क्रान्तिकारी कम्युनिस्ट पार्टीका १५ नंं.ब्यूरोका इन्चार्ज र सचिव हिरासत मुक्त

क्रान्तिकारी कम्युनिस्ट पार्टीका १५ नंं.ब्यूरोका इन्चार्ज र सचिव हिरासत मुक्त

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका १५ नम्बर ब्युरो ईन्चार्ज सीताराम बुढाथोकी र ब्युरो सचिव डिल्ली बोहोरा हिरासत मुक्त हुनु भएको छ । सुशिला सरकारका प्रहरीले बिना कारण सुनसरीको ईटहरी स्थित यही फागुण १६ गते घरबाटै गिरफ्तार गरेको हो ।

त्यस ब्यूरोमा कार्यरत पार्टीका केन्द्रीय सदस्य बालकृष्ण सुवेदीले कठपुतली सरकारको प्रतिनिधिले माफी सहित वहाँहरुलाई फगुन २५ गते साझ हिरासत मुक्त गरेको जानकारी गराउनु भयो ।

वहाँहरु दुवैजनालाई खुल्ला आकाशमा स्वागत गर्दै जिल्ला पार्टीका दर्जनौं नेता कार्यकर्ताहरुले थुना मुक्त भएपछि अविर खादा र माला लगाएर स्वागत गरेका थिए ।