नेपालको भू—राजनीतिक अवस्था अत्यन्त जटिल र संवेदनशिल बन्दै गएको छ । यसका आन्तरिक र बाह्य कारणहरु अवस्य छन । तर,भुल्न नहुने सत्य के हो भने जस्तो सुकेको रुखको हाँगामा बसेको चराले आफ्नो सुरक्षा त्यो हाँगामा होइन ,आफ्नो पखेटामा देख्छ , ठिक आजको भू—राजनैतिक जटिलताको समाधान खोज्न हामीले पहिले आफ्नो आन्तरिक सिमा कमजोरी र समस्याको पहिचान गर्न जरुरी छ । यसको अर्थ अवस्य यो होइन, कि बाह्य हस्तक्षेप वा उत्पीडनप्रती नजरअन्दाज गर्नु । अहिलेको बिश्व राजनीति मुख्यतः व्यापार युद्धको रुपमा शक्ति राष्ट्रहरुको होडबाजी , उत्पीडित राष्ट्रहरुको प्राकृतिक स्रोत साधनमाथी कब्जा गर्ने दाउपेचमा रहेको पृष्ठभूमिमा कमजोर र उत्पीडित राष्ट्रहरुले एकातिर आ—आफ्ना देशको आन्तरिक एकतालाई मजबुत पार्दै , आत्मनिर्भरतालाई बलियो बनाउन आवश्यक छ भने ,अर्कोतिर उत्पीडित राष्ट्रहरुको एकताद्वारा साम्राज्यवादको उत्पीडन विरुद्ध सघर्ष गरेर मात्र आफ्नो देशको सुरक्षा हुनेछ ।
दक्षिण एसियामा अवस्थित एक ऐतिहासिक देश नेपाल दुई बिशाल शक्ति राष्ट्रहरु चीन र भारत बीचमा रहेको छ । यो अवस्थिती आफैमा नेपालका लागि चुनौती र सम्भावनाको ढोका पनि हो । बिश्व बजारमै दोस्रो अर्थतन्त्र रहेको चीन र पाँचौं स्थानमा रहेको भारतले नेपाललाई आ–आफ्नो सुरक्षा छातामा राख्न खोजिरहेका छन । त्यतिमात्र होइन , चीनको बढ्दो प्रभाव र अरु केही वर्षमै बिश्वको एक नम्बर अर्थतन्त्रमा पुग्ने उसको योजनालाई असफल पार्न तथा आफ्नो वर्चस्वलाई कायम गर्न अमेरिका पनि नेपालको आन्तरिक राजनीतिमा समेत प्रवेश गरिसकेको छ । यसरी नेपालको भू—राजनीतिक अवस्था यतिबेला निकै जोखिमपुर्ण स्थितिमा रहेकोले राष्ट्रिय स्वाधीनताको रक्षा र देशको बिकास गर्न स्पष्ट परराष्ट तथा सुरक्षा नीतिको आवश्यकता छ । शितयुद्ध कालिन असंलग्न परराष्ट नीतिलाई आत्मसात गरेर नै नेपालले आफ्नो स्वाधीनतालाई बलियो बनाउन सक्दछ । तर, असंलग्नताको कुरा गर्ने शक्ति राष्ट्रका अगाडि लम्पसार हुने संसदवादी पार्टी तथा शासकहरुको कारणले नै े भू—राजनीतिक जटिलता बड्दै गएको यथार्थता हाम्रा अगाडि छ । नेपाललाई शक्ति राष्ट्रको रण मैदान हुनबाट रोक्ने उपयुक्त उपाय भनेको मुख्यतः कुशल कुटनैतिक सम्बन्ध नै हो ।
अहिलेसम्म नेपालका विभिन्न पार्टी तथा शासकहरुले मुलुकको हितमा कुटनैतिक मर्यादा समेतलाई हेक्का नराख्दा बिदेशीहरुले हेप्दै आए । यदि यहि परम्परालाई कायम राखियो भने त्यसले नेपालको अस्तित्व नै समाप्त हुनेछ । अहिलेको मुख्य चुनौती भनेको देशको हितलाइ भन्दा पनि केही ब्यक्ति वा समूह बिशेषलाई केन्द्रमा राख्ने प्रवृत्तिले हाम्रो स्वाधीनता कमजोर भएको हो । तसर्थ , अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षाको प्रश्नलाई कुनै पार्टी वा ब्यक्ति बिशेषको बिषय भन्दा माथी राखेर जबसम्म साझा राष्ट्रिय नीति बनाउन सकिदैन तवसम्म यो अवस्था रहि रहन्छ ।त्यसैले देशका जिम्मेवार राजनीतिक पार्टी , बौद्धिक समुदाय नागरिक समाजले बिगतमा भएका परराष्ट तथा राष्ट्रिय सुरक्षा नीतिमा रहेका कमि कमजोरीबाट शिक्षा लिदै देशको आजको जटिलतालाई समाधान खोज्ने नीति , विधि र संस्कारको खोजी गर्न जरुरी छ । त्यसका लागि सहि नीति, आपसी बिश्वास र राष्ट्रिय एकताद्वारा मात्रै देश बलियो बन्न सक्दछ । तर, अहिले नेपालको राजनीति एक आपसमा अबिस्वास, घृणा द्वैस र बिदेशीको दलाली र चाकरी गर्ने प्रतिस्पर्धामा कैद हुदै आएको पृष्ठभूमिमा कुटनैतिक कुशलताको प्रदर्शन हुने कुरामा त्यति धेरै आशा गर्ने ठाउँ नदेखिए पनि त्यो कार्य अनिवार्य बन्न पुगेको छ । आवस्यकता नै आविष्कारको जननी भए जस्तैः अहिलेको देशको आवश्यकता नै राष्ट्रिय एकता बन्न पुगेको छ । त्यसका लागि औपचारिक “ राष्ट्रिय पार्टी” वा सरकारको जिम्मा लगाएर त्यो कार्य पूरा हँुदैन र त्यसका लागी सबै देशभक्त शक्तिहरु , बौद्धिक समुदाय ,नागरिक समाज तथा परिवर्तनकारी राजनीतिक पार्टीहरुको दबाब ,अभियान र आन्दोलनले मात्र सम्भव हुनेछ ।
नेपालको े भू—राजनीतिक अवस्थासङ्ग जोडिएको अर्को महत्त्वपूर्ण जटिलता भनेको आर्थिक परनिर्भरता नै हो । जवसम्म देशलाई आत्मनिर्भर बनाउन सकिदैन तबसम्म यो समस्या हाम्रो बारम्बारको नियति बनिरहन्छ । तसर्थ , देशलाई परनिर्भरताको साङ्लो बाट बाहिर निकाल्न मुख्यतः कृषि, पर्यटन , जलस्रोत र जडिबुटीको क्षेत्रमा केन्द्रित रहेर जवसम्म औद्योगिक स्थरमा बिकास गरिदैन तवसम्म हाम्रो परनिर्भरताको जन्जिर चुडिदैन । अहिले शक्ति राष्ट्रहरु नेपालको प्राकृतिक स्रोतलाई आ–आफ्नो पक्षमा पार्न विभिन्न प्रकारका प्याकेज र कार्यक्रमद्वारा नेपाललाई आफ्नो छातामा राख्न खोजी रहेको तथ्य कतैबाट छिपेको बिषय होइन । सुगौली सन्धि देखि एमसीसी सम्म भएका सबै असमान र अपमान जनक सन्धि सम्झौताहरुले त्यो कुरालाई छर्लङ्ग गर्दछ । अहिले पनि नेपालको कमजोर अर्थतन्त्र माथी खेल्न अमेरिका भारत लगायतका शक्ति राष्ट्रहरु एक पछिअर्को रुपमा लागि परिरहेका छन । यी केहि तथ्यले स्पष्ट गर्दछ कि यसका पछाडिको मुख्य कारण नेपालको परनिर्भरता नै हो । जब देशले आफ्ना आवश्यकतालाई आफै समाधान खोज्न सक्दैन ,त्यतिबेला उनीहरुका अनावश्यक दबाब र उत्पीडन कायम रहि रहन्छन । त्यसैले आजको भुराजनीतिक दबाबको जातोबाट मुक्त हुन देशको स्वतन्त्र अर्थतन्त्रको बिकासले मात्र सम्भव हुनेछ । यदि देशको अर्थतन्त्रलाई यथावत राखेर हामीले भुराजनीतिक दबाबबाट मुक्त हुने सपना देख्छौ भने त्यो भन्दा मुर्खता अरु केही हुने छैन । त्यसैले अहिलेको हाम्रो प्राथमिकता बढ्दो परनिर्भरताको न्यूनीकरण गर्दै, आत्मनिर्भरताको दिशामा अगाडि बढ्ने आफ्ना योजना , नीति , कार्यक्रम बनाउदै उत्पादनमा जोड दिएर मात्र समाधान खोज्न सकिनेछ । त्यसका लागी मुख्य बादक भनेको अहिलेको ब्यवस्था तथा नोक्करशाही अर्थ– राजनीतिलाई समाप्त नपार्द सम्म देशको स्वाधीनता र स्वतन्त्र अर्थतन्त्रको बिकासमा अबरोध रहिरहनेछ ।
तसर्थ,अहिलेको दलाल तथा नोक्करशाही पुजीवादी ब्यवस्थाको विकल्प राष्ट्रिय अर्थतन्त्रको बिकासका लागि सबै मेहनतकस किसान, मजदुर , राष्ट्रिय पुजिपती ,ब्यपारी लगायत सबै देशभक्त प्रगतिशील जनतान्त्रिक शक्तिहरुको बृहत संयुक्त मोर्चाको माध्यमद्वारा मात्र भुराजनीतिक जटिलताको समाधान खोज्न सकिने छ । त्यसका लागि सबै जिम्मेवार शक्तिहरुले आ – आफ्नो क्षेत्रबाट पहल कदमी गर्नु अहिलेको बस्तुगत आवस्यकता हो । यतिबेला कुनै पार्टी बिशेषलाई केन्द्रमा राखेर होइन देशको बृहत हित र सुरक्षालाई ध्यानमा राखेर सोच्नु पर्ने बेला आएको छ । त्यसका लागि गरिने पहललाई पक्कै पनि प्रत्येक स्वाभिमानी नेपालीले साथ दिनेछ र दिनुपर्दछ ।
नोक्करशाही पँुजिवादी ब्यवस्थाको विकल्प राष्ट्रिय अर्थतन्त्रको बिकासका लागि सबै मेहनतकस किसान , मजदुर ,बुद्धिजिबि , राष्ट्रिय पुजिपती , ब्यापारी लगायत देशभक्त, प्रगतिशील , जनतन्त्रिक शक्तिहरूको बृहत एकता र संयुक्तमोर्चाको माध्यमद्वारा मात्र अहिलेको भुराजनीतिक जटिलताको समाधान खोज्न सकिनेछ ।त्यसका लागि सबै जिम्मेवार शक्तिहरुले आ– आफ्नो क्षेत्रबाट पहलकदमी गर्नु अहिलेको बस्तुगत आवश्यकता हो । यतिबेला कुनै पार्टी बिशेषलाई केन्द्रमा राखेर होइन ,देशको वृहत हित र सुरक्षालाई ध्यानमा राखेर सोच्नु पर्ने बेला आएको छ । त्यसका लागि गरिने पहललाइ हरेक स्वाभिमानी नेपालीले साथ र सहयोग दिनेछ र दिनुपर्दछ ।






























