किरण केसी ( राता मकै) को जन्म दिनमा धुर्मुस–सुन्तलीलाई उपहार !

किरण केसी ( राता मकै) को जन्म दिनमा धुर्मुस–सुन्तलीलाई उपहार !

dhu 11काठमाडौं । चर्चित हाँस्य कलाकार किरण केसी (राता मकै) को जन्म दिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ ।

गिरान्चौर एकीकृत बस्ती निर्माण गरीरहेका उनीहरुलाई किरण केसी र शिवहरि पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो ।

आफ्नो जन्म दिनको अवसरमा गरिएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपिल गरेपछि ३ लाख ९० हजार रुपैँया नगद सहयोग संकलन भएको छ ।dhu 12

किरण केसीको जन्म दिन विशेष कार्यक्रममा सुरेन्द्र केसी (मुलाको साग) ले ५ हजार रुपैँया, भिम कार्कीले २५ हजार रुपैँया, राज केसीले २५ हजार रुपैँया, दिपक कार्कीले २५ हजार रुपैँया सहयोग गरेका छन् ।

यस्तै, बिवेक कार्कीबाट १० हजार, शिव कट्टेलबाट १० हजार, अंकित कार्कीबाट २० हजार, आनन्द बहादुर बिसन्खीबाट ३५ हजार र कोमल ओलीबाट १० हजार ५ रुपैँया सयहोग संकलन भएको छ ।Dhurmus Kiran

अमेरिका लस एन्जल्सबाट पहिलो पटक व्यवसायी बिमल श्रेष्ठबाट २ लाख रुपैँयाका चेकसहित ३ लाख ९० हजार ५ रुपैँया संकलन भएको हो । जन्म दिनको अवसरमा भएको उक्त सहयोगप्रति धुर्मुस सुन्तली फाउण्डेशनले कृतज्ञता प्रकट गरेको छ ।

Dhurmus Komal oli