चीन र भारतको प्रभुत्ववादी सोच र त्यसको विरोध गरिनु सबै पक्ष र तप्काको जिम्मेवारी हो : नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन

चीन र भारतको प्रभुत्ववादी सोच र त्यसको विरोध गरिनु सबै पक्ष र तप्काको जिम्मेवारी हो : नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन

काठमाडौं । नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रतामाथि नै हस्तक्षेप हुने गरी नेपालका भूभाग महाकाली, लिम्पियाधुरा र लिपुलेकलाई भारतमा गाभी दुई छिमेकी भारत र चीनद्वारा गरिएको व्यापारिक सम्झौताको नेपाल प्राध्यापक सङ्गठनले तीव्र विरोध र निन्दा गरेको छ ।

संगठनका संयोजक प्रा.डा. जगदीशचन्द्र भण्डारीले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, “ऐतिहासिक रूपमा नै नेपालको भूभागका रूपमा रहेको उक्त क्षेत्रमा भारतीय शासकहरूको विस्तारवादी नीति र हेपाहा प्रवृत्तिका कारण थिचोमिचो रहँदै आएको तथ्य सिमासम्बन्धी थुप्रै घटनाहरुले पुष्टि गर्दछन् । अझ अहिले आएर आफुलाई समाजवादी ठान्ने चिनले समेत भारतको उक्त कदमलाई साथ दिनु विडम्बनापूर्ण रहेको छ ।

चीन र भारतको प्रभुत्ववादी सोच र त्यसको विरोध गरिनु सबै पक्ष र तप्काको जिम्मेवारी हो । नेपालका प्रगतिशील बुद्धिजीवी , देशभक्त तथा सम्पूर्ण जनसमुदायमा सार्वभौममिक, अखण्डता र स्वतन्त्रताका पक्षमा उभिई उक्त संझौताको खारेजी र नेपाल राष्ट्रको सम्मान गर्नका निम्ति एकजुट भई विरोधमा उत्रन आह्वान गर्दछौं ।”

प्राडा जगदीश चन्द्र भण्डारी
संयोजक
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन
मिति स् भदौ ७ , २०८२