काठमाण्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काठमाडौं महानगरको एकताको सम्मेलन पोलिटब्युरो सदस्य एंवम ९ न.ब्युरो सेक्रेटरी चिन्तामणि पौडेलको प्रमुख आथित्यतामा ,जिल्ला सचिव केदार खतिवडा र महानगर इन्चार्ज बन्धुदेव पान्डेको आतिथ्यतामा २०८२ भदौ १४ गते सिद्धेश्वर मावि।तिनकुनेमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले पार्टी संगठनलाई मजबुत बनाउन एकता र संगठन विस्तार अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले पार्टी कार्यकर्ताले जनताबीच पुगेर क्रान्तिकारी विचार र संगठनलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै, जिल्ला सचिव खतिवडा र महानगर इन्चार्ज पान्डेले संयुक्त रूपमा आगामी दिनमा पार्टीलाई जनतामुखी बनाउन एकताबद्ध भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। एकता सम्मेलनले ४ जना पछि थप्ने गरि १३ पूर्ण सहित सम्मेलनबाट १७ सदस्यीय काठमाडौ महानगर समिति निर्माण गरेको छ।

नव निवार्चित समितिलाई सपथ ग्रहण जिल्ला सचिव केदार खतिवडाले गराउनु भएको थियो । सम्मेलनले एकताबद्ध पार्टीलाई आगामी दिनमा जनताका विषयहरुलाई प्राथमिकता दिएर अघि बढाउने निर्णय गरेको छ। कार्यक्रमको अध्यक्षता काठमाडौं महानगर समितिका सचिव विवेक शर्माले गर्नुभएको थियो।































