संयुक्त संर्घष समिति नवलपरासीद्वारा निर्वाचन बहिष्कारको प्रचार प्रसार तीब्र

संयुक्त संर्घष समिति नवलपरासीद्वारा निर्वाचन बहिष्कारको प्रचार प्रसार तीब्र

नवलपरासी २८ माघ – संयुक्त संर्घष समिति नवलपरासीले निर्वाचन बहिष्कारको पक्षमा प्रचार प्रसार तीब्र बनाएको छ ।
साम्राज्यवादद्वारा प्रयोजित संसदीय निर्वाचन बहिष्कार गर्न आब्हान गर्दै जिल्ला संर्घष समितिले प्रचार प्रसारको गतिबिधि तीब्र बनाएकोसंयोजक रवि पाण्डेयले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणको संर्घषका कार्यक्रम बमोजिम पर्चा वितरण,पम्पलेट,ब्यानर टाग्ने र घरदैलो कार्यक्रमहरु जिल्लाका बिभिन्न पालिकास्तरमा भइरहेका छन् ।
जिल्लामा केन्द्रीय संर्घष समितिमा सम्बद्ध चार पार्टी मध्ये क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (बहुमत) क्रियाशिल छन् ।
सुशिला कार्की नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा दिदै संर्घष समितिले स्वाधीन संयुक्त सरकारको माग गर्दै आएको छ । बहिष्कार आन्दोलनमा बैक तथा बित्तीय पीडित, मिटर ब्याज पीडित मजदुर एंव किसान तथा नो भोट अभियानलगायतको साथ रहेको संर्घष समितिले जनाएको छ ।