काठमाडौ । आगामी फागुन २१ गते गर्ने भनिएको आम निर्वाचनलाई बहिस्कार गर्ने वा निर्वाचनमा सहभागी नहुने सम्बन्धमा सामाजिक सञ्जालमार्फत घोषणा गर्ने क्रम चलिरहेको छ । त्यसरी घोषणा गर्नेहरुमा राजनीतिक दलका नेता ,कार्यकर्ता देखि स्वतन्त्र व्यक्ति, वुद्धिजीविहरु समेत छन् । मतदानमा सहभागी नहुनेबारे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ९ नम्बर व्यूरो सचिव चिन्तामणि पौडेलको विचार यस्तो छ –
यो चुनावमा मैले भोट किन हाल्दिन ?
१. अहिलेको निर्वाचन प्रणालीमा देशको सबैभन्दा निर्णायक शक्ति किसानको प्रतिनिधित्व सुनिश्चित नभएकोले ।
२. निर्वाचनले मजदुरहरुको प्रतिनिधित्व नगर्ने भएकोले ।
३. महिला , दलित अल्पसंख्यक समुदायको हकहित र सुरक्षा नगर्ने भएकोले ।
४. अहिलेको चुनाव नेपाली जनता र राजनैतिक पार्टी स्वयंको समेत माग नभएकोले ।
५. जेन्जी आन्दोलनका दोषी र जेन्जी आन्दोलनलाई हाइज्याक गरेर विध्वंस गर्ने अपराधीहरुलाइ कार्वाही नगरेकोले ।
६. कार्की आयोगको प्रतिवेदनलाई समयमै सार्वजनिक नगरेकोले ।
७ निर्वाचित प्रतिनिधिले जनताको मतलाई कदर नगरेमा प्रत्यावान गर्ने ब्यवस्था नभएकोले ।
८. सर्वोच्च अदालतले नो भोटको ब्यवस्था गर्न आदेस दिदा समेत त्यसलाई कार्यान्वयन नगरेकोले ।
९० निर्वाचनमा नागरिकको सर्वोच्चलाई कमजोर पार्ने गरि सेनालाई जिम्मा दिएकोले
१०. सबै असमान सन्धि सम्झौतालाई यथावत राख्ने भएकोले ।
११. यो निर्वाचन साम्राज्यवादको प्रायोजनमा हुने भएको, र राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने भएकोले ।
अतः मैले यो निर्वाचनमा भोट नहाल्ने निर्णय गरे ।































