काठमाडौं । आगामी भाद्र २० गते नेपालका दुई लोकप्रिय सांस्कृतिक परिवारहरु रक्तिम र सामना परिवारले वृहत जनसांस्कृतिक कार्यक्रम गर्ने भएका छन् ।
अखिल नेपाल जनसांस्कृतिक महासंघमा आबद्ध यी दुई सांस्कृतिक परिवारको कार्यक्रम काठमाडौं, जमलस्थित राष्ट्रिय नाचघरमा भाद्र २० गते दिउँसो २ बजे सुरु हुने बताइएको छ । उक्त कार्यक्रमको आयोजक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं.व्यूरो रहेको छ ।






























