‘ब्रेक्जिट’ पछिको बेलायतः नयाँ नेता बन्न गोभ र थेरेसा प्रतिस्पर्धामा

‘ब्रेक्जिट’ पछिको बेलायतः नयाँ नेता बन्न गोभ र थेरेसा प्रतिस्पर्धामा

may_goveएजेन्सी । युरोपेली संघबाट अलग हुने फैसलासँगै प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजिनामा दिने घोषणा गरेपछि पार्टीभित्र भावी नेता र प्रधानमन्त्रीको खोजी कार्य तीव्र भएको छ ।

प्रधानमन्त्री र पार्टी नेताका लागि माइकल गोभ र थेरेसा मे प्रतिस्पर्धामा उत्रिने भएका छन् । लण्डनका पूर्व मेयर बोरिस जोनसनले आफू कन्जरभेटिभ पार्टीको नेतृत्वको दौडमा सामेल नहुने बताएपछि गोभ र मेबीच प्रतिस्पर्धा हुन लागेको हो ।

यसअघि उनले आफू भावी नेतृत्वका लागि लड्न सक्ने संकेत गरेका थिए । बोरिस जोनसन प्रधानमन्त्रीका लागि लायक नभएको भन्दै ‘ब्रेक्जिट’ पक्षधर न्यायमन्त्री माइकल गोभले नयाँ नेताका लागि प्रतिस्पर्धामा उत्रिने निर्णय गरेका हुन् ।

गृहमन्त्री थेरेसाले पार्टीलाई एकजुट बनाइराख्नका लागि आफू प्रतिस्पर्धामा उत्रिएको बताइन् । उनले बेलायत जनमत संग्रहको परिणामबाट पछि हट्ने कोशिस गर्न नहुने भन्दै यसै वर्षको अन्त्यमा ईयूबाट बाहिरिने प्रक्रिया सुरु गर्नुपर्नेमा उनले जोड दिइन् ।