“अन्ततः मेरो प्रश्न द्वन्द्ववादका नियमहरुलाई प्रकृतिमा लागुगर्न खोज्ने होइन, बरु ती नियमलाई प्रकृतिमा खोज्ने र त्यहीँबाट पत्ता लगाउने हो ।” माक्र्स–एंगेल्स संकलित रचना, खण्ड २५, पृष्ठ १२–१३ ।
“उत्पादन प्रक्रियामा समावेश भएपछि, श्रमका औजारहरु विभिन्न रुपमा बदलिँदै जान्छन्, जसको उत्कर्ष मेसिन हो, अझ भनौं मेसिनहरुको स्वचालन प्रणाली हो, … … थुप्रै यान्त्रिक तथा बौद्धिक संरचनामा मिलेर रहने यो स्वचालन प्रणालीमा श्रमिकहरु सचेत सम्बन्धमा मात्र जोडिन्छन् ।”- माक्र्स, ग्रन्ड्रिसे, पृष्ठ ६१४ ।
१. भूमिका
मानिस उत्पादन प्रक्रियामा जोडिए पछि विज्ञानका नियमहरु पत्ता लाग्दै आएका छन् र प्रविधिको विकास हुदै आएको छ । त्यसमा पनि सामान्यतः २१औ शताब्दीको सुरुदेखि र विशेषतः दोस्रो दशकदेखि विज्ञान तथा प्रविधिमा गुणात्मक विकास भएको छ । हिजोसम्म मानिसको कल्पनामा पनि नभएका कुराहरु आज वस्तुगत यथार्थ बन्न गएका छन् । सुचना–संचार, उत्पादन लगायत सामाजिक जीवनका हरेक क्षेत्रमा अकल्पनीय विकास भएको छ । यस स्थितिमा साम्राज्यवादका पृष्ठपोषकहरुले वाष्प इञ्जिनको आविष्कार पछि अर्थात् पहिलो औद्योगिक क्रान्तिको पृष्ठभूमिमा विकास भएको माक्र्सवाद आज यन्त्रमानव प्रविधि (च्यदयतष्अक) र कृत्रिम प्रज्ञा (ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ) को विकास अर्थात् चौथो औद्योगिक क्रान्तिको चरणसम्म आइपुग्दा असान्दर्भिक र पुरानो भइसकेको छ, त्यसकारण यसले वर्तमान पुँजीवादी समाजका अन्तर्विरोधहरुलाई सम्बोधन गर्न सक्दैन भन्ने गरेका छन् । कतिपय कम्युनिस्ट नामधारी पार्टीहरुले प्रविधि प्रमुख उत्पादक शक्ति हुन आएको वर्तमान स्थितिमा क्रान्तिका लागि प्रविधि केन्द्रित कार्यदिशा विकास गर्न नसक्नुका कारण विश्व सर्वहारा क्रान्ति रक्षात्मक बन्दै गएको हो भन्ने कुतर्क गर्न थालेका छन् । कसैले मानिस मात्र उत्पादक शक्ति हो प्रविधि होइन भन्ने गरेको पाइन्छ । यसले कम्युनिस्ट आन्दोलनमा थुप्रै प्रश्नहरु उब्जाउनु र भ्रम छर्नु स्वाभाविक हो । यो प्रस्ताव मुख्यतः प्रकृति विज्ञानले कसरी माक्र्सवादी दर्शन अर्थात् भौतिकवादी द्वन्द्ववादको सच्चाइलाई पुष्टि गर्दछ र विज्ञान तथा प्रविधि र विश्व सर्वहारा क्रान्तिका बीचको अन्तरसम्बन्ध के हो भन्ने विषयमा केन्द्रित रहने छ ।
२. प्रकृति विज्ञानबारे दुई दृष्टिकोण
भौतिक जगत, मानव जीवन र प्रकृतिको व्यवस्थित अध्ययन, अवलोकन, प्रयोग तथा मापनमा आधारित रहेर तथ्यहरुको वर्णन गर्ने नियमहरुको संगालो नै विज्ञान हो । विज्ञान धेरै प्रकारका हुन्छन् । यहाँ दस्तावेजको विषय मुख्यतः प्रकृति विज्ञान र माक्र्सवादी दर्शनका बीचको अन्तरसम्बन्ध हो । प्रकृति विज्ञान अन्तर्गत मुख्यतः भौतिक विज्ञान, जीव विज्ञान, रसायन शास्त्र, खगोल शास्त्र, भूगर्भ विज्ञान आदि पर्दछन् ।
मानव सभ्यताको विकाससँगै विश्व ब्रह्माण्ड, प्रकृति र मानव समाजलाई हेर्ने मुख्यतः दुईथरि दृष्टिकोण रहँदै आएका छन् । ती हुन् ः भौतिकवादी द्वन्द्ववादी दृष्टिकोण र आदर्शवादी अधिभूतवादी दृष्टिकोण । भौतिकवादी द्वन्द्ववादी दृष्टिकोण माक्र्सवादी दृष्टिकोण हो र यो क्रान्तिकारी, अग्रगामी तथा वैज्ञानिक छ । त्यसकारण यो सर्वहारा र श्रमजीवि जनताको विश्व दृष्टिकोण हो । यसको विपरीत आदर्शवादी अधिभूतवादी दृष्टिकोण प्रतिगामी, यथास्थितिवादी र अवैज्ञानिक छ । त्यसकारण यसले उत्पीडक र शोषकवर्गको हितको संरक्षण गर्छ ।
मानव समाजमा वर्गहरु र वर्गसंघर्षको विकाससँगै ब्रह्माण्ड, प्रकृति तथा मानव समाजलाई हेर्ने मुख्यतः यी दुईथरि दृष्टिकोणका बीचमा चर्काे विचारधारात्मक संघर्ष चल्दै आएको छ । प्राचीन भौतिकवाद परमाणुवादका रुपमा र आदर्शवाद ईश्वरवादका रुपमा विकसित भएका थिए । खगोल विज्ञानको क्षेत्रमा सूर्र्यकेन्द्रित सिद्धान्तका प्रतिपादक ग्यालिलियोमाथि तत्कालीन सत्ताको बागडोर सम्हालेको चर्चले गरेको आजीवन गृह–कारावासको कठोर सजाय र निकोलस कोपर्निकसको सूर्यकेन्द्रित शोधपत्रमाथि लगाएको प्रतिबन्धले त्यो बेलाको विचारधारात्मक संघर्ष कति पेचिलो र निर्मम थियो भन्ने अनुमान गर्न सकिन्छ । प्रकृति विज्ञानमा भएका हरेक नयाँ अनुसन्धानले तत्कालीन शासकवर्गका प्रतिगामी विचारमाथि धक्का लाग्न जाने हुँदा इतिहासमा त्यस्ता अनुसन्धानकर्तामाथि आक्रमण तथा दमन वा सत्ताको अनुकूल हुनेगरी ती अनुसन्धानको अपव्याख्या र त्यसको दूरुपयोग समेत हुँदै आएको छ ।
ऐतिहासिक कालदेखि मानव समाजमा चल्दै आएको वर्गसंघर्ष, विचारधारात्मक संघर्ष र वैज्ञानिक प्रयोगका बीचबाट माक्र्सवादको विकास भएको हो । द्वन्द्ववाद माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवादको एउटा पद्धति हो । यो पद्धति विज्ञानसम्मत रहेको छ । प्रकृति विज्ञानसित सम्बन्धित यसका विशेषताहरुलाई छोटोमा निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
२.१ माक्र्सवादी द्वन्द्ववाद र प्रकृति
माक्र्सवादी द्वन्द्वात्मक पद्धतिका अनुसार प्रकृति भनेको एक अर्कासँग स्वतन्त्र र अलग रहने वस्तु तथा घटनाहरुको आकस्मिक थुप्रो होइन । यो एक आपसमा सम्बन्धित, परस्पर निर्भर तथा एकलाई अर्कोले निर्धारित गर्ने पक्षहरु समेटिएको एउटा नियमित समग्र हो । माक्र्सवादी द्वन्द्ववादले प्रकृतिमा उपलब्ध वस्तुहरुलाई गतिहीन तथा स्थिर होइन, निरन्तर गति र परिवर्तनको; उत्पत्ति, नवीकरण तथा विकासको, र विघटन तथा विनाशको अवस्थामा रहन्छ भन्ने मान्दछ । प्रकृतिमा वस्तुको विकास मात्राबाट मात्रामा मात्र होइन, पुनरावृत्तिको रुपमा मात्र होइन, वृत्ताकार रुपमा मात्र पनि होइन बरु पुरानोबाट नयाँतिर, मात्राबाट गुणतिर, सामान्यबाट विशेषतिर र सरलबाट जटिलतिर छलाङ्का रुपमा हुने गर्दछ । सबै प्राकृतिक वस्तु तथा परिघटनाहरुमा आन्तरिक अन्तर्विरोध विद्यमान रहन्छ र यही अन्तर्विरोधका कारण वस्तुको विकास हुन्छ । यही नै माक्र्सवादी द्वन्द्वात्मक पद्धतिको मान्यता हो ।
प्रकृति विज्ञानका सबै शाखाले माक्र्सवादी द्वन्द्ववादको पक्षपोषण गर्दछन् । १८४२ देखि १८४७ का बीचमा जुलियस रोबर्ट वोन मेयर, जेम्स प्रेस्कोट जुल र हम्र्यान वोन हेल्मोजले उर्जाको रुपान्तरण तथा संरक्षणको सिद्धान्त प्रतिपादन गरे । यो सिद्धान्तले एक प्रकारको उर्जा अर्को प्रकारको उर्जामा रुपान्तरण हुन्छ तर त्यो प्रक्रियामा उर्जाको मात्रा कहिल्यै घटबढ हुँदैन भन्दछ । यो सिद्धान्तले विपरीतहरुका बीचको संघर्षका कारण ती विपरीतहरु एक अर्कोमा रुपान्तरण हुने द्वन्द्वात्मक पद्धतिलाई पुष्टि गर्दछ । १८५९ मा प्रकाशित जातिहरुको उत्पत्ति बारे (इल तजभ यचष्नष्ल या कउभअष्भक) भन्ने पुस्तकमा चाल्र्स डार्विनको विकासवादी सिद्धान्त तथा प्राकृतिक छनोटको सिद्धान्तले प्रकृतिको विकास द्वन्द्ववादी ढङ्गले हुन्छ भन्ने तथ्यलाई स्थापित गरेको छ । जीवित वस्तुको संरचनागत इकाइ कोष (ऋभिि) को अविष्कार र प्राणी तथा वनस्पतिका कोषमा रहेको समानताले प्रकृति नियमसंगत छ भन्ने कुराको पुष्टि गर्दछ । प्रकृति विज्ञानको क्षेत्रमा माक्र्सवादी द्वन्द्ववादलाई पुष्टि गर्ने यस्ता थुप्रै सिद्धान्त हाम्रा अगाडि विद्यमान छन् ।
विश्व ब्रह्माण्डमा पाइने अनगिन्ति भौतिक पदार्थहरु अहिलेसम्म प्रकृतिमा पत्ता लागेका ९४ ओटा रासायनिक तत्वहरुबाट बनेका यौगिक हुन् । आफ्नो स्वत्वलाई कायम राख्ने यी तत्वका सबैभन्दा साना कणलाई परमाणु भनिन्छ । पछिसम्म पनि वैज्ञानिकहरुका बीचमा परमाणु अविच्छिन्न छ भन्ने मान्यता विद्यमान थियो । अनुसन्धान हुँदै जाँदा १८९७ मा जोसेफ जोहन थोम्सनले परमाणुमा इलेक्ट्रोन रहने कुरा पत्ता लगाए । यो अधिभूतवादीहरुका लागि ठुलो मसला हुन गयो । उनीहरुले यसलाई परमाणु अर्थात् पदार्थको लोप भएको र शक्ति मात्र बाँकी रहेको बताएर भौतिकवादमा आधारित माक्र्सवादी द्वन्द्ववादमाथि आक्रमण गर्न थाले । लेनिनले पदार्थ र गतिको कुनै सीमा छैन, यो अनन्त छ, भन्ने यथार्थ कुरा नबुझ्ने अधिभूतवादीहरुको चित्कार मात्र हो भनेर यसको कडा प्रतिवाद गर्नुभयो ।
भौतिक विज्ञानमाथि थप अनुसन्धानहरु हुँदै जाँदा परमाणुमा प्रोटोन पत्ता लाग्यो, न्युट्रन पत्ता लाग्यो, एन्टीप्रोटोन, एन्टिइलेक्ट्रोन अर्थात् पोजिट्रोन आदि पत्ता लागे । फलतः पदार्थ र गतिको क्षेत्र फराकिलो हुँदै गयो र पदार्थ लोप भएको भन्ने अधिभूतवादीहरुको चिल्लाहट क्रमशः कमजोर हुँदै गयो । तैपनि प्रतिक्रियावादीहरुले अधिभूतवादको सहारा लिएर विभिन्न ढंगले माक्र्सवादी द्वन्द्ववादमाथि आक्रमण गर्दै आएका छन् । यो प्रक्रिया आज पनि जारी छ ।
२.२ शास्त्रीय यान्त्रिक विज्ञान र माक्र्सवाद
अन्य प्रकृति विज्ञानको तुलनामा भौतिक विज्ञानले माक्र्सवादी दर्शनसँग गहिरो सम्बन्ध राख्दछ । आफ्नो विकासको शास्त्रीय अवधिमा भौतिक विज्ञान आफ्ना दार्शनिक आवश्यकतालाई औपचारिक तर्कको घेरा काटेर धेरै बाहिर जान सकेको थिएन । परन्तु, ज्ञानको विकास सापेक्षिक हुने हुनाले आफ्नो विकास प्रक्रियामा शास्त्रीय भौतिक विज्ञानले द्वन्द्ववादलाई पूर्णतः पुष्टि गर्न नसके पनि त्यसमा द्वन्द्ववादका विशेषताहरु रहेको स्पष्ट देख्न सकिन्छ । शास्त्रीय यान्त्रिकीमा प्रत्येक क्रियाको अनिवार्यतः विपरीत तर बराबर प्रतिक्रिया हुन्छ भन्ने आइज्याक न्युटनको तेस्रो नियमलाई विपरीतहरुको द्वन्द्वात्मक एकत्वकै रुपमा बुझ्नुु पर्दछ ।
भौतिक विज्ञानले माक्र्सवादी दर्शनप्रतिको पक्षधरता देखाए पनि सबै भौतिक शास्त्रीहरुले भने यसलाई स्वीकार गरेको पाइँर्दैन । भौतिक शास्त्री प्रोफेसर जिमानले वैज्ञानिकहरुको सहमतिमा वैज्ञानिक सत्य स्थापित हुन्छ भनेका छन् । उनको यो बुझाइले वस्तुगत सत्य र वैज्ञानिक सिद्धान्तका बीचमा अन्तर्विरोध खडा गर्दछ । भौतिकशास्त्री भएर पनि उनी द्वन्द्ववादको होइन अधिभूतवादको पक्षपोषण गर्न पुगेका छन् । तर, अर्कोतिर, पल लेन्जेभिन, फ्रेडरिक जोलियट–क्युरी, जे डी बर्नाल लगायतका प्रशिद्ध भौतिक शास्त्रीहरुले माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवादले मात्र विश्व ब्रह्माण्ड लगायत प्रकृति विज्ञानमा विद्यमान अन्तर्विरोधहरु समाधान गर्न सक्छ भनेका छन् ।
२.३ क्वान्टम यान्त्रिकी
१८औं र १९औ शताब्दीमा मुख्यतः शास्त्रीय भौतिक विज्ञानको क्षेत्रमा महत्वपूर्ण अनुसन्धान भए । यसमा स्थूल पदार्थहरुको यान्त्रिक गतिको अध्ययन गरियो । तर पछि, विशेषतः २०औ शताब्दीको सुरुदेखि भौतिक विज्ञानको क्षेत्रमा भएका अनुसन्धान परमाणु भन्दा पनि सुक्ष्म कणहरु अर्थात् इलेक्ट्रोन, फोटोन आदिमा केन्द्रित हुन गए । यस प्रकारका सुक्ष्म कणहरुका गतिको अध्ययन गर्ने भौतिक विज्ञानको शाखालाई क्वान्टम यान्त्रिकी (त्तगबलतगm ःभअजबलष्अक) भनिन्छ । क्वान्टम यान्त्रिकी अन्तर्गत भएका अनुसन्धानहरुले ग्यालिलियो तथा न्युटनका जमानाको यान्त्रिक भौतिकवादमा रहन गएका अन्तर्विरोधहरुको समाधान गरेको छ । यस क्षेत्रमा विशेष खोजिगर्ने भौतिक शास्त्रीहरुमा निल बोहर, अल्बर्ट आइन्स्टाइन, एर्विन स्क्रोडिंगर, म्याक्स प्लांक, वर्नर हाइजेनजर्ग, लुइस डि ब्रोग्ली, म्याक्स बर्न, पल डिराक, भी आई डेनिसोभ, ए ए लोगुनोभ, स्टेफेन हकिन्स आदि हुन् ।
क्वान्टम यान्त्रिकीको क्षेत्रमा उपरोक्त वैज्ञानिकले थुपै सिद्धान्तहरु प्रतिपादन गरेका छन् । यस क्षेत्र अन्तर्गत भएका अनुसन्धानहरु मध्ये अनिश्चितताको सिद्धान्त (ग्लअभचतबष्लतथ उचष्लअष्उभि), सापेक्षताको विशेष सिद्धान्त (क्उभअष्ब ितजभयचथ या चभबितष्खष्तथ), सापेक्षताको सामान्य सिद्धान्त (न्भलभचब ितजभयचथ या चभबितष्खष्तथ) गुरुत्वाकर्षणको सापेक्षतावादी सिद्धान्त (च्भबितष्खष्कतष्अ तजभयचथ या नचबखष्तबतष्यल), क्वाण्टम यान्त्रिकीको कोपनहेगन व्याख्या (ऋयउभलजबनभल ष्लतभचउचभतबतष्यल या त्रगबलतगm mभअजबलष्अक), क्वाण्टम यान्त्रिकीको संभाव्य व्याख्या (क्तयअजबकतष्अ ष्लतभचउचभतबतष्यल या त्रगबलतगm mभअजबलष्अक), एकीकृत क्षेत्रको सिद्धान्त (ग्लषष्भम ाष्भमि तजभयचथ) हरु विशेष महत्वपूर्ण रहेका छन् ।
२.३.१ अनिश्चितताको सिद्धान्त
जर्मन भौतिकशास्त्री हाइजेनवर्गले १९२७ मा इलेक्ट्रोन तथा फोटोन जस्ता अति सुक्ष्म कणहरुको अवस्थिति तथा गति कहाँ र कति हुन्छ भनेर थाहा पाउन सकिन्न भने । उनको भनाइ अनुसार ती कणको गति थाहा भए तिनको अवस्थिति थाहा हुँदैन र अवस्थिति थाहा भए गति थाह हुँदैन । यसलाई अनिश्चितताको सिद्धान्त भनिन्छ । परन्तुु, क्वान्टम यान्त्रिकीको क्षेत्रमा त्यसपछि विकास भएका सिद्धान्तहरुले अनिश्चितताको सिद्धान्तको खण्डन गर्दैगए र स्थिति क्रमशः बदलिंदै गयो । तर, यो सिद्धान्तले अधिभूतवादीहरुका लागि पदार्थलाई आदर्शवादी ढङ्गले व्याख्या गर्ने आधार दियो । यसलाई आधार बनाएर अधिभूतवादीहरुले विश्वमा कहिँ र कतै पनि नियमसंगति छैन, सबैतिर अनिश्चितता मात्र छ भन्न थाले । वास्तवमा हाइजेनवर्गको यो सिद्धान्तले बहुलवाद तथा इच्छाको स्वतन्त्रताको पुष्टि गर्दैन बरु वस्तुगत जगतमा संभावनाको खोजी गर्दछ । यसले यान्त्रिक भौतिकवादको यान्त्रिक निरन्तरता र नियतिवादको खण्डन गर्दछ र यो द्वन्द्वात्मक भौतिकवादको पक्षधर छ ।
२.३.२ सापेक्षताको विशेष सिद्धान्त
ग्यालिलियो, न्युटन र अन्य वैज्ञानिकहरुले विकास गरेको गुरुत्वकर्षणको क्षेत्र र माइकल फराडे, क्लर्क म्याक्सवेल लगायतका वैज्ञानिकद्वारा विकसित विद्युत–चुम्बकीय क्षेत्रसँग सम्बन्धित सिद्धान्तका बीचमा अन्तर्विरोध रहेको थियो । त्योे अन्तर्विरोधलाई सापेक्षताको विशेष सिद्धान्तले समाधान गरेको छ । यसले, पदार्थ र गति, दिक र काल जस्ता विपरीत पहलुहरुका बीचको एकत्व र संघर्ष नै पदार्थको अस्तित्वको कारण हो भन्ने माक्र्सवादी द्वन्द्ववादको मान्यतालाई पुष्टि गरेको छ ।
२.३.३ गुरुत्वाकर्षणको सापेक्षतावादी सिद्धान्त
सापेक्षताको सामान्य सिद्धान्तले दिक र कालका बीचमा द्वन्द्वात्मक सम्बन्ध रहने कुरालाई पुष्टि गरेपनि विश्व ब्रह्माण्ड ज्ञेय छ भन्ने सिद्धान्त र द्वन्द्ववादको विपरीतहरुको एकता र संघर्षको नियममाथि प्रश्न उठायो । गुरुत्वाकर्षणको सापेक्षतावादी सिद्धान्तले यी प्रश्नहरुको जवाफ दिएको छ । ती निम्नानुसार रहेका छन् ।
एक, यो सिद्धान्तले एउटा पदार्थ अर्कोमा रुपान्तरण हुन्छ तर त्यसलाई निर्माण वा नस्टगर्न सकिंदैन भन्ने द्वन्द्ववादी मान्यतालाई पुष्टि गर्दछ । दुई, यसले पदार्थ मानिसको चेतना भन्दा बाहिर अनन्त संख्यामा अस्तित्ववान छ र पदार्थ तथा गुरुत्वाकर्षणको क्षेत्रमा संरक्षणको नियम लागुहुन्छ भन्ने मान्दछ । तीन, यसले पदार्थको गति दिक र कालद्वारा निर्धारित हुन्छ भन्ने माक्र्सवादी द्वन्द्ववादलाई पुष्टि गरेको छ । चार, अल्वर्ट आइन्स्टाइनको सापेक्षताको सामान्य सिद्धान्त प्रयोग गरेर रोबर्ट ओपनहाइमरले ब्रह्माण्डमा कालो प्वाल (द्यबिअप जयभि) रहेको छ र त्यहाँबाट प्रकाश समेत छिर्न नसक्ने हुनाले त्यसले सुचनाको प्रवाह अवरुद्ध गर्दछ भन्ने मान्यता अगाडि सारेका थिए । तर, गुरुत्वाकर्षणको सापेक्षतावादी सिद्धान्तले यो मान्यतालाई खारेज गरेर सुचनाको प्रवाहलाई रोक्ने कुनै कालो प्वाल छैन, मानव जातिको ज्ञानप्राप्तिको प्रक्रियालाई कसैले रोक्न सक्दैन भनेको छ । यसले विश्व ब्रह्माण्ड ज्ञेय छ भन्ने द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको पुष्टि गर्दछ । पाँच, यो सिद्धान्तले कुनै विशिष्ट परिस्थितिमा गुरुत्वाकर्षण विकर्षणमा बदलिन सक्छ भन्ने कुरा प्रमाणित गरेर कुनै पनि वस्तुका विपरीत पहलुहरु एक अर्कोमा रुपान्तरित हुन्छन् भन्ने भौतिकवादी द्वन्द्ववादलाई पुष्टि गरेको छ । छ, यसले गुरुत्वाकर्षण अन्तर्गत गुरुत्वाकर्षीय पिण्ड (न्चबखष्तबतष्यलब िmबकक) र जडीय पिण्ड (क्ष्लभचतष्ब िmबकक) का बीचमा एकता र संघर्ष दुवै रहने कुरा बताएर विपरीतहरुको एकता र संघर्षको माक्र्सवादी द्वन्द्ववादको नियमलाई सही ठह¥याएको छ ।
उपरोक्त तथ्यहरुका आधारमा गुरुत्वाकर्षणको सापेक्षतावादी सिद्धान्तले माक्र्सवादको भौतिकवादी द्वन्द्ववादलाई राम्रोगरि पुष्टि गर्दछ ।
२.३.४ क्वाण्टम यान्त्रिकीको कोपनहेगन व्याख्या
क्वाण्टम यान्त्रिकीको कोपनहेगन व्याख्या २० औं शताब्दीको तेस्रो दशकसम्म प्लांक, स्रोडिंगर, हाइजनवर्ग, बोहर, आइन्स्टाइन, बर्न, डिराक लगायतका भौतिकशास्त्रीहरुले पत्ता लगाएका कतिपय सिद्धान्तहरुमा आधारित छ । यो व्याख्याले द्वन्द्ववादका कतिपय मान्यतालाई पुष्टि गरे पनि विश्व ब्रह्माण्डका सम्बन्धमा यसको दृष्टिकोण अज्ञेयवादी रहेको छ । तर, यस सिद्धान्तका एकजना प्रमुख प्रतिपादक प्लांकले तरङ्गहरु कुनै भित्तामा एकनासले टक्कराइ रहँदा ती तरङ्गहरु निरन्तर रुपमा भित्ताबाट त्यसरी नै परावर्तित हुने वा शोषिने हुदैन बरु उर्जाको सानो प्याकेटका रुपमा विच्छिन्न भएर परावर्तित हुने वा शोषिने गर्दछन् भन्ने सिद्धान्त पत्ता लगाए । प्लांकको यो सिद्धान्तले पुरानो शास्त्रीय भौतिक विज्ञानको निरन्तरताको सिद्धान्तको खण्डन गर्दछ । वस्तुतः तरङ्गको निरन्तरता (ऋयलतष्लगष्तथ) एवम् कणको विच्छिन्नता (म्ष्कअयलतष्लगष्तथ) पदार्थ र गतिका बीचको एकता र संघर्षको अभिव्यक्ति हो । यसले भौतिकवादी द्वन्द्ववादलाई राम्रोसँग पुष्टि गरेको छ ।
२.३.५ क्वाण्टम यान्त्रिकीको संभाव्य व्याख्या
क्वाण्टम यान्त्रिकीको संभाव्य व्याख्या २० औं शताब्दीको उत्तरार्धमा भएको हो । यो सिद्धान्तको प्रतिपादन गर्ने प्रमुख भौतिक शास्त्रीहरुमा डेभिड बोहम, डि ब्रोग्ली, जे पी भिगियर आदि पर्दछन् । क्वान्टम यान्त्रिकीको क्षेत्रमा यो सबैभन्दा पछिल्लो र विकसित सिद्धान्त हो । यसका आधारभूत मान्यता यस प्रकार रहेका छन् ।
एक, यस सिद्धान्तले मानिसको चेतना भन्दा बाहिर स्वतन्त्र रुपमा विश्व ब्रह्माण्डको वस्तुपरक अस्तित्वलाई पुष्टि गर्दछ । दुई, यसले आइन्स्टाइनको ऊर्जा विच्छिन्न रुपमा प्रसारित हुन्छ भन्ने सिद्धान्त, डि ब्रोग्लीको कण–तरंगको द्वैतता (ध्बखभ(उबचतष्अभि मगबष्तिथ) सम्बन्धी सिद्धान्त र क्वान्टम प्रक्रियामा संभाव्यताका नियम सहित तीनओटै पक्षलाई सही ठह¥याएको छ । यी सबैले विपरीतहरुको एकत्व र संघर्ष, निरन्तरता र छलाङ् तथा नियमितता र आकस्मिकताको माक्र्सवादी द्वन्द्वात्मक एकत्वलाई पुष्टि गरेका छन् । तीन, यसले क्वाण्टम यान्त्रिकीको कोपनहेगन व्याख्यालाई सच्याएर विश्व ब्रह्माण्ड ज्ञेय छ भन्ने मान्यतालाई प्रमाणित गरेको छ । चार, यसले सूक्ष्म कणहरुमा पनि मात्राको गुणमा र गुणको मात्रामा रुपान्तरण हुन्छ भन्ने मान्यता स्थापित गरेर भौतिकवादी द्वन्द्ववादलाई पुष्टि गरेको छ ।
२.३.६ एकीकृत क्षेत्रको सिद्धान्त
क्वान्टम यान्त्रिकीको संभाव्य व्याख्यासम्म आइपुदा शास्त्रीय भौतिक विज्ञानसित सम्बन्धित थुप्रै अन्तर्विरोधी सिद्धान्तहरु संश्लेषित भइसकेका छन् । तर, म्याक्सवेलको विद्युत चुम्बकीय क्षेत्र र न्युटनको गुरुत्वाकर्षणको क्षेत्रसँग सम्बन्धित सिद्धान्तका बीचमा अझै पनि अन्तर्विरोध रहेको छ । अल्बर्ट आइन्सटाइनले यी दुवै सिद्धान्तहरु संश्लेषित भएर विश्व ब्रह्माण्डको व्याख्या गर्ने एउटै सिद्धान्त विकसित हुन सक्छ भनेका छन् र यसलाई स्टेफेन हकिन्सले थप जोड दिएका छन् । आजसम्म यो सिद्धान्त पूर्णरुपमा सत्य सावित भइसकेको छैन तर पनि विश्व ब्रह्माण्डको व्याख्या गर्ने एउटै सिद्धान्त हुनुपर्दछ भन्नेमा भौतिकशास्त्रीहरु सहमत छन् र त्यसबारे थप अनुसन्धान भइरहेको छ । उनीहरुले यस प्रकारको सिद्धान्तलाई एकीकृत क्षेत्रको सिद्धान्त (ग्लषष्भम ाष्भमि तजभयचथ) अथवा सबै वस्तुहरुको एकीकृत सिद्धान्त (ब् गलषष्भम तजभयचथ या भखभचथतजष्लन) नामांकन गरेका छन् । विज्ञानको क्षेत्रमा भएका यी र यस्ता विकासले माक्र्सवादलाई थप विकसित गर्दै जानेछ र यो एउटा अनन्त प्रक्रिया हो ।
अन्त्यमा, क्वान्टम यान्त्रिकी अन्तर्गत माथि उल्लेख गरिएका सिद्धान्तहरु प्रत्यक्ष वा परोक्ष रुपमा माक्र्सवादी द्वन्द्ववादलाई पुष्टि गर्ने उद्देश्य लिएर तयार पारिएका होइनन् । बरु यी सिद्धान्तहरु मुख्यतः भौतिकशास्त्र अन्तर्गत सुक्ष्म कणहरुको विहंगम अध्ययनका बीचबाट सिर्जित निष्कर्ष हुन् । अर्थात्, यी निष्कर्षहरु एङगेल्सले भने झैं, माक्र्सवादी द्वन्द्ववादलाई प्रकृति विज्ञानमा लागु गरेर विकास गरिएका सिद्धान्त होइनन् । बरु यी प्रकृति विज्ञानका नियमहरुको संश्लेषणबाट सिर्जित सिद्धान्तहरु हुन् । यी सिद्धान्तले माक्र्सवादी द्वन्द्ववादलाई पूर्ण रुपमा पुष्टि गरेका छन् । यसरी माक्र्सवादी द्वन्द्ववादलाई समाज विज्ञानले मात्र होइन प्रकृति विज्ञानले र त्यसमा पनि मुख्यतः भौतिक विज्ञान (एजथकष्अक) मा हुँदै आएका अनुसन्धानहरुले यसको सच्चाइलाई राम्रोसँग पुष्टि गर्दै आएका छन् । यसरी माक्र्सवाद एउटा विज्ञान हो, यो प्रकृति विज्ञानका अनुसन्धान तथा समाजमा यसको प्रयोगका बीचबाट थप विकसित र समृद्ध हुँदै आएको छ र भोलि पनि अझ समृद्ध हुँदै जानेछ ।
३. प्रविधि र माक्र्सवाद
विज्ञान र प्रविधि समानार्थी शब्द होइनन् । प्रविधिमा विज्ञान छ, तर प्रविधि नै आफैमा विज्ञान होइन । मानव जातिले मुख्यतः भौतिक विज्ञानका नियमहरुलाई प्रयोग गरेर प्रविधिको विकास गर्दै आएको हो त्यही प्रविधिको सहयोगमा आफ्नो श्रमलाई सहज बनाएको छ । मानिसले विज्ञानको क्षेत्रमा जति धेरै विकास गर्छ, प्रविधिको पनि त्यति नै विकास हुँदै जान्छ । आजभन्दा करिब ५५०० वर्ष अगाडि मेसोपोटेमिया (अहिलेको इराक) मा कुमालेको चक्काको निर्माण त्यो बेलाको विकसित प्रविधि थियो । आज मानव जाति अत्याधुनिक मेसिनहरु तथा कृत्रिम प्रज्ञा (ब्चतषष्अष्ब िष्लतभििष्नभलअभ) द्वारा चालित रोबोट र ड्रोनहरुको युगमा आइपुगेको छ । यहाँनेर कहिल्यै बिर्सन नहुने कुरा के हो भने विज्ञान सधैँ अगाडि र प्रविधि पछाडि हुन्छ, कहिल्यै पनि प्रविधि अगाडि र विज्ञान पछाडि हुँदैन । विज्ञानको नियम बुझेपछि मात्र प्रविधिको विकास हुन्छ । विज्ञान प्रविधिबाट स्वतन्त्र छ, तर प्रविधि विज्ञानबाट अलग हुन सक्दैन । विज्ञान र प्रविधिका बीचको अन्तरसंबन्ध यही हो ।
मानिस एउटा चेतनशील प्राणी हो । उसले श्रम गरेर आफ्नो भौतिक आवश्यकता पुरा गर्ने गर्छ । श्रम भनेको मानिसको ज्ञान तथा सिप र औजारको सामाजिक व्यवहारमा हुने प्रयोगको समग्रता हो । श्रम गर्न नसिकेको भए मानिस या त आजसम्म पनि जंगलमै भौंतारिइ रहन्थ्यो वा डाइनोसर जस्तै लोप भइसक्थ्यो । माक्र्सवादले समाज विकासको आधार श्रम हो भन्ने मान्दछ । श्रम कै कारण मानिस अन्य प्राणीहरु भन्दा भिन्न हुनगएको हो । समाजमा मानिसका आवश्यकताहरु दिनहुँ बढदै जान्छन् । उसले आफ्नो बढदो आवश्यकता पुरा गर्न ज्ञान, सिप र श्रमका औजारहरुको विकास गर्दै प्रकृतिसँग संघर्ष गरिरहन्छ ।
३.१ उत्पादक शक्ति
प्रविधि अर्थात् औजार मानव श्रमको सहयोगी, अभिन्न र अनिवार्य साधन हो । राजनीतिक अर्थशास्त्रको भाषामा मानवीय श्रम, श्रमका औजार र श्रमका वस्तुको समग्रतालाई उत्पादक शक्ति भनिन्छ । माक्र्सवादका अनुसार यही उत्पादक शक्ति नै मानव समाजको चालक शक्ति हो । विज्ञान तथा प्रविधिको विकासका कारण उत्पादनको प्रक्रियामा श्रमका औजार अर्थात् प्रविधिको भूमिका अत्यधिक बढदै गएको छ र कतिपय स्थितिमा प्रत्यक्ष मानवीय श्रम बिना नै वस्तुहरु उत्पादन हुन थालेका छन् । यो आजको गथार्थ हो । यसैका आधारमा कतिपय स्वघोषित बुद्धिजीवीहरुले माक्र्सवाद गलत सिद्ध भएको छ भन्ने गरेका छन् । स्वचालित रोबोटहरुले श्रम गरे बापत ज्याला नलिने हुनाले अतिरिक्त श्रम र अतिरिक्त मूल्य जस्ता माक्र्सवादी पदावली मात्र होइन माक्र्सवाद अव असान्दर्भिक भयो भन्ने उनीहरुको भनाइ रहेको छ । यो पूर्णतः माक्र्सवाद विरोधी कुतर्क हो । त्यस प्रकारको श्रमको स्रोत ती मेशिन अथवा रोबोटहरुमा वस्तुकृत भएको मानवीय चेतना र श्रमको प्रतिफल हो, मेशिन आफै होइन भन्ने कुरा उनीहरुले बुझ्दैनन् वा बुुझेर पनि नबुझेको बहाना गर्छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनमा प्रविधिलाई दुई गलत ढंगले बुझ्ने गरेको पाइन्छ । पहिलो, चौथो औद्योगिक क्रान्ति पछि प्रविधि नै प्रमुख उत्पादक शक्ति बन्न गएको छ, मानिस होइन, भन्ने बुुझाइ । दोस्रो, प्रविधि उत्पादक शक्ति होइन, मानिस मात्र उत्पादक शक्ति हो, भन्ने बुझाइ । माक्र्सवादले के भन्छ भने मानिस र प्रविधि दुवै उत्पादक शक्ति हुन् । तर, यी दुई मध्ये मानिस प्रमुख हो र प्रविधि मानिसको चेतना र श्रमको उपज हो । सुरुमै उद्धृत गरिएको माक्र्सको भनाइले यही कुरा बताएको छ । यसरी, मानवीय श्रम र चेतना भन्दा बाहिर प्रविधिको कल्पना गर्ने वा प्रविधि उत्पादक शक्ति होइन भन्ने दुवै अमाक्र्सवादी कुरा हुन् । यस्तै प्रकारका गैर माक्र्सवादी प्रवृत्तिका विरुद्धको संघर्षका बीचबाट माक्र्सवादको विकास हुँदै आएको हो । पार्टीले यस्ता गलत प्रवृत्तिका विरुद्धको संघर्षलाई व्यवस्थित ढंगले अगाडि बढाउनु पर्दछ ।
३.२ उत्पादन सम्बन्ध
प्रविधिको अभूतपूर्व विकास र उत्पादनका क्षेत्रमा त्यसको अत्यधिक प्रयोगका कारण हाम्रो देश लगायत विश्वभरि नै उत्पादन सम्बन्धमा ठुलो फेरबदल आएको छ । हिजो सङ्गठित क्षेत्रमा सामूहिक ढङ्गले काम गर्ने मजदुरहरु आज ठुलो संख्यामा सडकछाप स्वरोजगार श्रमजीवीमा बदलिएका छन् । माक्र्सको भाषामा यो क्रान्तिको आरक्षित सेना हो । प्रविधिको विकास र आरक्षित सेनाको बृद्धि समग्रमा उत्पादक शक्तिको विकास हो र यो विकासलाई विद्यमान उत्पादन सम्बन्धले थेग्न सक्ने स्थिति छैन । विश्वका प्रधान लगायत सवै आधारभूत अन्तर्विरोधहरु विष्फोटक बन्दै जानुको एउटा प्रमुख कारण यही उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीच चर्किंदै गएको अन्तर्विरोधको अनिवार्य परिणाम हो । केही आलंकारिक परिवर्तन मार्फत् यो अन्तर्विरोधलाई तत्काल विष्फोटन हुनबाट जोगाउन खोज्ने बाहेक प्रतिक्रियावादी शासक वर्गसँग यसको दीर्घकालीन समाधान छैन । सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न हुने वैज्ञानिक समाजवादी क्रान्तिले मात्र यो अन्तर्विरोधलाई सधैँका लागि समाधान गर्ने सामथ्र्य राख्दछ । निजी स्वामित्वलाई सामूहिक स्वामित्वमा बदलेर नयाँ उत्पादन सम्बन्ध कायम गर्ने विधि यही हो । यसले उत्पादनका सबै मुहानहरु खोलेर साम्यवादी समाजका लागि आवश्यक सामूहिक सम्पत्ति आर्जन गर्ने मार्ग प्रशस्त गर्दछ ।
३.३ क्रान्तिमा प्रविधिको भूमिका
क्रान्तिमा प्रविधिको प्रयोग अनिवार्य छ । आजको युुगका कुनै पनि क्रान्तिकारीले आफ्नो वैचारिक, राजनीतिक, सामरिक कार्यदिशा र तदनुरुप कार्यनीति तथा रणनीति निर्धारण गर्दा विकसित विज्ञान तथा प्रविधिलाई कसरी संयोजन गर्ने भन्ने कुरामा विशेष ध्यान पु¥याउन जरुरी छ । प्रविधि भनेको हतियार मात्र होइन, दुश्मनका सुचना तथा संचार संयन्त्र र आर्थिक तथा सामरिक क्षेत्रलाई समेत निस्प्रभावी बनाउन सक्ने सफ्टवेयरको विकास र त्यसको प्रयोग युद्धको एउटा महत्वपूर्ण कडी हो । प्रविधिको विकास सँगै युद्धका चरित्र र हतियारहरु पनि विकसित हुँदै आएका छन् । हिजो खुँडा र खुकुरीका भरमा आमने–सामने भएर प्रत्यक्ष रुपमा लडिने युद्ध आज पृथ्वीको एक छेउबाट अर्को छेउमा मारगर्न सक्ने क्षेप्याश्त्रहरु र मानवरहित ड्रोनबाट लडिने युद्धमा विकसित भएको छ । पार्टीले क्रान्तिकारी युद्धका लागि यस प्रकारको प्रविधिको विकासमा ध्यान दिनु पर्दछ ।
३.४ विज्ञान तथा प्रविधिको विकास र पार्टी
आजको विकसित युगमा लेनिन वा माओकालीन मात्र होइन जनयुद्धकालीन युद्धकौशल तथा प्रविधि पनि अपर्याप्त भएका छन् । यसलाई ध्यानमा राखेर हाम्रो पार्टीले मुख्यतः प्रकृति विज्ञानको क्षेत्रमा भएको विकासको अध्ययन गर्न, तदनुसार माक्र्सवादलाई समृद्ध गर्न, प्रविधि तथा युद्धकौशलको विकास गर्न र योजनाबद्ध रुपमा तिनको कार्यान्यन गर्न जोड दिनु पर्दछ । यसका लागि पार्टीले लाललाई निपूण र निपूणलाई लाल बनाउन विशेष योजना निर्माण गरी त्यसको कार्यान्वयनमा जानु आवश्यक छ । तर प्रविधि जतिसुकै महत्वपूर्ण भए पनि अन्ततः मानिस नै निर्णायक हुन्छ भन्ने हतियार अर्थात् प्रविधि सम्बन्धी माक्र्सवादी दृष्टिकोणलाई एउटा कम्युनिस्टले कहिल्यै बिर्सनु हुँदैन । बन्दुकले पार्टी होइन पार्टीले बन्दुक चलाउनु पर्छ भन्ने माओको भनाइको तात्पर्य पनि यसैसँग सम्बन्धित छ ।
४. निष्कर्ष
इतिहासमा समाज विकासको आधार वैज्ञानिक सिद्धान्तहरुको आविष्कार तथा प्रविधिको विकास थियो र भोलिका लागि पनि यही नै सत्य हो । विज्ञान तथा प्रविधिको विकासको श्रृंखला अनन्त छ । विज्ञानले श्रमजीवी वर्गको हितको पक्षपोषण गर्दछ, किनभने त्यो सत्य हुन्छ । पुँजीवादी समाजमा सत्तासीन पुँजीपतिवर्गले विज्ञान तथा मुख्यतः प्रविधिमाथि पूर्ण नियन्त्रण गरी अत्यधिक सापेक्ष अतिरिक्त मूल्य आर्जन गर्दछ र यो प्रक्रियामा समाजमा बेरोजगारहरुको संख्या बढ्दै जान्छ । प्रतिक्रियावादी सत्ता अन्तर्गत श्रमजीवी र उत्पीडित वर्गका जनताले साम्राज्यवादीहरुको स्वार्थमा बाधा पुग्ने गरी विज्ञान तथा प्रविधिको प्रयोग गर्न पाउँदैनन् । यसरी विज्ञान तथा प्रविधिको प्रयोग वर्गस्वार्थ सित जोडिएको कुरा स्पष्ट छ ।
यसकारण, विज्ञान तथा प्रविधि सहित सम्पूर्ण प्राकृतिक सम्पदालाई श्रमजीवी जनताको हितमा निर्वाध उपयोग गर्नका लागि सर्वहारा वर्गको नेतृत्वमा राज्यसत्ता हुनु अनिवार्य छ । नयाँ जनवादी क्रान्तिको खुड्किलो पार नगरी यस प्रकारको सत्ताको स्थापना संभव छैन । सर्वहारा वर्गको नेतृत्व र अधिनायकत्व अन्तर्गत समाजवादी समाजमा विज्ञान तथा प्रविधि श्रमजीवी जनताको नियन्त्रणमा आइसके पछि प्रविधि रोजगारी खोस्ने अभिशाप होइन, बरु त्यो आम सर्वहारा तथा श्रमिकवर्गलाई रोजगारी दिने, श्रमघण्टा कम गर्ने र विश्वभरि साम्यवादको ढोका खोल्नका लागि प्रचूर सामुहिक सम्पत्ति आर्जन गर्ने महत्वपूर्ण उत्पादक शक्ति सावित हुनेछ ।






























