क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले ३१औं जनयुद्ध दिवस मनाउने

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले ३१औं जनयुद्ध दिवस मनाउने

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले ३१ औं जनयुद्ध दिवस फागुन १ मनाउने निर्णय गरेको छ । पार्टी हेडक्वाटरले जनयुद्ध दिवसवारे सो जानकारी दिएको हो ।

यस वर्षको ३१औं जनयुद्ध दिवस फागुन १ काठमाण्डौ उपत्यकाका तीन जिल्लाहरुले कीर्तिपूरमा हुने अखिल (क्रान्तिका) केन्द्रीय सम्मेलनको उद्घाटन समारोहको शु–अवसरमा ३१औं जनयुद्ध दिवस मनाइने भएको छ । देशभरिका वाँकी जिल्लाहरुले आ–आफ्नो विशेषता, अवश्था र अनुकूलताका आधारमा ३१औं जनयुद्ध दिवस फागुन १ मा मनाउने केन्द्रीय कार्यालयले जनाएको छ ।