कुवेतबाट धुर्मुस–सुन्तलीलाई कोसेली समूहको सहयोग

कुवेतबाट धुर्मुस–सुन्तलीलाई कोसेली समूहको सहयोग

Koseli-Group-Helpकुवेत सिटी । धुर्मुस सुन्तली फाउण्डेशनलाई कोसेली समुह कुवेतले १२ लाख २८ हजार ८ सय ७२ रुपैँया सहयोग प्रदान गरेको छ ।

कुवेतमा रहेका नेपालीहरुबाट संकलन गरेर समूहले फाउण्डेशनलाई एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरेको हो ।

वैशाख १९ गतेदेखि अभियान सुरु गरेको समूहले ३७ दिनमा सो रकम संकलन गरेको अभियानका संयोजक तायानाथ दाहालले जानकारी दिए ।

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को कामदेखि प्रभावित भएर उक्त सहयोगका लागि समुहले सक्रियता जनाएको समुहका प्रबन्ध निर्देशक सुजन केसीले बताएका छन् ।

कुवेतमा संकलन भएको सहयोग रकम संस्थाका पदाधिकारी नवराज पन्थीले फाउण्डेशनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका हुन् । एउटा समूहको सक्रियतामा उठेको सहयोगप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले आभार व्यक्त गरेका छन् ।

दुख गरेर कमाएको पैसा गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गरेकोमा कुवेतबासी नेपालीलाई उनले धन्यवाद दिएका छन् ।

गिरान्चौरलाई साँच्चीकै नमुना बनाएर देखाउने भन्दै उनले काम अझै तिव्र गतिमा अघि बढीरहेको जानकारी गराएका छन् ।