‘शिवाय’, र ‘मोहनजोदडो’ को पोष्टर सार्वजनिक

‘शिवाय’, र ‘मोहनजोदडो’ को पोष्टर सार्वजनिक

shivaay_mohanjodaroमुम्बई । बलिउडका चर्चित अभिनेता अजय देवगनको फिल्म ‘शिवाय’ र ऋतिक रोशनको फिल्म ‘मोहनजोदडो’ को पोष्टर सार्वजनिक भएको छ ।

यसअघि नै दुबै फिल्मका मुख्य अभिनेताहरुको पोष्टर सार्वजनिक भएको थियो । दुवै फिल्मका अभिनेत्रीहरु बलिउडमा डेब्यु गर्दै छन् ।

आशुतोष गोवारिकरको निर्देशनमा बनेको फिल्म ‘मोहनजोदडो’ की अभिनेत्री पूजा हेगडेको पहिलो बलिउड फिल्म हो । यसअघि उनले तामिल तथा तेलङ्गुका केहि फिल्महरुमा काम गरिसकेकी छिन् ।

मुम्बईमा जन्मेकी पुजा २०१० को मिस युनिभर्समा सेकेन्ड रनरअप भएकी थिइन् । उनलाई बलिउडमा भित्राउन आशुतोषकी श्रीमती सुनिताको हात रहेको मानिन्छ ।

अडिशनमा छानिए पश्चात उनले मोहनजोदडोको लागि मणिरत्नको फिल्मलाई अस्वीकार गरेकी थिईन् । १२ अगष्टमा रिलिज हुँन लागेको फिल्म ‘मोहनजोदडो’ मा २५ वर्षीय पूजा आफूभन्दा १७ वर्ष जेठा ऋतिक रोशनको जोडीको रुपमा देखिनेछिन् ।

त्यस्तै अजय देवगनको फिल्म ‘शिवाय’ की नायिका सायेशा सहगल अजय देवगनको जोडीको भूमिकामा देखिनेछिन् । सायशाको पहिलो पोष्टर ईन्स्टाग्राममा पोस्ट गरिएको थियो ।
सायेशा बलिउड अभिनेता सुमित सहगलकी छोरी तथा अभिनेत्री सायरा बानोकी नातिनी हुन् । उनी राम्रो नृत्याङ्गनाको रुपमा चिनिन्छिन् ।