सिद्धान्तको विकास र आवश्यक अध्ययनको प्रश्न

सिद्धान्तको विकास र आवश्यक अध्ययनको प्रश्न

Hasta-Kc– हस्तबहादुर के.सी.
हामी क्रान्तिकारीहरूले सुरुदेखि नै बुझ्दै आएको र विशेष रुपमा अध्ययन गर्दै आएको विषय के हो भने मार्क्सवाद समाज विज्ञान भएको नाताले समाजको विकसितै मार्क्सवाद पनि विकसित हुँदै जान्छ । त्यसो भएर नै एंगेल्स, लेनिक, स्टालिन र माओले ‘मार्क्सवादलार्इ कुनै स्थिर जडसूत्र होइन’ भन्नु हुँदै क्रान्तिको पथपदर्शक सिद्धान्तको रूपमा ग्रहण गर्दै तथा विकसित तुल्याउँदै आउनुभएको छ ।

हामी क्रान्तिकारीहरूले यस विषयमा विशेष ध्यान दिन जरुरी छ । किनकि माक्र्सवादले आज आफ्नो विकासले दोस्रो चरणमा लेनिनवाद र तेस्रो र नयाँ उचाइमा माओवादमा विकास गरिसकेको छ । यस स्थितिमा आज माक्र्सवाद–लेनिनवाद–माओवाद विश्वसर्वहारा वर्ग र उत्पीडित जनसमुदायको सिंगो सिद्धान्त बन्न पुगेको छ । माक्र्सवाद–लेनिनवाद – माओवादलाई सिंगो सिद्धान्तको रूपमा ग्रहण नगरीकन कोही पनि सच्चा क्रान्तिकारी कम्युनिस्ट बन्नै सक्तैन ।

मार्गदर्शक एवं पथप्रदर्शक सिद्धान्तको रक्षा, प्रयोग र विकासको प्रश्नमाथि ध्यान दिँदैन अगाडि बढ्ने क्रममा हामीले के निष्कर्षमा पुग्न सकिन्छ भने कम्युनिस्ट पार्टी भनेको सर्वहारावर्गको सबैभन्दा उच्चस्तरीय संगठित राजनीतिक अग्रदस्ता हो र क्रान्तिको निर्णायक नेतृत्वदायिक शक्ति पनि हो । त्यसो भएर कम्युनिस्ट पार्टीको मार्गदर्शक एवं पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादभन्दा अर्को हुनै सक्तैन । त्यसो भएर नै यसप्रकारको सिद्धान्तको रक्षा, प्रयोग र विकासमा हामी क्रान्तिकारीले गम्भीर रूपले जोड दिनुपर्दछ ।

आज विश्वमा दक्षिणपन्थी संशोधवाद, नवसंशोधनवाद, साम्राज्यवाद र सबै खाले प्रतिक्रियावादबाट यस प्रकारको सिद्धान्तमाथि गम्भीर प्रकारको हमला भइरहेको छ । आज माक्र्सवादको क्रान्तिकारी सारतत्वमाथि हमला गर्ने काममा उत्तरआधुनिकतावादीहरू र नव माक्र्सवादीहरू खुलेर लागेका छन् । नेपालमा पनि यसको असर नपरेको होइन कि करिब केही दसक पहिलेदेखि बाटै ‘आजको माक्र्सवाद र नेपाली क्रान्ति’ आजको माक्र्सवाद र भूमण्डलीकृत साम्राज्यवाद, नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा भई सक्यो, अब पुँजीवादी जनवादी क्रान्तिकारी अर्थात समाजवादी क्रान्ति गर्नुपर्दछ भन्ने जस्ता पुस्तकहरू प्रकाशित गर्दै र त्यसप्रकारका विचारहरू प्रचारमा ल्याइरहेका छन् । क्रान्तिकारीहरूले यसप्रकारको स्थितिलाई गम्भीरतापूर्वक लिनुपर्दछ ।

हामी क्रान्तिकारीहरूले बुझ्ने कुरा के हो भने पथप्रदर्शक सिद्धान्तको भण्डाफोर र प्रयोगको बीचबाट मात्र हुन्छ । सिद्धान्तको विकास पनि खास अर्थमा व्यवहारका बीचबाट नै हुन्छ । सिद्धान्त र व्यवहारको द्वन्द्वात्मक सम्बन्ध बीचबाट नै क्रान्तिकारीहरूले सिद्धान्तलाई नयाँ उचाइमा पु¥याउन सक्तछन् र पु¥याउन आवश्यक पनि छ । तर क्रान्तिकारीहरू सिद्धान्तको विकासको नाममा अनुभववाद, व्यवहारवाद, बितण्डावाद र संशोधनवादको मासमा डुब्ने कुराबाट सजक बन्न आवश्यक हुन्छ । 

यी कुराहरूको चर्चा गरिरहेको अवस्थामा क्रान्तिकारीहरू के कुरामा कडारूपमा प्रस्तुत हुन आवश्यक हुन्छ भने यहाँ सिद्धान्तको रक्षा, प्रयोग र विकासको प्रक्रियामा बाधक बन्दै आएका अनुभववाद, व्यवहारवाद, बितण्डतावाद र संशोधनवादका साथै उत्तरआधुनिकतावाद, नवमाक्र्सवाद तथा उत्तरमाक्र्सवादमाथि पनि कडा प्रहार गर्न तयार हुनुपर्दछ । सिद्धान्तको विकासमा बाधक बनेको जडसूत्रवादको पनि गम्भीररूपले विरोध र भण्डाफोर गर्न जरुरी हुन्छ ।

हामीलाई थाहा छ आज माक्र्सवादको रक्षा, प्रयोग र विकासको प्रश्न गम्भीर बन्दै गएको छ । यहाँ माक्र्सवादको रक्षाको प्रश्नमा सामान्यतः सबैखाले अवसरवाद मुख्यतः दक्षिणपन्थी अवसरवादद्वारा गम्भीर प्रकारको खतरा पैदा भएको छ । त्यसैगरी माक्र्सवादकै नाममा माक्र्सवाद, उत्तरमाक्र्सवाद जस्ता माक्र्सवाद विरोधी प्रवृत्तिहरू पनि निर्लज्ज रूपमा पेश हुँदै आएका छन् ।

अर्को कुरा केही वर्षयता नेपालमा दक्षिणपन्थी अवसरवादको अर्को कडीको रूपमा नवसंशोधनवादीहरू देखा पर्दै आएका छन् । अहिले नेपालमा नवसंशोधनवादका प्रवक्तहरूले त माक्र्सवाद र नवउदारवादलाई एउटै ठाउँमा सारसंग्रहवादी ढंगले मिलाउने गफ हाँकेर वर्णसङ्कर माक्र्सवाद (Hybrid Maxism) का रूपमा उत्तर माक्र्सवादलाई लाजै नमानीकन अवलम्बन गर्न पुगेका छन् । हामीले ख्याल राख्नु पर्ने कुरा के हो भने यी सबै काम माक्र्सवादको सिर्जनात्मक विकास, मौलिकता र जडसूत्रवादको विरोधको नाममा भइरहेका छन् । सच्चा क्रान्तिकारीहरूले यी सबै हर्कतहरूका विरुद्ध दृढतापूर्वक संघर्ष चलाउन जरुरी छ ।

मनोगतवाद अर्थात् जडसूत्रवाद र अनुभववादको कडा आलोचना गर्दै क. माओले अध्ययनको प्रक्रियामा वस्तुगत यथार्थमा बढी जोड दिनुपर्ने कुरा बताउनुभएको छ । एक ठाउँमा माओले भन्नुभएको छ, ‘माक्र्स, एंगेल्स, लेनिन र स्टालिनले हामीलाई के कुरा सिकाउनु भएको छ भने हामीले वस्तुगत यथार्थबाट थालेर अगाडि बढ्नुपर्दछ र त्यसबाट हामीले त्यस्ता नियमहरू निर्धारितत गर्नुपर्दछ, जो हाम्रो कार्यमा मार्गदर्शक होऊन् । यस उद्देश्यका लागि हामीले माक्र्सले भन्नु भएझै विस्तारपूर्वक सामग्री हात लगाउनु पर्दछ र त्यसलाई वैज्ञानिक ढंगले विश्लेषण र संश्लेषण गर्नुपर्दछ ।’ (माओ, संकलित रचना भाग ३, पृष्ठ ८)

माओका यी सारगर्भित भनाइहरूबाट शिक्षा लिँदै क्रान्तिकारीहरूले अध्ययनका लागि वस्तुगत यथार्थबाट प्रचूर सामग्री हातमा लिँदै वैज्ञानिक रूपमा विश्लेषण र संश्लेषणको द्वन्द्वात्मक विधिमाथि आधारित रहनुपर्नेमा विशेष जोड दिन जरुरी हुन्छ । अध्ययन विभिन्न किसिमको हुनु स्वाभाविक हुन्छ । मानव जातिले आजसम्म हासिल गरेको समस्ता ज्ञान–विज्ञानको क्षेत्र नै वास्तविक अध्ययन अन्तर्गत पर्दछ । माक्र्सवादीहरूले यो ज्ञान विज्ञानको समग्र क्षेत्रको सामान्य जानकारी प्राप्त गर्ने कुरामा विशेष प्रयत्न गर्नैपर्दछ । तर यहाँ अध्ययन भन्नाले मूलतः दुई विषयको अध्ययन भन्न खोजिएको हो । ती हुन् – वैज्ञानिक र व्यावहारिक अध्ययन ।

सैद्धान्तिक अध्ययन भनेको माक्र्सवाद–लेनिनवाद – माओवादका सामान्य विशेषता, समाज र क्रान्तिका नियम आदिको अध्ययन हो । यसबाट क्रान्तिकारीहरूले मालेमावादबारे सामान्य जानकारी हासिल गर्ने कुरा हुन्छ । व्यावहारिक अध्ययन भनेको माक्र्सवादी विश्वदृष्टिकोणका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति मूल शिवेषता, वर्गसंघर्ष, राष्ट्रिय संघर्ष र समाज विकासको गति आदिको सजीव रूपमा अध्ययन गर्नु भनेको हो भन्ने कुरा बुझ्नु पर्ने हुन्छ । यस प्रकारको व्यावहारिक अध्ययनले एकातिर सैद्धान्तिक अध्ययनलाई समृद्ध तुल्याउने र अर्कोतिर सिद्धान्तको प्रयोगका लागि उत्प्रेरित गर्ने काम गर्दछ । व्यवहारबाट सिद्धान्त र सिद्धान्तबाट व्यवहारमा जाने ज्ञान सिद्धान्तको मूल मर्म नै यही हो भन्ने कुरा बुझ्न जरुरी हुन्छ ।

अहिले केही वर्षयता नेपाली कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारको अध्ययनमा रुचि हराउँदै गएको छ । यहासम्म कि साम्राज्यवाद र दक्षिणपन्थी अवसरवादको हावा जता बग्छ, कैयौँ मानिसहरू त्यतितिर बग्ने गरेका छन् । लाग्दछ यो निकै हानिकारक र चिन्तको विषय हो ।

आज क्रान्तिकारीहरूले विद्यमान नेपाली समाजको ऐतिहासिक विकास प्रक्रियाका साथै वर्तमान अर्धसामन्ती तथा नव औपनिवेशिक अवस्था र अहिलेको राजनीतिक, सामरिक तथा सांस्कृतिक विशेषताको अध्ययन गर्न आवश्यक छ । यसै अध्ययनका आधारमा हामी क्रान्तिकारीहरूले नेपाली समाजको विकासका नियमलाई ठीकसित बुझ्न र अन्ततः नेपाललाई बदल्ने कार्यमा दृढतापूर्वक अगाडि बढ्न सक्तछौँ ।