काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सदन अवरोध हटाउन प्रमुख चार दलको कार्यदल बनाइएको छ ।
प्रतिपक्षी दल कांग्रेसको तीन सदस्य तथा सत्तारुढ दलको तर्फबाट चार सदस्य रहने गरी सात सदस्यीय कार्यदल बनाइएको हो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले चार दिनदेखि लगातार संसद अवरुद्ध पारेपछि कांग्रेससहितको कार्यदल बनाइएको हो । कार्यदल गठन गरिएसँगै मंगलबारदेखि संसद बैठक सूचारु हुने भएको छ ।
कार्यदलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट चीनकाजी श्रेष्ठ, प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला छन् । कार्यदलमा सत्तारुढ दलहरु नेकपा एमालेबाट भीम रावल र सुभाष नेम्वाङ, नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र राप्रपा नेपालबाट दिलनाथ गिरी सदस्य छन् ।
चार दिनदेखि लगातार कांग्रेसले भूकम्पपीडितलाई दिने एकमुष्ठ अनुदान रकम दिनुपर्ने भन्दै सदन अवरुद्ध गर्दै आएको छ ।