काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई रिहाईको माग गर्दै विभिन्न जिल्लाबाट ज्ञापन –पत्र बुझाइएको छ । खड्कालाई माघ १६गते सिन्धुलीको दुधौली नगरपालिका वडा नं ९ खोरभनुज्याङबाट प्रहरीले पक्राउ गरेको थियो ।
नवलपरासी

देशैभर संयुक्त संघर्ष समिति सम्बद्व पाँच पार्टीका नेता कार्यकर्तालाई निर्वाचन बहिष्कारको शान्तिपुर्ण कार्यक्रममा प्रहरी प्रशासनले गरेको धरपकड र गिरफ्तार नेताहरुको निशर्त रिहाइको माग गर्दै संयुक्त संघर्ष समिति नवलपरासीले जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल मार्फत कठपुतलीु सरकारको प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ ।
मोरङ

फागुन २१ को कथित चुनाब बहिस्कारको शान्तिपुर्ण रुपमा प्रचारप्रसार क्रममा माघ १६ गते सिन्धुलीबाट गिरफ्तार पुर्ण बहादुर खड्काको रिहाईको लागि संयुक्त संघर्ष समिती मोरङको तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाईएको छ। २०८२माघ२२गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बिमल निरौला, सुमन पराजुली,नेकपा ९बहुमत०का सृजन, नेकपाका सतिलाल सहितले माघ २२ गते ज्ञापन पत्र बुझाउनुभएको थियो ।
भक्तपुर

संयुक्त संघर्ष समिति भक्तपुरले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य पूर्ण बहादुर खड्काको रिहाइको माग गर्दे भक्तपुर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यलयको लागि ज्ञापन बुझाएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सुरेश अधिकारी, पदम लामा, नेकपा ९बहुमत०का बजिर सिंह नेपाली, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका कृष्ण बयलकोटीले माघ २१ गते ज्ञापन पत्र बुझाउनुभएको थियो ।
रुपन्देही

क्रान्तिकारी कम्युनिस्ट पाटि नेपाल को तर्फबाट रुपन्देही जिल्ला सचिवलक्ष्मी कान्त पौडेल, स्थायी समिति सदस्य कृष्णराज पौडेल, युबराज न्यौपाने, निमकला पुन, रामु अर्याल , दयाराम खनाल , अर्जुन केसीने।क।पा। ९बहुमत०बाट रेखा खनाल , ओमप्रकाश थारुको सहभागितामा २०८२ माघ २२ गते रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुुझाउँदे पूर्ण बहादुर खडकाको रिहाईको माग गरिएको छ ।
नेता खडकालाई अहिले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीको हिरासतमा राखिएको छ ।































