अपत्य शर्माको नया“ पुस्तक ‘मानव दासता र मुक्ति संघर्ष’

अपत्य शर्माको नया“ पुस्तक ‘मानव दासता र मुक्ति संघर्ष’

काठमाडौं । वामपन्थी लेखक अपत्य शर्माद्वारा लिखित पुस्तक “मानव दासता र मुक्ति संघर्ष” भर्खरै बजारमा आएको छ। शर्मा दशकौंदेखि हाँक साप्ताहिक पत्रिकामा नियमित लेखक हुनुहुन्छ ।
यस कृतिमा लेखकले वैज्ञानिक खोज अनुसन्धानका आधारमा थाहा हुन आएका तथ्यहरुलाई राखेर ब्रहमाण्ड, पृथ्वी र मानव जातिको उत्पत्ति, वानर र उसका आविस्कारहरु , श्रम शक्तिको सिर्जना र प्रगति, बारेमा विस्तृत चर्चा गरिएको छ ।

भाषाको उत्पत्ति, लिपि, भाषाको वर्तमान अवस्था मानव समाजको विकास–आदिम साम्यवाद, दासप्रथाको उत्पत्ति, धर्महरु यहुदी, बौद्ध, हिन्दुको उत्पत्ति र विकास, धर्मशास्त्रमा नारी दासता, अन्धविश्वास र कुप्रथाहरु ज स्तै नारी दासता, सती प्रथा, जाति र वर्णको बीचमा अन्तर, नेपालमा दलित संघर्ष, धार्मिक द्वन्द्वको बारेमा व्यवस्था गर्नुका साथै भविष्यको नयाँ जनवाद र सर्वहारा समाजवादबारे समेत दृष्टिकोण स्पष्ट गरिएको छ । सुवर्णमान मूल्यको मापदण्ड, साम्राज्यवादबारे पनि लेखिएको छ ।
समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्रका अध्ययनका लागि यो पुस्तक उपयोगी पुस्तक हो ।
लेखकको यो तेस्रो कृति हो । यसभन्दा पहिले लेखकमा मुद्रा र पुँजीवादी दासता (२०६५), विश्व पुँजीवादी अर्थराजनीतिका झलक (२०७१) लेख प्रकाशित भइसकेका छन् ।
यो तेस्रो कृतिलाई श्रृंखला मासिकले प्रकाशित गरेको हो । २३२ पृष्ठको यो पुस्तकका मूल्य रु. ६०० – राखिएको छ । आवरण डिजाइन सुन्दा श्रेष्ठले गरेका हुन् ।
लेखकका यस भन्दा पहिलेका पुस्तकहरु जस्तै नयाँ कृतिलाई पनि पाठकहरुले रुचाउनु हुनेछ ।