काठमाडौं । विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार नोभेम्बर २७ देखि २९, २०२५ सम्म काठमाडौँमा आयोजना गरिएको छ । उक्त सम्मेलनमा विभिन्न वाम घटक निकट महिला संगठनहरुको सहभागिता हुने सम्बद्ध स्रोतले जनाएको छ ।
यसैबिच, क्रान्तिकारी महिला संगठन लगायत विभिन्न वाम घटक निकट महिला संगठनहरुको एक टोलीले सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवसँग भेटघाट गरेको छ । भेटमा महासचिव गजुरेलले विश्व महिला समेनिारको भव्य सफलताको शुभकामना दिंदै जुनसुकै पार्टीमा आबद्ध भएपनि उत्पीडित महिलाहरु आमूल परिवर्तनका पक्षमा एकजुट भएर लाग्न सुझाब दिनुभएको थियो ।
उहाँले नेपालमा हुन लागेको विश्व महिला सेमिनारलाई भव्य रुपमा सफल पार्न आफ्नो पार्टीले सबै क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । भेटघाटको समन्वय क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महतले गर्नुभएको थियो ।































