संघीय गठबन्धनद्वारा देशव्यापी अन्तरक्रिया कार्यक्रम सार्वजनिक

संघीय गठबन्धनद्वारा देशव्यापी अन्तरक्रिया कार्यक्रम सार्वजनिक

Gathabandhanकाठमाडौं । सङघीय गठबन्धनले तेस्रो चरणको कार्यक्रम सम्पन्न गरेपछि त्यसको समापन लगत्तै देशव्यापी अन्तरक्रिया कार्यक्रमको घोषणा गरेको छ ।

साउन र भदौ गरी दुई महिनाभित्र देशभरका १० स्थानहरुमा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिने तालिकासहित सङघीय गठबन्धनका प्रवक्ता प्रा.डा. ओम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा जानाइएको छ ।

गठबन्धनले काठमाडौं, कैलाली, दाङ, रुपन्देही, मकवानपुर, रौतहट, महोत्तरी, सुनसरी, झापा र मोरङ लगायतका दशस्थानमा अन्तरक्रिया कार्यक्रम राखेको छ ।

यसका साथै सङ्घीय गठबन्धनले आफ्नोे तेस्रो चरणको कार्यक्रम सफलताका साथ प्रभावकारी रुपमा सम्पन्न भएको समीक्षा समेत गरेको छ ।

आफूहरुले उठाएका मुद्दा र मागहरु पूरा नहोउन्जेलसम्म आन्दोलन जारी राखिने निर्णय गर्नुका साथै गठबन्धनमा आवद्ध संसदीय दलहरुले ओली सरकारविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयसमेत् गरेको विज्ञप्तिमा जनाइएको छ ।