रवि पाण्डेय
वर्तमान अवस्थामा देश विकराल स्थितिबाट गुज्रिरहेको छ । चरम आर्थिक संकटले देश ग्रस्त छ । दलाल सत्ता र ब्यवस्थाको चंगुलबाट जनता पिल्सिरहेका छन् । बिशेष गरेर राष्ट्रियता ,जनतन्त्र र जनजिविका संकटमा पर्दै गएको छ । नव उदारवादमा आधारित अर्थतन्त्रले राष्ट्रिय उद्योगधन्दा चौपट भएको छ । कम्युनिस्ट आन्दोलनको नाममा संशोधनवादीहरु हावी हुदै श्रमजिवी जनता बिशेष गरेर मजदुर किसान एंव उत्पिीडित तथा आधारभुत वर्गलाई लाई भम्र दिईराखेका छन् । संस्थागत भष्ट्राचार, कशिमनखोरी, घुसखोरीका काण्डहरु वडा तह सम्म विस्तार भएको छ । बैक तथा बित्तिय संस्था पीडित , मिटरब्याज, लघुबित्त, सहकारी पीडित जनता आन्दोलित छन् । युवा तथा बौद्धिक तप्का बिदेश पलायन हुने क्रम तीब्र छ । यस्तो बिषम राजनैतिक आर्थिक संकट गहिरिएको अवस्थामा तीन वटा पूर्व क्रान्तिकारी पार्टीबीच एकता सम्पन्न गरेर राष्ट्रिय एकता महाधिबेशनबाट बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको नीति कार्यक्रम, कार्यदिशा तथा अभियान लिएर जनता माझ जाने जुन मौका मिल्यो । त्यसले निराशालाई चिर्ने प्रयास गरेको छ ।
पार्टी केन्द्र र ब्युरोको योजनालाई दृढ कार्यान्वयन गर्दै नवलपरासी जिल्लाको सापेक्षतामा सात वटै पालिकामा जनसम्बन्ध विस्तार अभियान संचालनका गतिबिधिहरु भएका छन् । जसले पार्टीको नाम जिल्लामा एकहद सम्म स्थापित भएको छ । पार्टीको स्थानीय नेतृत्वलाई जनस्तरमा जोडेर स्थापित बनाउने कामको साथै जनसंर्घष र जन संगठन विस्तार गर्ने , पार्टीको समर्थक समुह बृद्धि गर्ने , केही हद सम्म जनवर्गीय तथा मोर्चा संगठनको सदस्यता विस्तार र संगठन समेत निर्माण गर्ने , पार्टीको नीति विचार एंव कार्यदिशा बारे जनतालाई सुसुचित गर्ने र जिल्लाको संर्घषको खाका टिपोट गर्दै संर्घषको पूर्व तयारी गर्ने काम थालनी भएको छ ।
– जनसम्बन्ध विस्तार अभियानको पूर्व तयारीदेखि समापन सम्म नवलपरासीमा भएका गतिविधि निम्नानुसार रहेका छन् ।
जिल्लाले लिएको पहलकदमी एंव कार्यक्रमहरु :-
वि.स. २०८१ फागुन १३ गते अखिल(क्रान्तिकारी) नवलपरासीको आयोजनामा स्ववियु निर्वाचन सम्बन्धि प्रशिक्षण सहितको बैठक एंव भेला । उक्त बिस्तारित बैठकले रमेश पाण्डेयको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन भएको छ ।
२०८१ फागुन १४–२१ गते सम्म शहिद सप्ताहमा सातै पालिका अन्तरगत रहेका ३४ जना सहिद तथा बेपत्ता परिवार भेटघाट कार्य सम्पन्न गरिएको छ ।
पाल्हीनन्दन–३ बेलाशपुरमा भएको समुदायगत झड्पको घटनामा स्थानीय प्रशासन तथा सरोकारवालाबाट सुरक्षा कमजोरी भएको जनाउदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीद्वारा खेद ब्यक्त सहित दोषी उपर कडा कारवाहीको माग गर्दै को बक्तब्य जारी गर्ने काम गरिएको छ ।
२०८१ फागुन १९ जिल्ला सेक्रेटरी रवि पाण्डेय , अखिल क्रान्तिकारीका नेता रमेश पाण्डेयको आमा एंव संचारकर्मी लक्ष्मी घिमिरेको सासुआमा पार्वती पाण्डेय (जो क्रा.मा.बर्दघाट नगर सदस्य समेत हुनुहुन्थ्यो) को स्मृतिमा अखिल क्रान्तिकारी दिब्यज्योति मुल ईकाईको आयोजनामा ज्ञानोदय प्रावि बर्दघाट–३ मा शैक्षिक तथा खेल सामाग्री प्रदान गर्ने कार्यक्रम गरेर सामाजिक कार्य गरिएको छ ।
फागुन २२ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले जनसम्बन्ध विस्तार अभियानलाई प्रभावकारी बनाउने निर्णय गर्दै जिल्ला सचिवालय बैठक सम्पन्न गरिएको छ ।
फागुन २३ गते पार्टी जिल्ला समितिको चौथो पुर्ण बैठकबाट अभियानको कार्यतालिका सहित योजना निर्माण भएको थियो ।
क्रान्तिकारी महिला संगठन नवलपरासीद्वारा भब्य रुपमा ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस बर्दघाट–४ दिब्यनगरमा मनाउने कार्यक्रम सम्पन्न भएको छ । जसमा ६० जना बढी महिलाहरुको सहभागिता रहेको थियो ।
फागुन २५ देखि बैशाख ५ गते सम्म ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन केन्द्रीत कार्यक्रम भएको थियो । दिब्यज्योति बहुमुखी क्याम्पस र त्रिभुवन क्याम्पस बेलाटारीमा निर्वाचनमा सहभागी भई दुवै क्याम्पसबाट गरेर कुल १७८ मत प्राप्त भएको छ ।
२०८१ चैत्र ३ अभियान उद्घाटनको पूर्व सन्ध्यामा सुस्ता–१ फेचुहामा सत्ता र ब्यवस्था बिरुद्ध नाराबाजी सहित मसाल जुलुस एंव रुपौलिया चोकमा कोणसभा सम्पन्न । सभामा पार्टी जिल्ला सेक्रेटरी रवि पाण्डेयद्वारा सम्बोधन गर्नुभएको थियो ।
चैत्र ४ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनगणतन्त्रको प्राप्तिको लागि जनमत तयार गर्न आब्हान सहित प्रेस बक्तब्य जारी गरेर जनसम्बन्ध विस्तार अभियान शुरु भएको घोषणा गरियो ।
२०८१ साल ५ चैत गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले २७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा बरिष्ठ साहित्यकारसमेत रहनुभएका पुरानो पुस्ताको कम्युनिस्ट आन्दोलनका अगुवा एवं जनसांस्कृतिककर्मी बाबुराम गिरी ‘मुसाफिर’लाई सम्मान । उहाँलाई दोसल्ला ओडाएर पार्टीका बैकल्पिक केन्द्रीय सदस्य रवि पाण्डेय सहितका अतिथिद्वारा सम्मान गरिएको थियो ।
बि.स.२०८१ साल ७ चैत क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल बर्दघाट संगठन समितिको जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने प्रतिवद्वता सहित बैठक एंव प्रशिक्षण सम्पन्न भएको छ ।
२०८१ साल ८ चैत क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल सुस्ता गाउँ संगठन समितिको जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने प्रतिवद्वता सहित सुस्ता–१ बनधरीमा बैठक एंव प्रशिक्षण सम्पन्न । बैठकले संयोजक गोबिन्द बहादुर साठीघरेलाई सम्मान सहित संयोजकबाट मगर मोर्चामा बिदाई गर्दै सोम बहादुर विश्वकर्मालाई संयोजकको जिम्मेवारी दिएको थियो ।
२०८१ साल ९ चैत क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल प्रतापपुर गाउँ संगठन समितिको बैठक तथा प्रशिक्षण सेमरीस्थित खैरहनीमा सम्पन्न गरिएको छ । जसमा यमबहादुर गुरुंगलाई पालिका संयोजक निर्वाचित गरिएको थियो । सो कार्यक्रममा त्रिभुवन क्याम्पसमा अखिल क्रान्तिकारीबाट उम्मेदवारी दिएर १०६ मत ल्याउनुभएकी उपबिजेता कुमारी गुन्जन लोनियालाई प्रशंसा सहित सम्मान गरिएको थियो ।
२०८१ साल १० चैत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुनवल नगर संगठन समितिको बैठक तथा प्रशिक्षण सुनवल –५ बनकट्टीमा सम्पन्न । बैठकले पार्टीको केन्द्र, ब्युरो र जिल्लाको निर्णयलाई दृढ कार्यान्वयन गर्दै अभियानलाई जनता माझ लगेर सफल बनाउन पालिका संयोजकमा प्रेमलाल रिमालले जिम्मेवारी दिइएको छ । ८४ बर्षीय रिमाल जेष्ठ कम्युनिष्ट समेत हुनुहुन्छ ।
बि.स. २०८१ साल १२ चैत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रामग्राम नगर संगठन समितिको बैठक रामग्रामको ऐचावल गाउँमा सम्पन्न । संयोजकको जिम्मेवारी जयफुल्लाह हसनलाई दिइएको छ ।
२०८१ साल १६ चैत जनसम्बन्ध विस्तार अभियान अन्तरगत क्रान्तिकारी युवा संघ नेपालको आयोजनामा बर्दघाट –४ वडा समिति गठन कार्यक्रम हरियालीनगरमा सम्पन्न । सो कार्यक्रममा स्ववियुमा सचिव पदमा उम्मेदवार दिनुभएका बिद्यार्थी नेता आनन्द ढकाललाई प्रशंसा सहित सम्मान गरिएको थियो ।
२०८१ साल १८ चैत क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले अस्नैयामा कोण सभा सम्पन्न ग¥यो ।
चैत्र १९ गते गते नेपाल–भारत सीमा जोडिएको प्रतापपुर–५ को बसहियामा क्रान्तिकारी युवा संघ र क्रान्तिकारी महिला संगठनको वडा समिति विस्तार । जसमा ६० बढी जनताको सहभागिता रहेको थियो ।
जनआन्दोलन दिवस (चैत्र २४)मा ब्युरोको मोटरसाइकल ¥यालीमा तौलिहवामा ९ वटा मोटरसाइकलमा १९ जना जिल्लाबाट सहभागिता रहेको थियो । सो अन्तरगत रामग्राम नगर संगठन समितिले अमहवामा स्वागत , भुमही र बर्दघाट चोकमा कोणसभा गरिएको थियो ।
चैत्र २८ गते जिल्ला सचिवालयको बैठक बर्दघाटमा बसेर अभियानको समिक्षा एंव केन्द्रीय टोलीको ब्यवस्थापकीय जिम्मेवारी सहित तालिका निर्माण गरिएको थियो ।
चैत्र ३० गते बैकिल्पक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी केन्द्रीय अभियानमा कपिलबस्तु मा सहभागी हुनुभएको थियो ।
केन्द्रीय अभियान टोलीले गरेका कार्यक्रमहरु
बि.स. २०८२ बैशाख ५ गते सुनवलको अस्नैयामा स्थायी समिति सदस्य क. सुर्दशन नेतृत्वको टोलीलाई जिल्ला पार्टी र सुनवल नगर पार्टीद्वारा गम्छा ओडाएर स्वागत । लगतै सहिद परिवार इन्द्र माया क्षेत्रीलाई केन्द्रीय टोलीद्वारा सम्मान गरियो ।
२०८२ बैशाख ५ गते साँझ सुनवल बजारमा कोणसभा सम्पन्न । सभामा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य नवीन खड्काद्वारा सम्बोधन भयो ।
२०८२ बैशाख ६ गते बिहान जिल्ला सदरमुकाम परासीमा पत्रकार भेटघाट सम्पन्न । उक्त कार्यक्रममा ३७ जना सहभागी रहेको ।
२०८२ बैशाख ६ गते नै राजनैतिक दल,नागरिक समाजलगायत संग परासीमा अन्तरक्रिया । कार्यक्रममा नेका, एमाले , माके, एस, जनमत, बहुमतलगायतका पार्टी एंव नागरिक समाज र उपभोक्ता हित एंव कानुन ब्यवसायी गरेर ५८ जनाको सहभागिता रहेको थियो ।
२०८२ बैशाख ६ गते दिउँसो केन्द्रीय टोली सहितले रामग्राम स्तुपा अवलोकन भम्रण गरेको । लगतै सांझ पाल्हीनन्दन गाउँपालिकाको केन्द्र बेलाशपुर बजारमा कोणसभा गरिएको सभामा पीबीएम क.शिशिरद्वारा सम्बोधन र भुमहीमा पनि कोण सभा सम्पन्न ।
२०८२ बैशाख ७ गते बिहानै बर्दघाट–७ जिमिरेभारमा कोणसभा, लगतै चौपत्ता अस्पतालमा सहीद सलिमको सालिकमा माल्यार्पण एंव स्मृति कार्यक्रम , गोपीजंगमा कोणसभामा युवा नेता रवि पाण्डेयद्वारा सम्बोधन गरिएको थियो ।
२०८२ बैशाख ७ गते बिहान प्रतापपुरको सुर्यपुरा बजारमा कोणसभा सभामा ८० जना भन्दा बढी सहभागी भएको । उक्त सभामा पीबीएम कमरेड लाल बहादुर जाग्रीबाट सम्बोधन गरिएको थियो ।
२०८२ बैशाख ७ गते दिउँसो भारत अतिक्रमित भुमि सुस्तामा निर्मित एशीयाकै लामो झलुंगे पुल अवलोकन सहित नाराजुलुस लिएर सुस्ता पुगेको टोलीले सुस्ताको अवस्था बुझ्ने कार्य गर्दै बडकी टोलमा ब्यापक जन परिचालन सहित कोण सभा सम्पन्न गरिएको । सभामा पार्टीका नेताहरु दुर्गा नारायण चौधरी , दिनेश थापा, रवि पाण्डेयले आलोपालो संचालन तथा क. सुर्दशन द्वारा सम्बोधन गरिएको थियो । कार्यक्रममा सुस्ताको हालको समस्या समेत केन्द्रीय टोलीले टिपोट ग¥यो ।
सुस्ताको ठुलो पुलमा क. हुकुम सहित क.साका, क. प्रकाशलगायतले भारतीय अतिक्रमण बिरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा नारा लेखन कार्य गरिएको छ ।
२०८२ बैशाख ७ गते साँझ सुस्ता गाउँपालिकाको कार्यालय अगाडी नै कुडियाचोकमा नाराबाजी सहित कोणसभा सम्पन्न भएको छ ।
२०८२ बैशाख ८ गते बिहान बर्दघाटको टिसीएन चोकमा कार्यक्रम गरेर केन्द्रीय अभियान टोलीलाइ पिबीएम तथा ब्युरो इन्चार्ज प्रेम सुबेदीले पार्टीको झण्डा र जिल्ला सेक्रेटरी रवि पाण्डेयले राष्ट्रिय झण्डा दिएर बिदाई कार्यक्रम गरिएको थियो ।
केन्द्रीय टोली बिदाई पछिका गतिबिधि
क्रान्तिकारी युवा संघ प्रतापपुरका संयोजक दिनेश पासीका बुवाको निधन प्रति श्रद्धाञ्जली सभा र पार्टीका बर्दघाट नगर सदस्य एवं वडा नम्बर २ संयोजक गोपाल गिरीको ममतामयी आमा भेष कुमारी गिरीको निधन प्रति श्रद्धाञ्जली एंव समबेदना ब्यक्त गरिएको छ ।
बि.स. २०८२ बैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा कार्यक्रम गरेर क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासीको प्रथम जिल्ला भेलाले चुडामणि भण्डारीको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।
भारतको चण्डीगढमा दुर्घटनाबाट निधन भएका बर्दघाट–४ मर्चाखोलाका बिद्यार्थी सन्देश नेपालीको शव नेपाल ल्याउन पंजाव पार्टी र एकता समाजका कमरेडहरुसंग सहकार्य गरेर पीडित परिवारको पक्षमा काम गरिएको छ । मृतकको परिवारलाई न्यायका लागि कानुनी पहल समेत गरिएको छ । जसमा पार्टी ब्युरो ईन्चाज प्रेम सुवेदी , खगेश्वर शर्मा , कृष्ण केसी सहित चेतमान भण्डारी र अधिबक्ता ललिता पोखरेलको निकै सह्रानीय साथ रहेको थियो ।
२०८२ बैशाख १६ गते क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल र क्रान्तिकारी किसान महासंघ नेपालको संयुक्त जिल्ला भेलाले ११ सदस्सीय छुटाछुट्टै जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । रामचन्द्र पोखरेलको संयोजकत्वमा गठन भएको क्रान्तिकारी किसान महासंघ नेपाल र क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालको जिल्ला समितिमा केन्द्रीय सदस्य समेत रहनुभएका ज्ञान बहादुर केसी संयोजक र लालु गिरी सहसंयोजक रहनुभएको छ ।
२०८२ बैशाख १८ गते १३६ औं मजदु्र दिवसको सन्र्दभमा क्राकपा नेपाल र क्रान्तिकारी ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा मजदुर जुलुस सहित जनसभा गरेर जनसम्बन्ध विस्तार अभियान समापन गरिएको । जुलुस बर्दघाट बजारको बसपार्क हरियालीनगर क्षेत्र हुदै नगरपालिका टोली , देवीनगर, आनन्दनगर , ग्रिनपार्क टोल , भृकुटी टोल हुदै मुख्य बजारको पुरानो चौकी प्रांगणमा सभामा परिणत भएको थियो । सभामा पार्टीका बैकिल्पक केन्द्रीय सदस्य रवि पाण्डेय प्रमुख अतिथि सहित क्रान्तिकारी मोर्चाबाट संयोजक चुडामणी भण्डारी, किसानबाट रामचन्द्र पोखरेलले सम्बोधन र पार्टीका जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकालले स्वागत र अर्का कार्यालय सदस्य दुर्गानारायण चौधरीले संचालन गर्नुभएको थियो ।
२०८२ बैशाख १८ गते जनसम्बन्ध विस्तार अभियान समापनसंगै जन संगठन विस्तार गर्ने उद्धेश्यले जनसंगठन विस्तार तथा सुदृढीकरण अभियान संचालनको तयारी गरिएको छ।
निष्र्कष
अतः हाम्रो सक्रियता र पहलकदमीहरु बृद्धि गर्दै लैजान सकेको खण्डका नवलपरासी जिल्लामा सातै पालिकामा पार्टी अझ स्थापित हुने सम्भावना देखिदै गएको छ । क्रान्तिकारी संयुक्त मोर्चा नेपाल र बिभिन्न जनवर्गीय संगठन तथा मोर्चाहरुका सदस्यता बेलामा ल्याउन सकेमा एक हजार बढी सदस्यता बितरण गर्न सकिने आधार जन सम्बन्ध विस्तार अभियानले खडा गरेको छ । सरकारी कार्यालयहरुका काम कारवाहीहरुको सुक्ष्म अध्ययन र पार्टी सम्पर्कको लागि जिल्ला सदरमुकाममा पार्टी सम्पर्क कार्यालयको आवश्यकता बढेर गएको देखिन्छ । यसैले हाम्रो जिल्लाको सन्र्दभमा यस अभियान केही ब्यवस्थापकीय सीमा बाहेक सफल भएको निष्र्कष सहित जनसंगठन विस्तार तथा सुदृढीकरण अभियानको आवश्यकता बोध भएको छ । लालसलाम ……..
ु