संघीय गठबन्धनको रिले अनसन जारी

forumकाठमाडौं । मधेसी–जनजाति सम्बद्ध संघीय गठबन्धनको रिले अनसन काठमाडौंमा जारी जारी रहेको छ । 
नयाँ संविधान जारी हुनुअघिदेखि नै शुरु भएको मधेस आन्दोलन जेठ १ गतेदेखि राजधानी केन्द्रित गरिएको छ ।
तराई–मधेसमा आन्दोलनको अगुवाइ गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विभिन्न २९ दलीय संघीय गठबन्धनले जेठ २५ गतेदेखि राजधानीको खुलामञ्चमा रिले अनसन गर्दै आएको छ । अनसनमा गठबन्धनमा आवद्ध दल तथा संगठनका प्रतिनिधिहरु पालैपालो बस्दै आएका छन् ।

जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन थालेको गठबन्धनले रिले अनसनअघि सिंहदबार तथा बालुवाटार घेराउ तथा राजधानीका विभिन्न ठाउँमा प्रदर्शन तथा कोणसभाहरु गरेका थिए ।

धर्नामा बसेका मधेसवादी दलहरुलाई भने सरकारले बैशाख २६ गते र जेठ ३० गते गरी दुई पटक वार्तामा लागि लिखित पत्राचार गरेको छ । सरकारले वार्ताका लागि बोलाए पनि मोर्चाका नेताहरु वार्तामा गएका छैनन् ।
जेठ ३० गतेको सरकारको पत्रपछि मोर्चाले सरकारलाई सात बुँदे जवाफ फर्काएको छ ।