ढुंगेललाई न्यायाधीसले होइन, पुलिसले थुन्ने होः कार्की

ढुंगेललाई न्यायाधीसले होइन, पुलिसले थुन्ने होः कार्की

Sushila-Karkiकाठमाडौं । नवनियुक्त प्रधानन्यायाधीस सुशीला कार्कीले हत्या अभियोगमा जेल सजायँ सुनाइएका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई न्यायाधीसले नभइ प्रहरीले थुन्ने बताएकी छन् ।

प्रधानन्यायाधीसको पदभार ग्रहणसँगै उनले न्यायालयले उनलाई दोषी ठहर गर्दै सजायको फैसला गरिसकेको बताइन् ।

आगामी दिनमा कागजविहीन अदालत बनाउने तयारी भइरहेको हुनाले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन लैजाने र अदालतमा तिर्नुपर्ने रकम पनि बैंकमार्फत तिर्ने व्यवस्था मिलाउने तयारी भइरहेको उनले जानकारी दिइन् ।