अखिल नेपाल तामाङ मुक्ति मोर्चाको धादिङ जिल्ला भेला सम्पन्न

अखिल नेपाल तामाङ मुक्ति मोर्चाको धादिङ जिल्ला भेला सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पाटीृ नेपाल निकट अखिल नेपाल तामाङ मुक्ति मोर्चाको आज धादिङ जिल्लामा जिल्ला भेला सम्पन भएको छ । मोर्चाका केन्द्रीय संयोजक फुर्नाम्गेल मोक्तानको प्रमुख आतिथ्यता र पार्टीका ८ नम्बर ब्युरोका इन्चार्ज सरोज विशेष आतिथ्यतामा सम्पन्न भेलाले ११ सदस्यीय जिल्ला कमिटि निवौचित गरेको छ । भेलामा पार्टीका ब्यूरो सचिव श्याम केसीको पनि आतिथ्यता रहेको थियो ।

भेलाको सञ्चालन धादिङ जिल्लाका इन्चार्ज अमृत अधिकारिले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता ज्ञान बहादुर तामाङले गर्नुभएको थियो ।

भेलाले ५ सदस्य पछि थप्ने गरी ज्ञान बहादुर घले तामाङ अध्यक्ष, सुजन तामङ सचिव र सानू कान्छा तामाङ कोषाध्यक्ष रहने गरी ११ सदस्यीय जिल्ला कमिटी निर्बाचित गरेको हो ।
भेलाले ६ सदस्य रहने गरी जिल्ला सल्हाकार समिति पनि निर्वाचित गरेको छ ।