फासीवादी हर्कतका विरुद्ध आवाज उठाउन आह्वान ः सीपी गजुरेल

फासीवादी हर्कतका विरुद्ध आवाज उठाउन आह्वान ः सीपी गजुरेल

काठमाडौं । केन्द्रीय संयुक्त सङ्घर्ष समितिका संयोजक सीपी गजुरेलले सुशीला सरकारको फासीवादी हर्कतका विरुद्ध आवाज उठाउन सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुलाई आह्वान गर्नुभएको छ । २०८२ फागुन १३ गते प्रेस–वक्तव्य जारी गर्दै गजुरेलले उक्त आह्वान गर्नुु भएको हो । वक्तव्य यस प्रकार छ –

“आज क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक पोलिटब्यूरो सदस्य कमरेड सोमानसिंह तामाङ्लाई काभ्रेको पनौतीबाट र केन्द्रीय समिति सदस्यहरु क। नारायण न्यौपाने, कमरेड कर्ण बी। सी। तथा कमरेड रत्न ओली र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य द्वय कमरेड श्याम कुँवर, कमरेड डेभिड परियार तथा जिल्ला सदस्य कमरेड मान बहादुर मल्ललाई सुर्खेतबाट गिरफ्तार गरिएको छ । आगामी संसदीय निर्वाचनको बहिष्कारको पक्षमा उभिएकै कारण गरिएको यस प्रकारको गिरफ्तारीले यो कठपुतली सरकार साधारण लोकतान्त्रिक मूल्य र प्रचलित कानूनलाई समेत कुल्चने चेष्टा गर्दैछ भन्ने स्पष्ट छ । केन्द्रीय संयुक्त सङ्घर्ष समिति विनाशर्त उहाँहरुको अविलम्ब रिहाइको माग गर्दछ र सुशीला सरकारको यस प्रकारको फासीवादी हर्कतका विरुद्ध आवाज उठाउन सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुलाई आह्वान गर्दछ ।