लुगाफाटो घर आँगन
भित्र बाहिर
पिंढी छाना
गोठ गाई भैंसी
दूध पानी धारा
हामीलाई केही चाहिंदैन
आमाबुबा दाजुभाइ
लोग्ने स्वास्नी
छोराछोरी
नातागोता
केही चाहिंदैन हामीलाई
देश सिमाना भूगोल
खर्क खलिहान खेत
बारी टार सम्म
केही चाहिंदैन हामीलाई
प्रेम हाँसो संयोग वियोग
आँसु खुसी
रिस डाहा दुःख
केही चाहिंदैन हामीलाई
सहर गाउँ नगर
बाटो घुम्ती
उकालो ओरालो
केही चाहिंदैन हामीलाई
ज्ञान परम्परा
स्कुल कलेज
विश्वविद्यालय विशेषज्ञ
संस्था सङ्गठन
ज्ञाता प्रवक्ता विवेक
केही चाहिंदैन हामीलाई
आकाश तारा चन्द्रमा
बिहान उज्यालो
साँझ जुनकीरी
केही चाहिंदैन हामीलाई
बोली भाषा वर्ण
वाक्य पदावली
छन्द लय लोक
केही पनि चाहिंदैन हामीलाई
टेक ब्रो
भए पुग्छ






























