क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काभे्र जिल्ला तिमाल गाउँपालिका गिम्दी निवासी साइला लामाको २०८२ असोज २७ गते बिहान भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक साइला लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “उहाँ हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य क. देव कुमार मोक्तानको बुबा हुनुहुन्थ्यो । उहाँका तीन छोरा, एक छोरी, तीन बुहारी र एक ज्वाइँ सहित नौ जना नाति नातिनाहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी साइँला लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, कमरेड देव कुमार मोक्तान लगायत सम्पूर्ण शोकाकूल परिवार, साथीभाइ तथा शोक सन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”