उन्नाइसौं शताब्दीको प्रारम्भकालदेखि नै सामान्तवादको विरुद्ध समानता, स्वतन्त्रता र भातृत्वका लागि भनेर पुँजीपतिहरूको नेतृत्वमा भएको क्रान्तिले विश्वका धेरै देशहरूमा पुँजीवादी व्यवस्था स्थापना भयो । पुँजीवादी व्यवस्थाले पनि जनताको समस्याहरूको समाधान हुन सकेन । पुँजीवादी व्यवस्था पनि शोेषणमा आधारित भएकोले एक किसिमको शोषणको ठाउँमा अर्काे किसिमको शोषणको स्थापना हुन गयो । जनताले अपेक्षा गरेअनुसार समानता, स्वतन्तत्रता र भातृत्वको विकास हुन सकेन ।
नाफाको निम्ति उत्पादन नै पुँजीवादको चरित्र हुनाले पुँजी मुट्ठीभर पुँजीपतिको हातमा केन्द्रित हुन पुग्यो । पुँजीपतिहरू समाजको सबैभन्दा शक्तिशाली वर्गमा रुपान्तरण भए । सामन्तवादी व्यवस्थाका शासक राजा महाराजाहरूको बचेखुचेको सम्पत्ति र शक्तिसमेत हत्याउँदै पुँजीपतिहरू शक्तिशाली वर्गमा उक्लिए । औद्योगिक कलकारखानाको विकासले प्रचुर मात्रामा विभिन्न किसिमका सामानहरू उत्पादन भयो । अर्काेतिर यसैका कारण सर्वहारा वर्ग(मजदुर वर्ग)को संख्या पनि वृद्धि भयो तर मजदुर वर्गको अवस्था भने दिन प्रतिदिन दयनीय हुँदै गयो ।
माक्र्स तथा एङगेल्सको सुप्रशिद्ध कम्युन्स्टि घोषणापत्रले पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवादको स्थापनामा जोड दिएको छ । त्यसमा समाजवादपछि आउने साम्यवादी व्यवस्थाको परिकल्पना पनि गरिएको छ । रुस र चीनमा लेनिन, स्तालिन र माओको नेतृत्वमा वैज्ञानिक समाजवादको स्थापना गरियो तर ती दुवै देशहरुमा सत्ताच्युत गरिएको पुँजीपति वर्गले संशोधनवादी कम्युनिस्टको आवरणमा सत्तामाथि पुनः कब्जा जमायो ।
अहिले विश्वमा पुँजीपति वर्गले वैज्ञानिक समाजवादको अपरिहार्यता देखेर त्यसलाई दिशाविहीन बनाउन समाजवादको खोल ओढेर प्रतिक्रियावादी समाजवादलाई लोकतान्त्रिक समाजवाद, २१औ शताब्दीको समाजवाद, एउटा देशको विशेषतामा आधारित समाजवादआदि इत्यादी नामाकरण गदैछन् । तै पनि वैज्ञानिक समाजवाद र प्रतिक्रियावादी समाजवादमा एउटा मूल अन्तर छ, त्यो हो प्रतिक्रियावादी समाजवाद संशदीय व्यवस्थामा आधारित समाजवाद हो । चीनमा माओको मृत्युपछि महान सर्वहारा सास्कृतिक क्रान्तिले फयाकेका संशोधनवादीहरुले सत्ता कब्जा गरेर चीनीयाँ जनता र विश्वभरका क्रान्तिककारीहरुमा भ्रम छर्न अर्को समाजवादको प्रयोग गरिएको छ—चीनको बिशेषतामा आधारित समाजवाद ।
वैज्ञानिक समाजवाद वाहेक अन्य जे जति नामाकरण गरिएका समाजवाद छन्, ती सबै पुँजीवादी समाज व्यवस्थाभित्रकै विभिन्न रुपहरु हुन । वैज्ञानिक समाजवाद मात्रै सही मानेमा समाजवाद हो । किनभने यसको सपना केवल काम गर्ने वर्ग(मजदुर, किसान, भूमिहीनहरु(ले देखेको सपना हो र यसको प्राप्ती वर्गसंघर्षव्दारा मात्रै सम्भव छ । वर्गसंघर्षव्दारा पुँजीपति वर्ग तथा सबैखाले प्रतिक्रियावादी सत्तालाई ध्वम्श गरेर र ती सत्ताच्युत वर्गमाथि सर्वहारावर्गको अधिनायकत्वमा आधारित राज्यसत्ताको स्थापनाबाट मात्रै सम्भव छ ।
माक्र्स र एङ्गेल्सको संयुक्त प्रयासमा सन् १८४८ मा कम्युन्ष्टि घोषणापत्र बाहिर आयो । कम्युनिस्ट घोषणापत्रमा समाजवाद हुँदै साम्यवादी व्यवस्थाको परिकल्पना गरिएको थियो । वर्गीय समाजमा दुई वर्गबिच निरन्तर संघर्ष हुने र यसै क्रममा पुँजीवादलाई समाप्त गरी वैज्ञानिक समाजवाद स्थापना हुन्छ भन्ने धारणा घोषणापत्रमा थियो । उक्त घोषणापत्रमा आदिम साम्यवादी व्यवस्थापछि आजसम्मको इतिहास वर्गसंघर्षको माध्यमबाट परिवर्तन हुँदै आएको र अब पनि वर्गसंघर्षको माध्यमबाट समाजवादको स्थापना हुने उल्लेख गरिएको छ ।
मार्क्स तथा एङ्गेल्सको कार्यकालमा सन् १८७१ मा मजदुरहरूद्वारा पेरिस राज्य कब्जा भयो । तर यो विभिन्न कमीकमजोरी एवं राज्य सञ्चालनको अनुभव नभएको कारणले ७२ दिनभन्दा बढी टिक्न सकेन । लेनिनको नेतृत्वमा रूसमा बोल्सेभिक पार्टीको निर्माण भएपछि १५ अक्टोबर १८१७ मा जारको शासन पल्टाएर समाजवादी व्यवस्था स्थापना भयो । त्यसपछि उत्तरकोरिया, भियतनाम, बुल्गेरिया, युगोल्साभाकिया, पूर्व जर्मन, अल्वानिया, चेकोस्लाभाकिया, रोमानिया, पोल्याण्ड, हंगेरी लगायत सन् १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । विश्वको दुईतिहाइ भू–भागमा समाजवादी व्यवस्था स्थापना भयो ।
सन् १९९१ मा सोभियत संघको विघटनपछि चीन, भियतनाम, क्युवा र उत्तरकोरियामा भएको राज्यव्यवस्थालाई आ–आफनो खालको सामाजवादी राज्यव्यवस्थाको रुपमा रुपान्तरण गर्ने छलफल चलिरहेको भएता पनि प्रायः अन्य सबै देशहरूमा पुनः पुँजीवादी व्यवस्था स्थापना भइसकेको छ । हुनत चीन, भियतनाम, क्युवा र उत्तरकोरियामा भएको राज्यव्यवस्थालाई माक्र्सवादी दृष्टिकोणअनुसार समाजवादी व्यवस्था भन्ने आधार देखिदैन ।
हजारौँ वर्ष पूरानो सामन्तवाद एवं त्यसको संस्कारसमेत बोकेर आएको पुँजीवादी साम्राज्यवादसँग थोरै वर्षको मात्र अनुभव प्राप्त गरेको समाजवादी राज्य व्यवस्थाको बीचमा भएको लडाइँमा आधा विश्व जितेर हार्नु अस्वाभाविक होइन । यो हार भनेको मार्क्सवादी सिद्धान्त सही हुँदाहुँदै विजित कम्युनिस्ट पार्टीभित्रै जन्मीएका संशोधनवादी विषालु झारपातका कारणले भएको हो । त्यसैले यो अस्थायी र क्षणिक मात्र हो । समाजमा दुई वर्ग रहुञ्जेल वर्गसंघर्ष हुँदै अन्ततः इतिहासमा उदीयमान श्रमजिवी वर्गको विजय हुनु निश्चित छ ।
आजसम्मको अनुभवमा समाजवादी राज्य व्यवस्थाले हार खानुमा बाह्य कारणभन्दा मुख्यतः आन्तरिक पक्षले नै बढी कारक भएको देखिएको छ । समाजवादी राज्य व्यवस्थाले हार खानुमा अनेको कारणहरु हुन सक्छन् तर मूलतः
१ पुरानो पुँजीवादी व्यवस्था ध्वस्त हुनु तर मानिसमा रहेको पूरानो पुँजीवादी चिन्तनलाई परास्त गर्न नसक्नु यसको एउटा मुख्य कारण हो ।
२ नयाँ विचारधारा, नयाँ सत्ता र पूरानो सत्ता एवं चेतनाबिचको अन्तरविरोध हल नहुनु अर्काे कारण हो ।
३ विचारअनुसार संगठन र संस्कृतिको निर्माण गर्न नसक्नु पनि अर्को महत्वपूर्ण कारण हो ।
४ प्रतिक्रान्तिको खतरालाई रोक्न दुईलाइनको निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारा वर्गको निगरानी र नियन्त्रणमा राख्न नसक्नु र सत्ता र पार्टीको सम्वन्धलाई बुझ्न नसक्नु पनि महत्वपूर्ण कारण हो ।
५ यस्तै कम्यूनिस्ट कार्यकर्ता र नेताहरूले सर्वप्रथम क्रान्तिको निशाना पहिले आफैलाई बनाउन नसक्नु हो ।
६ निरन्तर आत्मसंघर्ष र आलोचना, स्वआलोचना नहुनुले नेता तथा कार्यकर्ता अर्काे वर्गमा रुपान्तरण हुन मद्त गर्नु हो ।
७ समाजवादी राज्य व्यवस्थापछि मार्क्सवादी विचार सम्वन्धी बहस छलफल अन्तरक्रिया राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नहुनु हो, जसले गर्दा कार्यकर्ताको मनोवल कमजोर हुँदै जानु र नेताहरूमा निरंकुश प्रवृत्ति र परिवारवाद हावी हुँदै जानु हो ।
वैज्ञानिक समाजवाद भनेको पुँजीवाद र साम्यवादबिचको संक्रमणको चरण हो । यसले पुँजीवादको निषेध गर्दछ । उत्पादनको साधन व्यक्तिगत ढंगले सञ्चालन गर्ने नभई सामूहिक हितमा प्रयोग गर्ने गर्दछ । समाजमा रहेको भूमि, भूगर्भ, जल, वनको स्वामित्व राज्यको हुने गर्दछ । उद्योग कलकारखाना, यातायात, सञ्चार, बैंक, संस्थान आदि सबै क्रमिक रुपमा निजिकरणको अन्त्य गरी राष्ट्रियकरण वा सहकारीकरण गर्दै सार्वजनिक सम्पत्तिमा रुपान्तरण गर्दै लैजाने काम गर्दछ ।
कृषि एवं उद्योग व्यवसायहरू योजनावद्ध ढंगबाट सञ्चालन गरिन्छ । उत्पादनको उद्देश्य नाफामा केन्द्रित नभई समाजको प्रगति र आवश्यकता अनुसार गरिन्छ । समाजका महत्वपूर्ण क्षेत्रहरू सञ्चार, यातायात, खानेपानी, विद्युत आदि वस्तुहरूमा सर्वसुलभ र सहज गर्ने कार्य गर्दछ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराहरू निशुल्क गरिन्छन् ।
वैज्ञानिक समाजवादी व्यवस्थामा सामाजिक आर्थिक राजनीतिक प्र्रणाली श्रमको सिद्धान्तमा आधारित हुन्छ । श्रमको सम्मान र सबैको लागि श्रमको अनिवार्य गर्दछ । वैज्ञानिक समाजवादमा योग्यता क्षमताअनुसार काम र कामअनुसारको दामको व्यवस्था गरिन्छ । काम गर्न नसक्ने अपाङ्ग, बिरामी, वृद्धवृद्धा र बालबालिका लगायतका व्यक्तिहरूलाई राज्यले हेर्दछ ।
वैज्ञानिक योजनाअनुसार उत्पादन र उत्पादन शक्ति तीव्र गतिमा वृद्धि हुन्छ । उत्पादन वृद्धिको कारणले जनताको जीवनस्तर स्वतः माथि उठ्छ । कसैले कसैलाई शोषण गर्नुपर्ने आवश्यकता नै हुँदैन । बिस्तारै धनी र गरिबको विभेद(खाडल) हट्दै जान्छ ।
वैज्ञानिक समाजवाद स्थापना भइसकेपछि पनि तुरून्त पुँजीपति वर्गको अन्त्य भने हुँदैन । सुषुप्त रुपमा शोषक वर्गको अवशेषहरू कायमै रहेको हुन्छ । त्यसैले सामाजवादी व्यवस्था स्थापना भइसकेपछि पनि अल्पसंख्यक व्यक्तिहरूमा राजनीतिक अनुशासन र व्यवस्थाको रक्षाका निम्ति सर्वहारा वर्गको अधिनायकत्व कायम गरिएको हुन्छ ।
पुँजीवादलाई परास्त गरी समाजवाद स्थापना गर्ने कार्यलाई समाजवादी क्रान्ति भनिन्छ । मार्क्सवादी सिद्धान्तअनुसार वैज्ञानिक समाजवादको स्थापना विभिन्न मुलूकमा आ–आफ्नो चरित्रअनुसार भएको पाइन्छ । रूसमा लेनिनले समाजवादी क्रान्ति कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर वर्गको सहायताबाट समाजवादी क्रान्ति सफल भएको थियो ।
साम्राज्यवादी र सामन्तवादी व्यवस्था भएको चीनमा माओत्सेतुङले किसान वर्गको नेतृत्वमा मजदुर वर्गको सहायताले दीर्घकालिन जनयुद्धको माध्यमबाट जनवादी क्रान्ति सफल भएको थियो , क्युवामा अत्यन्त शोषित भएको क्षेत्रवाद गुरिल्ला युद्धको आधारमा क्रान्ति गरेर सत्ता कव्जा भएको थियो । यस्तै नेपालमा नेकपा माओवादीले निम्न आर्थिक वर्गका साथै उत्पीडित समुदायको सहयोगमा ग्रामिण क्षेत्रमा दीर्घकालिन जनयुद्ध भयो तर नेतृत्वको आत्मसमर्पणवादका कारण अन्त्यमा वस्तुगत परिस्थितिलाई ध्यानमा राखेर भन्दै पुँजीपति वर्गका प्रतिनिधिको सहकार्यमा सामन्तवादको अत्य गरी समाजवादउन्मूख अर्थतन्त्रलाई नेपालको संविधान २०७२मा लेखेर पुँजीवादी व्यवस्था लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ।
२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी आज ७७ वर्ष पुगिसकेको छ । कम्युनिस्ट पार्टीको स्थापनापछि अनेकौं जनसंघर्ष, वर्गसंघर्ष, जनआन्दोलन र सशस्त्र संघर्ष हुँदै ५२ सालबाट १० वर्षे जनयुद्ध सुरू भयो । जनयुद्धको जगमा शान्तिपूर्ण आन्दोलनमार्फत् देशमा संघीय गणतान्त्रिक व्यवस्था स्थापना भएको छ । पहिलो संविधान २०७२ मा समाजवादउन्मुख अर्थतन्त्र भएको संघीय लोकतान्त्रिक गणराज्य घोषणा गरिएको छ । प्रायः सबै कम्युनिस्ट पार्टीहरूको समान रणनीतिक लक्ष्य समाजवाद रहेको छ, नेपाल पुँजीवादी चरणमा पुगेको निष्कर्ष निकालेका छन ।
के कुरा बुझ्न आवश्यक छ भने कि हिजो सामन्तवाद अन्त्यका लागि तयार गरिएको कार्यदिशाबाट बैज्ञानिक समाजवादमा पुग्न सकिन्न । बैज्ञानिक समाजवादी क्रान्तिका लागि देशको परिस्थितिअनुरूप मार्क्सवादको आधारभूत मान्यताको आधारमा समाजवादी कार्यदिशा तय गर्नुपर्दछ । सोभियत संघमा समाजवादी क्रान्ति बलप्रयोगबाट गरिने कार्यदिशामार्फत् सम्पन्न भएको थियो । तर सोभियत संघको विघटनपछि केही कम्युनिस्ट पार्टीहरूले चुनावद्वारा शान्तिपूर्ण तरिकाबाट सत्ता कव्जा गर्न सकिने अवधारणा ल्याएका छन् । भारत लगायत पश्चिमी मुलुकहरूमा यसको प्रयोग भइसकेको छ । तर आजसम्म सफल हुन सकेको छैन । चीनमा नयाँ जनवादी क्रान्ति दीर्घकालिन जनयुद्धबाट सम्पन्न भयो । तर माओको मृत्युपछि चीनको विशेषतामा आधारित समाजवाद भन्ने गरिएको छ ।
साराम्शमा
निश्चित उद्देश्य प्राप्तिको लागि राजनीतिक कार्यदिशा अनिवार्य हुन्छ । कार्यदिशालाई राजनीतिक मार्गचित्र पनि भन्न सकिन्छ । जसबाट क्रान्तिलाई अगाडी बढाइन्छ । सही कार्यदिशाले मात्र पुँजीवादी राज्यसत्ता ढालिदिन सक्छ । सही कार्यदिशा विना अगाडि बढ्नु भनेको अध्यारोमा छामछुम गर्नुजस्तै हो । कार्यदिशा विना क्रान्तिमा दौडिन खोज्नु र क्रान्तिको कल्पना गर्नु भनेको पहरोमा टाउको ठोक्नु र क्रान्तिलाई बर्बादीतिर धकेल्नु हो ।
राजनीतिक कार्यदिशाबारे माओ भन्नुहुन्छ – “विचाराधारात्मक राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोक निर्धारण गर्दछ । राजनीतिक कार्यदिशा सही छ भने नभएको चीजहरू पनि क्रमशः प्राप्त हुँदै जान्छ । राजनीतिक कार्यदिशा गलत छ भने भएका चीजहरू पनि गुम्दै जान्छ।” राजनीतिक कार्यदिशा एउटा कम्युनिस्ट पार्टीको जीवन हो । माओले राजनीतिक कार्यदिशालाई धमनीको रुपमा परिभाषित गर्नु भएको छ ।
राजनीतिक कार्यदिशा देशको वस्तुस्थितिअनुसार निर्धारण हुनुपर्दछ । कम्युनिस्ट पार्टीले पुँजीवादको अन्त्य गरी समाजवादमा जानको निमित्त मुख्यतयः यहाँको राजनीतिक, आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय अन्तरविरोधलाई ध्यानमा राखेर कार्यदिशा तयार गर्नुपर्दछ । जडसुत्रवाद र अनुभवको आधारमा नभई मार्क्सवादको आधारभूत मान्यताको आधारमा सिर्जनशील ढंगले समाजवादी कार्यदिशा तय गर्नुपर्दछ । कष्लनजजगपगmटडघ२नmबष्।िअयm



























