ओली सरकार ढले संसद विघटन गरी निर्वाचनः बिजुक्छे

ओली सरकार ढले संसद विघटन गरी निर्वाचनः बिजुक्छे

narayan-man-bijukchheभक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले एमाले नेतृत्वको सरकार परिवर्तन गरी नयाँ सरकार गठन गरिए संसद विघटन गरी निर्वाचन हुने बताएका छन् ।

भक्तपुरमा रफत सञ्चार क्लवले सोमबार गरेको साक्षात्कारमा उनले ओली सरकार परिवर्तन गरिए संसद विघटन भइ निर्वाचन हुने बताए । उनले भारतीय डिजाइनमा अहिले सरकार परिवर्तन गर्न खोजिएको आरोप लगाए ।

नेपालमा रहेका ठूला राजनीतिक दलका १० प्रतिशत र २२ हजार कर्मचारी भारतको एजेण्डामा काम गर्ने गरेको पनि विजुक्छेले आरोप लगाए ।

वर्तमान प्रधानमन्त्रीसँग ओलीसँग गोली भरिएको बन्दुक रहेको चर्चा गर्दै नेमकिपा अध्यक्ष विजुक्छेले यही सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद बिघटन हुने बताए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि भारत ससंकित भएको र आफ्नो एकाधिकार पूँजिको बर्चस्व तोडिन लागेको संकेत पाएकाले भारतले नेपालमा सक्रियाता बढाउनकै लागि ओली सरकार ढाल्न लागेको आरोप लगाए ।

विजुक्छेले नेपालका लागि भारतीय राजदूत रन्जित रेले गुप्तचरको रुपमा काम गरेको आरोप लगाउँदै उनलाई तत्काल फिर्ता पठाउन आग्रह गरे ।

भारतीय राजदूत रन्जित रे राजदूतका रुपमा काम नगरी गुप्तचरको रुपमा काम गरेको उनको आरोप थियो ।

नक्कली डाक्टर उत्पादन गर्नेको पहिचान गरी कारबाहीको दायरामा ल्याउन पनि उनले सरकारसँग माग गरे । नेपालमा आर्थिक चलखेल गरी निजी क्षेत्रका मेडिकल कलेजमा भारतका पूँजिपतिका छोराछोरीका लागि डाक्टर उत्पादन गर्ने काम जसरी भइरहेको भइरहेको भन्दै यसले नेपालका लागि काम नलाग्ने डाक्टर उत्पादन भइरहेको दाबी गरे ।