पृथ्वीमा ३० लाख वर्ष यताकै उच्च कार्बन डाइअक्साइडको मात्रा

Carbonएजेन्सी । यो वर्ष कार्बन डाइअक्साइडको मात्रा ३० लाख वर्ष यताकै उच्च रहेको मौषम विदले बताएका छन् । एक अध्ययनका अनुसार यो वर्ष कार्बन डाइअक्साइडमो मात्रा चार सय पिपिएम भन्दा धेरै रहेने पत्ता लागेको छ ।

३० लाखदेखि ५० लाख वर्ष पहिलेको अवस्थामा मात्रै कार्बन डाइअक्साइडको मात्रा चार सय पिपिए भन्दा धेरै हुने गरेको थियो । एलनिनो मौषमी प्रणालीका कारण कार्बन डाइअक्साइडको मात्रा बढेको बेलायतको मौसम विभागले जनाएको छ ।

एलनिनाको कारण जंगलको वायुमण्डलमा कार्बन डाइअक्साइड सोसने क्षमतामा असर परेको हो । यसले गर्दा आगलागीका घटना बढेको हो । यो वर्षको कुनै पनि महिनामा कार्बन डाइअक्साइडको मात्रा चार सय पिपिएम भन्दा कम हुने सम्भावना नदेखिएको वैज्ञानिकले बताएका छन् ।

यसले जलवायु चक्रमा खासै असर नर्गने भएपनि यो अवस्था पृथ्वीमा मानिसको अस्तित्व नरहेको बेलाको जस्तो भएको वैज्ञानिकले बताए । गएको वर्ष तीन महिना कार्बन डाइअक्साइडको मात्रा चार सय पिपिएम भन्दा कम थियो ।

विशेष गरी जाडो मौसममा बढ्ने कार्बन डाइअक्साइडको मात्रा गर्मीमा बिस्तारै कम हुने भएपनि यो वर्ष यस्तो भएको छैन । सामान्य रुपमा हरेक वर्ष कार्बन डाइअक्साइडको वृद्धिदर दुई पिपिएम रसहने भएपनि यो वर्ष यस्तो दर तीन दशमलव १५ पिपिएम रहने सम्भावना छ ।