नेकपाका अध्यक्ष ऋषि कट्टेल पक्राउ

नेकपाका अध्यक्ष ऋषि कट्टेल पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई प्रहरीले पक्राउ गरेको छ । सम्बद्ध पार्टी स्रोतका अनुसार उहाँलाई आज १२ बजे पार्टी कार्यालय च्याङ्ला फाँटबाट गिरफ्तार गरिएको हो । प्रहरीले हिजो साँझ नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई पनि गिरफ्तार गरेको थियो ।
वर्तमान सुशिला कार्की नेतृत्वको सरकारले मौजुदा संविधानले प्रदत्त गरेको विचार अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाउँदै निर्वाचन बहिस्कार आन्दोलन गरेको वा बहिस्कारको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
यसअघि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यलाई पनि माघ १६ गते सिन्धुलीबाट निर्वाचन बहिस्कारसम्बन्धी पर्चा बाँडिरहेको अवस्थामा गिरफ्तार गरेको थियो । निर्वाचन बहिस्कारसम्बन्धी पर्चा बाँडेको विषयलाई राज्यविरुद्धको अपराधको मद्दा लगाएपछि सर्वोच्चमा अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा परेको थियो । अदालतको आदेशमा पनि छाड्न अटेर गरेपछि राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिइएको थियो । पछि अदालतको आदेशमा धरौटीमा छाडिएको थियो ।
जेनजी विद्रोहपछि बनेको कार्की नेतृत्वको सरकारले फरक मत र विचार राख्ने राजनीतिक शक्तिमाथि फासिवादी निरंकुशता लादिरहेको छ । राज्यको यस्तो निरंकुश फासिवादी दमनले मुलुकलाई फेरि अर्को भयानक द्वन्द्वतर्फ लैजाने राजनीतिक वृतमा चर्चा परिचर्चा सुरु हुन थालेको छ ।
हिजो मात्र नेकपाका अध्यक्ष ऋषि कट्टेलले सेना दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनाले गरेको परेडको बारेमा एउटा फेसबुक स्टाटस लेख्नुभएको थियो । पक्राउ पर्नुको कारण यही स्टाटस हो कि भन्ने आशंका सम्बद्ध पार्टीले गरेको छ ।
यस्तो छ उहाँको फेसबुक स्टाटस, “‘अमेरिकी सैनिक परेड’
सेना दिवसको दिन टुडिखेलमा अमेरिकी सेनाले परेड खेल्यो । यसवारे केही प्रतिक्रियापनि आएकाछन । सेनाले यसलाई नियमित काम भनेकोछ भने एमसिसिका मतियार ओलीले नेपालको सार्वभौममिकता माथिको हस्तक्षेप भनेछन । अरु एमसिसिवालाहरु मौन छन । एमसिसि विरुद्ध निरन्तर संघर्ष गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी अमेरिकी साम्राज्यवादको नागो हस्तक्षेपको विरोधगर्दछ र साम्राज्यवादको दलाल एमसिसिका मतियारहरु,सम्राज्यवादको कठपुतलि सरकार र नेपाली सेनाको निन्दा र भत्र्सना गर्दछ । साम्राज्यवादले नेपालमा बढाइरहेको हस्तक्षेप को विरुद्ध प्रतिरोधमा उत्रन सवै देश भक्त नेपालीलाई आग्रह गर्दछ ।
अमेरिकी सैन्य परेडले चारवटा सन्देश दिएको छ ।पहिलो नेपाल आइपिएसको सदस्य देशहो । दोस्रो नेपाल एसपिपि मा संलग्न छ । तेस्रो अमेरिकी सेना नेपालमा तैनाथ भैसकेको छ र चौथो अहिले हामी ले राजनीतिक हस्तक्षेप मात्र गरेका छौ आवस्यक परे सैन्य हस्तक्षेप गर्न पनि तयार छौ ।
भाद्र २३ र २४को आतंक यसको पूर्व अभ्यास थियो । यसमा उनीहरु एकहद सम्म सफल भए । कमजोर नोकर लखटे र अव कथित निर्वाचन मार्फत गगने घन्टे जस्ता वलिया नोकरलाई सरकारमा स्थापित गराएर नेपाललाई आइपिएसको केन्द्रवनाउने कसरत जारिछ । यो निर्वाचन भाद्र २३र २४मा साम्राँज्यवादको प्रायोजनमा भएको नेपालराज्य विरुद्धको अपराध र साम्राज्यवादी हस्तक्षेपलाई वैधता दिने नाटक वाहेक केही हैन । अझै समय छ यो निर्वाचन खारेज गरौ ।नेपालीजनताको स्वाधिन सरकार गटन गरौ ।सम्राज्यवादी हस्तक्षेपलाइ परास्त गरौ रराष्ट्यि सहमति नया निर्वाचन गरौ । देश जोगाउने अहिले एकमात्र सही वाटो यही हो । अन्यथा एमसिसि नरोकेर आज नेपालको धर्तिमा अमेरिकी सेनाले परेड खेलेको हेर्न वाध्य भएकाछौ चुनाव पछी अझै भिषण दवन्दको सामना गर्नु पर्ने छ ।