४ नं ब्यूरोमा निर्वाचन बहिस्कार आन्दोलन : २९ स्थानमा कोणसभा, ५ हजार व्यक्तिसँग अन्तरक्रिया, १० हजार पर्चा वितरण

४ नं ब्यूरोमा निर्वाचन बहिस्कार आन्दोलन : २९ स्थानमा कोणसभा, ५ हजार व्यक्तिसँग अन्तरक्रिया, १० हजार पर्चा वितरण

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नंं ब्यूरोले निर्वाचन बहिस्कार आन्दोलनका कार्यक्रमलाई घनिभूृत बनाएको छ । पार्टीको एकल र संयुक्त संघर्ष समितिका कार्यक्रमहरुलाई तीव्रता दिइएको छ ।

पार्टीका वैकल्पिक पीवीएम तथा ब्यूरोका कार्यवाहक इन्चार्ज समीरले दिएको जानकारी अनुसार ४ नम्बर क्षेत्रीय ब्युरो अन्तर्गत बहिष्कार अभियानको क्रममा दाङमा २० स्थान, सल्यानमा ४ स्थान, प्युठानमा ४ स्थान र रुकुममा १ स्थान गरी जम्मा २९ स्थानमा कोणसभा सम्पन्न भएका छन् । त्यस क्रममा क्रममा ५००० हजार ब्यक्तिसँग अन्तरक्रिया गरिएको छ भने करिब १० हजार पर्चा बितरण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयहरुमार्फत् चुनाब स्थगन गरी स्वाधीन संयुक्त सरकार गठनको माग गरिएको छ ।

त्यसैगरी, यस ब्यूरोमा अखिल क्रान्तिकारीको फागुन १–३ मा हुने राष्ट्रिय सम्मेलनलाई लक्षित गरी ब्युरो स्तरीय अभियान संचालन भैरहेको छ, जस अन्तर्गत सल्यान जिल्ला सम्मेलन सम्पन्न भएको छ भने दाङमा इकाई समितिहरु गठन भइरहेका छन् । यही माघ २७ गते दाङ जिल्ला सम्मेलन आयोजना गरिएको छ ।