पोखरा। अखिल (क्रान्तिकारी) कास्कीको २६औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सन्देश परियारको अध्यक्षतामा तीन रिक्त सहित २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
त्यस्तै उपाध्यक्षहरु, सचिव, सहसचिब र कोशाषध्यक्ष्यमा क्रमश ः अस्मिता मकक्रान्ती, हिरालाल बिश्वकर्मा,सुर्य गुरुङ, दिपु परियार र कृस गुरुङ रहेका छन । सदस्यहरुमा क्रमशः जय घर्ती, मानसा सुनार, इन्द्र क्षेत्री, आशिका जिसि, आयुस परियार, सुदिप गुरुङ र कुशल गुरुङ रहेका छन ।
उक्त सम्मेलनको उत्घाटन अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रमुख अतिथि प्रवेश रुम्बा लामाले मैनबत्ती वालेर गर्नु भएको थियो । उद्घाटन गर्दै लामाले आफ्नो सङ्गठनले निशुल्क, सर्बसुलभ र बैज्ञानिक शिक्षा प्राप्तिको लागि सम्झौताहिन संघर्ष गरेको बताउदै सम्पुर्ण उपस्थित विद्दार्थीहरुलाई सङ्गठनमा आबद्ध हुनको लागि अपिल गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार राम्जी थापा त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ७ नम्बर ब्युरोका इन्चार्ज नारायण अधिकारी र जिल्ला सचिब बिक्रम थापाले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सङ्गम साँस्कूतिक मंचका अध्यक्ष काजिगाउले परिवर्तनको गीत गाएर चेतनाको सन्देश दिनु भएको थियो ।

सिजन परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अस्मिता मकक्रान्तीले गर्नु भएको थियो । शहिदहरुप्रति एक मिनेट मौनधारण सङ्गै कार्यक्रमको शुरूवात भएको थियो ।
त्यसैगरी
रविया खातुन अखिल ९क्रान्तिकारी० रुपन्देहीको नेतृत्वमा

रुपन्देही । २०८२–१०–२६ गतेका दिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) रुपन्देहीले आफ्नो २७ औं जिल्ला सम्मेलन भव्य र सान्दार रुपमा सफल गरी रबिया खातुनको नेतृत्वमा १५ सदस्य रहेको जिल्ला समिति चयन गरेको छ ।

अखिल (क्रान्तिकारी) दाङको एकताको जिल्ला सम्मेलन सुबास राउतको नेतृत्वमा २१ सदस्यीय समिति निर्वाचित गर्दै सम्पन्न भय को छ ।
































