सरकारी सेवाबाट वञ्चित हुँदै मुस्ताङका जेष्ठ नागरिक

सरकारी सेवाबाट वञ्चित हुँदै मुस्ताङका जेष्ठ नागरिक

मुस्ताङ । मुस्ताङका वृद्ध वृद्धाले सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता यातायातको असुविधाका कारण वर्षमा एकपटक मात्रै लिने गरेको पाइएको छ ।

एक अध्ययनअनुसार जिल्लाका वृद्ध वृद्धाहरुले सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न जान यातायातको कठिनाईका कारण वर्षमा एक पटक मात्रै लिने गरेको पाइएको हो ।

मुस्ताङको मार्फा, ठिनी र जोमसोम गरी तीन गाविसमा अध्ययन गरिएको थियो । वृद्धवृद्धाहरु असुविधाकै कारण सामाजिक सुरक्षा भत्ता समेत समयमा लिनबाट बञ्चित भएका हुन् । वृद्धवृद्धाहरुको सामाजिक सुरक्षाबारे तीन गाविसका करिब ५० जना वृद्धवृद्धाका बारेमा अध्ययन गरिएको थियो ।

ढल्कदो उमेर, शारीरिक असक्तता, यातायातको सहज पहुँच आदि नहुँदा सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता समयमा नै वृद्धवृद्धाहरुको हातमा नपुग्दा उनीहरुले आवश्यक परेको समयमा त्यसलाई उपयोग गर्न नपाउने अवस्था आएको हो ।
वृद्धवृद्धाहरुले ढल्कदो उमेरका कारण समयमा नै भत्ता बुझ्न जान कठिनाई पर्ने गरेको उनीहरुको भनाई छ ।

‘सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भक्ता सहज रुपमा पाउन सकेनौ,’ ७६ वर्षीया गंगादेवी थकाली भन्छिन्, ‘सरकारको सेवा सुविधा दिने गरेपनि यातायातको असुविधाका कारण समयमा लिन नसकेर वर्षमा एक पटक मात्रै जाने गरेका छौं ।’

एक जना एक महिलाले एकल महिलालाई पनि समान भत्ता उपलब्ध गराउनुपर्ने बताइन् । वृद्धवृद्धाहरुले पाउने समाजिक सुरक्षा भत्ता आफ्नो लागि भन्दा पनि शिक्षा, स्वास्थ्य र घरेलु काममा नै खर्च गर्ने गरेको पाइएको छ ।

यातायातको असुविधाका कारण वृद्धवृद्धाहरुले सामाजिक सुरक्षा भत्ता पाएपनि समयमै नपाउँने गरेका कारण त्यसलाई सहज बनाइदिन सरकारसमक्ष उनीहरुले माग गरेका छन् ।

के–के मा खर्च गर्छन वृद्ध वृद्धा ?

Table 1

वृद्धवृद्धाहरु संगै रहेर गरिएको अनुसन्धानमा वृद्ध वृद्धाले रकमलाई विभिन्न क्षेत्रमा खर्च गर्ने गरेको तथ्याङ्कमा देखाईएको छ । उनीहरुले खानामा सबैभन्दा बढि खर्च गर्ने गरेका छन् । त्यस्तै आफन्तलाई, आफ्नो भविश्यका लागि जोहो र अर्को रमाईलो कुरा भनेको अल्कोहलमा समेत यो रकम खर्च हुने गरेको पाइएको छ । दान, चन्दाका रुपमा पनि वृद्ध वृद्धाले खर्च गर्ने गरेका छन् । सबैभन्दा कम रमाईलोमा खर्च गर्ने गरेको अध्ययनबाट देखिन आएको छ ।

छोरा छोरी कहाँ कहाँ छन् ?

Table 2उनीहरुका अधिकाश छोराछोरी काठमाडौं, पोखरा, लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । अझ धेरै नेपाल बाहिर बसेर व्यापार व्यवसाय गर्दै आएको स्यवंम बृद्ध बृद्धाहरु बताउँछन् ।

उनीहरुको आम्दानीको स्रोत के ?Table 3

मुस्ताङमा बसोबास गरेका वृद्ध वृद्धाहरुको आर्थिक स्रोत के होला सबैलाई खुल्दुली लाग्न सक्छ । तर उनीहरुको आर्थिक जोहो गर्ने आधार प्रशस्तै रहेको तथ्याङकले देखाएको छ ।

उनीहरुलाई परिवारले सहयोग गर्ने, घरेलु उत्पादनबाट रकम जुटाउने, बैंकमा जम्मा गरेको पैसाको व्याज, कृषिबापत र सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता मुस्ताङका वृद्ध वृद्धाको सबैभन्दा मुख्य आम्दानीको स्रोत रहेको छ ।