काठमाडौं । चलचित्र ‘जात्रा’को छायाँकन सुरु गरिएको छ । आइतबार चलचित्रको मुर्हत लगतै चलचित्रको छायाँकन सुरु गरिएको हो ।
प्रदिप भट्टराईले निर्देशन गर्ने यस चलचित्र आइतबार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभ मूर्हत गरे । ‘जात्रा’ को दिप प्रज्जवलन गर्दै नरिवल फुटाएर मुर्हत गरिएको थियो ।
जात्रालाई ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’मा लगानी गरेका कलाकार रबिन्द्रसिहं बानियाले निर्माण गर्ने भएका हुन ।
चलचित्रमा निर्माता बानियाँ, विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्रचार्य प्रकाश घिमिरे, प्रविण खतिवडा, कमलमणी नेपाल, सुस्मिता कार्की लगायत मुख्य भूमिका रहनेछ ।
चलचित्रको छायाँकन असन ईन्द्रचोक र मह स्टुडियोमा हुनेछ । फिल्मले काठमण्डौको गल्लीमा भातारिने तीन पात्रको कथा पेश गर्नेछ ।