यस आलेखमा जनपक्षीय साहित्य कलासँग जोडिएका विविध पक्षहरू, साहित्य र कला मार्फत प्रतिक्रियावादी दलाल, भ्रष्ट सरकार, साम्राज्यवादी, विस्तारवादीहरूद्वारा मनोरञ्जनका नाममा भित्र्याइएका सामाजिक संजाल मार्फत समेत श्रव्यदृश्यका सामाग्रीहरू, गीत, संगीत, नृत्य, प्रहसन, नाटक, संस्कार, संस्कृति, रहन सहन आदिको विवेचना गर्ने प्रयत्न गर्नेछु । साथै प्रगतिशील तथा प्रगतिवादी साहित्यद्वारा जनताको सेवा कसरी गर्ने र साहित्यकारहरू रु कलाकर्मीहरूले प्रगतिशील तथा प्रगतिवादी रचनाहरू कसरी निर्माण गर्ने आदि विषयमा एकदम संक्षिप्तमानै विचारहरू राख्ने छु । मैले यहाँ प्रगतिवादी जनपक्षीय साहित्य, कलाबारे नै चर्चा गर्नेछु । किनकि यस आलेखमा यथार्थवादी रचना बारे चर्चा हुने छैन ।
सर्वप्रथमतःसाहित्य र कला बारे चर्चा गरौं । साहित्य –‘देश वा जातिको व्यवहारिक वा भावनात्मक विषयमा रचित भाषा र संस्कृतिको अभिव्यक्ति हो मानवीय जीवनका विविध तत्वमा आधारित प्रभावशाली ग्रन्थ वा रचना आदि काव्य, नाटक आदि । ९नेपाली बृहत शब्दकोष ०साहित्य हो । यो साङ्गोपाङ्गो साहित्यको बारेमा बताइएको छ ।
कला –नेपाली बृहत शब्दकोष कलाको सम्बन्धमा करिब ६४ प्रकारका कलाको बारेमा बताएको छ । तर मैले यहाँ केवल यसको सैद्धान्तिक पक्षसँग जोडिएको विषयको चर्चामा आफुलाई सीमित राख्ने कोसिस गर्नेछु । साथै साहित्य कलाको निर्माणका केही टेक्निकल कुरा बारेपनि प्रकाश पार्ने प्रयत्न गर्नेछु । कलाको बारेमा दर्शन कोषमा यसरी व्याख्या गरिएको छ । कलाचेत– सामाजिक चेतना र मानव कार्यकलापको एउटा विशिष्ट रूप, जसले यथार्थतालाई ’कलात्मक बिम्बको माध्यमद्वारा प्रतिबिम्बित गर्दछ । जो संसारको सौन्दर्यात्मक बोधको एउटा महत्वपूर्ण साधन हो । श्रम कलात्मक कार्यकलाप र साथै मनुष्यको सौन्दर्यात्मक भावना तथा आवश्यकताहरूलाई साकार बनाउने पूर्ववर्ती प्रकृयाहरूको श्रोतहो ।”
कलाको उत्पत्ति पाषणयुगमा इ.पू.३०, ४०हजार वर्ष पहिले भएको मानिन्छ । कलामा नृत्यनाटक, नृत्य, अभिनय आदि मानिसले जब पशुको शिकार गर्न गएको बखतमा मृगको उफ्राईलाई उसको शिकार पश्चात् खुशीमा उ त्यसरी नै नृत्य ग¥यो आजभोलि युट्युबमा गोरिल्लाले मानिसको नक्कल गरेको रिलहरू निकै हेर्न पाईन्छ । ३०, ४०हजार वर्ष पहिले त्यही स्थिति थियोे । कलामा वर्गीय पक्षधरताको कुरा यसरी व्याख्या गरिएको छ । ”कलामा यथार्थताको प्रतिबिम्बनको विषय तथा रूप त्यसको विशिष्ट कार्यलाई निर्धारित गर्दछ । यस कार्यले९प्रकाशित कृतिहरू०मानिसलाई आनन्दित तुल्याउनु, तथा सुखानुभुति पैदागर्नु, उनीहरूलाई आत्मिक दृष्टिबाट समृद्ध बनाउनु र उनीहरूमा यस्तो कलाकार जगाउन सकोस, जसले आफ्नो कार्यकलापद्वाारा सौन्दर्यको क्षेत्रमा त्यसको नियम अनुसार श्रृजन गर्दै बिचार क्षेत्रलाई बिस्तार गरोस् ।”
माक्र्सले साहित्य र कलामा वर्गीय पक्षधरतामा निकै जोड दिएका छन् । लेनिनले त्यसको बारेमा यसरी व्याख्या गरेका छन् ः ”यो एउटा स्वतन्त्र साहित्य हुनेछ । त्यसमा समाजवादको विचार र मेहनतकस जनताहरूप्रति सहानुभूतिको भावना हुनेछ न कि लोभ, र क्यारियरवादी विचार । जसले नयाँ शक्तिहरूलाई आनो पङ्तिमा ल्याई रहनेछन् । त्यसरी यो एउटा स्वतन्त्र साहित्य हुनेछ ।” उनले अगाडि लेखेकाछन् –“जनपक्षीय साहित्य र कला मुठ्ठीभर दसौं हजार उच्च वर्गकालागि होइन, लाखौं, करोडौं श्रमजीवी जनताहरूकोलागि लेखिनु पर्दछ । गैर पार्टी लेखक मुर्दावाद, लेखकहरू पार्टी संगठन मातहत रहनु पर्दछ । अखबार पार्टी संगठनको मुखपत्र बन्नु पर्दछ र लेखकले लेखिहाल्छन्, पाठकले पढिहाल्छन् भन्ने सोचाई गलत छ ।” भनेर लेखकलाई सचेत बनाउने काम गरेका छन् । जतिबेला सोवियत संघमा क्रान्तिकारी आन्दोलन उत्कर्षमा थियोे, त्यो बेला कलाकारहरूले सडकनाटक मार्फत जनतालाई उद्वेलित र उत्साहित बनाउन अस्पतालमा समेत घाइतेहरूलाई सडकनाटक मंचन गरेर देखाएका थिए । सर्वहारा साहित्यका सम्बन्धमा लेनिन अगाडि लेख्छन् “सर्वहारा साहित्य उनीहरूको एक अंग बन्नुपर्छ, एक अखण्ड र महानकार्य समाजवादी र जनवादी मेसिनको दाँत र पेंच बन्नुपर्छ । जसको परिचालन क्रान्तिकारी पार्टीले गर्नु पर्दछ ।”
साहित्य र कलाबारे माओत्सेतुङले येनानमा दिएको प्रशिक्षणात्मक विचार विश्व प्रसिद्ध छ र त्यो जनपक्षीय साहित्य कलासँग जोडिएको सैद्धान्तिक पक्षको कोसे ढुङ्गा हो र क्रान्तिकारी साहित्यकार तथा कलाकारहरूलाई एक मार्ग दर्शन । माओद्वारा संचालन गरिएको सर्वहारा सास्कृतिक क्रान्ति त एउटा नयाँ बैचारिक आधारनैभयो । माओले येनान गोष्ठीमा साहित्य र कलाकाबारेमा विसद व्याख्या गरेकाछन् । त्यसबारे संक्षेपमा यहाँ चर्चा गर्नु प्रसांगिक हुनेछ । उनले क्रान्तिकारी आन्दोलनमा विभिन्न मोर्चाहरू जस्तै कलमको पनि एउटा सशक्त र बलियो मोर्चा हुनुपर्छ । अन्यथा क्रान्तिमा विजय हासिल गर्न सकिने सम्भावना रहने छैन भनेकाछन् । आजको दिनमा त्यो कुरा झन् बढी लागू हुनेछ । कलमको मोर्चाले कसरी काम गर्ने , भन्ने संदर्भमा लेखक, कलाकारहरूले ध्यान दिनुपर्ने कुरा मध्ये उनले बुँदागत रूपमा केही कुराहरू समस्याका रूपमा बताएका छन् ।
१–लेखक कलाकारको वर्ग दृष्टिविन्दुको समस्या
२–सही बाटो पहिचानको समस्या
३–पाठक दर्शकको समस्या
४– कार्य प्रणालीको समस्या
५–अध्ययनको समस्या
माओले भनेका छन् कि–लेखक कलाकारले कुनै रेसमी रूमालमा फुलबुट्टा भर्ने होइन, बरू लाखौं करोडौं श्रमजीवी वर्गलाई कला र साहित्य मार्फत सेवा गर्नु पर्दछ । यस्तो सेवा जसरी हामीले जाडो याममा जाडोबाट बच्न दाउरालाई ईन्धन बनाएर त्यसलाई बालेर आगोबाट न्यानो प्राप्त गर्दछौं र जाडोबाट जोगिन्छौं । एवम् रितले जनतालाई जनपक्षीय साहित्यकार र कलाकर्मीले उनीहरूलाई स्पष्ट दृष्टिकोण सहितको मनोरञ्जनको साथै वर्तमान समस्यासँग संघर्ष गर्ने उर्जा प्रदान गर्ने प्रकारका सन्देश दिने प्रयत्न गर्नु पर्दछ । आज विश्वव्यापी रूपमा र स्वयम् हाम्रो देशमा पनि कला कलाकालागि र साहित्य केवल यथार्थपरक हुनुपर्छ, त्यहाँ विचारको कुनै स्थान छैन भनेर रूवाबासी पनि चलिरहेकै छ । आज उनीहरूले जनता माथि जुन हैकम चलाई रहेकाछन् र त्यसले अस्थाई रूपमा भए पनि भ्रम सृजना गरिरहेका छन् र बाहिरबाट हेर्दा उनीहरू सफल बन्दै गएको पनि भान पर्न सक्छ । तर त्यो अस्थायी र क्षणिक कुराहो । एकदिन सम्पूर्ण श्रमजीवी सर्वहारा वर्गले यो कुरा बुझ्ने छन् र आफ्नो हककोलागि जुरमुराएर उठनेछन् र संघर्ष गरेर प्रतिकृयावादी तथा साम्राज्यवादी सत्तालाई धरासायी बनाउने छन् ।
क्रान्तिकारी साहित्य लेखनमा महारथ हासिल गरेका आमा उपन्यासका रचयिता विश्व विख्यात साहित्यकार मेक्सिम गोर्कीले आफ्नो लेखन बारेमा प्रकाश पार्ने सन्दर्भमा एउटा महत्वपूर्ण लेख “मैले कसरी लेख्न सिकें”भन्ने लेखमा सविस्तार चर्चा गरेकाछन् । उनको उक्त लेख नयाँ सिकारू लेखकहरूलाई खोजेर पढ्नका लागि मैले अनुरोध गर्दछु । उक्त लेखमा धेरै कुराहरू बताएका छन्, जसलाई यस लेखमा समावेश गर्न सम्भव छैन र पनि एउटामात्र महत्वपूर्ण कुरा जसमा उनले यो भनेका छन् कि सर्वप्रथम लेखकले जुन विषयमा लेख्ने हो त्यस विषयसंग सम्बन्धित सामाग्रीहरूको मनग्य अध्ययन गर्नु प¥यो । अर्थात कथा लेख्नेले कथाहरू अध्यन गर्नु प¥यो । ती कथाहरू बुर्जुवा साहित्यकार देखि प्रगतिशील र क्रान्तिकारी सबै साहित्यकारका रचना र विदेशी भाषाका, आञ्चलिक भाषामा पनि छन् भने ती पनि पढ्नु प¥यो । यसरी लेखकले अध्ययनबाट र आफ्नो वरिपरिका घट्नाबाट साथै कुनै घटनाको प्रत्यक्षदर्शी बनेर प्राप्त कच्चा पदार्थबाट रचना निर्माण गर्न सकिन्छ, भन्ने कुरा बताएका छन् । यस सिलसिलामा हामीले नेपालका सर्जकहरूका रचनाहरूको गहिरो अध्ययनका साथै विश्व प्रसिद्ध प्रगतिशील तथा प्रगतिवादी केही सर्जकहरूको नामावली सुझाउन चाहन्छु । गोर्की लुसुन, चेर्नेवस्की, दोस्तोवस्की, चेखब, टोल्सटोय, जोनरिड, ताओचिङ, बर्टोल्ड ब्रेख्त, राहुल सांकृत्यान, प्रेमचन्द, कात्यानी, आदि साहित्यकारका साथै माक्र्स, ऐगेल्स, लेनिन, स्टालिन र माओका रचनाहरू बढी भन्दा बढी अध्ययन गर्न जरुरी छ । यसबाहेक हाम्रो देशका मुर्धन्य साहित्यकारहरू, प्रगतिशील तथा प्रगतिवादी साहित्यकारहरू र क्रान्तिकारी साहित्यकार र कलाकारका सृजनाहरू अध्ययन र श्रवण गर्न अनिवार्य छ ।
विश्व साहित्यका क्रान्तिकारी कवि बर्टोल्ड ब्रेख्तले कविता लेखनमा आफ्नो अनुभव यसरी बताएकाछन् । ’’ अधिकांश सर्जकहरूको हकमा यो कुरा लागू हुन्छ कि भन्ने ठानेको छु भनेर उनी लेख्छन् । सर्जकलाई नयाँ रचनाको सृजना कति बेला हुन्छ भन्ने कुनै निश्चित समयावधि हुँदैन । तर उसले जुन विषयमा रचना सृजना गर्ने जमर्को गरेको छ त्यो विषयसँग सम्बन्धित कच्चा पदार्थको जोहो आफ्नो मन मस्तिष्कमा गरिरहेको छ भने उसको रचना उ हिड्ने बेला, कामको दौरानमा, पढ्ने बेला वा खेलकुदको बेला कहिलेकाहीँ त मध्यराति पनि त्यो विषयसँग सम्बन्धित कविता, गीत, गजलका दुई चार हरफ फुर्न सक्छन् । कथा, उपन्यास, नाटकआदिका संवाद आउन सक्छन् । त्यसकारण उनले थप के बताएका छन् भने “कुनै पनि श्रष्टाले २४ चौबिसै घण्टा आनो खल्तीमा एउटा डायरी र कलम राख्नु पर्दछ ।”
आज विज्ञानको प्रगतिले हामी कम्प्युटर, रोबोट, हँुदै एआइको जमानामा आईपुगेका छौं । अब त गीत, संगीत, श्रव्यदृश्यका सामाग्रीहरू पनि एआईले बनाई रहेकोछ । यसले सामाजिक संजालमार्फत निकै धेरै भ्रम, असत्य कुरा, अश्लीलता, सामाजिक मूल्य मान्यतामा ह्रास, परिवारहरूमा विखण्डन, अराजकता, हिंसामा जोड, भ्रष्टाचार, नैतिक मुल्य विघटन, आदि तीव्र रूपमा बढिरहेकोछ । यसको ठीक विपरीत हामीले आफुलाई परिश्रमी बनाउंदै सही क्रान्तिकारी, वैज्ञानिक जनपक्षीय विचारलाई अगाडि बढाउने निकै ठूलो अवसर छ । जसलाई जेनजीहरूले भाद्र २३ गते प्रयोग गरे । हामीहरूले त्यो किन नगर्ने रु वास्तवमा आज हामी टेक्नोलोजीको प्रयोगको क्षेत्रमा निकै पछाडि छांै ।
अबका दिनमा हामी सम्पूर्ण बुर्जुवा तथा पुँजीवादी साहित्यकार र कलाकारहरूसँग अथाह साधन श्रोत छ र उनीहरू कलाको क्षेत्रमा निकै अगाडि छन् तर उनीहरूसँग कच्चा पदार्थको अभाव छ वा भनौं उनीहरूलाई त्यो त्यति खाँचो नै छैन । त्यसकारण उनीहरूका सृजनाहरूमा उहीँ पुरानो घिसेपिटेका कथा वस्तुहरू हुन्छन् । जनपक्षीय साहित्यकार र कलाकारसँग लाखौं करोडौं जनताका भोगाईहरू छन्, उनीहरूका सपनाहरू छन्, राष्ट्रको पीडा हाम्रो हृदय भरि भरिएको छ, भ्रष्टाचार, महंगी, बेरोजगारी, विदेश पलायन, उँच नीच, भेदभाव, महिलामाथिको व्यभिचार आदि विषयहरू जति पनि छन् । यी विषयमा हामी साहित्यकार र कलाकारहरूले आफ्नो सीप लगाएर विभिन्न रचना निर्माण गरेर जनता माझ लिएर जाऔं र जनतामा नयाँ क्रान्तिकारी चेतना जागृत गरौं साहित्य र कला निर्माण कार्यमा पनि हामीले निकै कठिन परिश्रम गर्न जरुरी छ । माओले घिसेपिटे लेखन कार्यको विरोध गरेकाछन् ।
हाम्रो साहित्य यस्तो नहोस् कुनै डाक्टरले औषधिको नयाँ नयाँ पर्चा मात्र लेखिरहने तर त्यो पर्चाको औषधि खाएर बिरामी सञ्चो भए नभएको कुनै हेक्का नराख्ने । अहिले नयाँ टेक्नोलोजीले हाम्रो सामुन्ने चुनौतिको पहाड नै उभिएको जस्तो भान पर्दछ । तर क्रान्तिकारी आन्दोलन अगाडि बढने संभावना पनि त्यत्तिकै प्रबल छ । त्यसकारण हामी सचेततापुर्वक सक्रिय बनेर आफ्नो सिपलाई प्रयोग गरेर आन्दोलनलाई उचाइमा पु¥याउने प्रयत्न गरौं ।
































