्ट्रवादी शक्तिको खाँचो महसुस गरी एकता प्रक्रिया अगाडि बढाइएको उनले बताए ।