दलसिंह खत्री (क.मिसन)लाई पार्टी सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट हटाइयो

दलसिंह खत्री (क.मिसन)लाई पार्टी सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट हटाइयो

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य दलसिंह खत्री (क.मिसन)लाई पार्टी सदस्यतासहित सम्पूर्र्ण जिम्मेवारीबाट हटाएको छ । केही महिनादेखि पार्टीका विरुद्ध गुटबन्दी गर्दै हिंडेको पाइएकोले उक्त विषयबारे स्पष्टीकरण लिई गंभीर चेतावनी सहित जनवादी केन्द्रीयताका आधारमा अनुशासित भएर पार्टी काममा क्रियाशील हुन आन्तरिक रुपमा निर्देशित गरिए पनि फुटपरस्त गतिविधि जारी राखेकोले खत्रीलाई पार्टी सदस्यतासहित सम्पूर्र्ण जिम्मेवारीबाट हटाइएको कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य दलसिंह खत्री (क. मिसन) ले केही महिनादेखि पार्टीका विरुद्ध गुटबन्दी गर्दै हिंडेको पाइएकोले उक्त विषयबारे स्पष्टीकरण लिई उहाँलाई गंभीर चेतावनी सहित जनवादी केन्द्रीयताका आधारमा अनुशासित भएर पार्टी काममा क्रियाशील हुन आन्तरिक रुपमा निर्देशित गरिएको थियो । तर, पार्टी अनुशासनमा बसेर आफ्ना असहमतिका विषयमा छलफल चलाउँदै पार्टीको काममा क्रियाशील हुनुको साटो फूटपरस्त गतिविधिलाई अरु बढाउँदै लगेको पाइएकोले उहाँलाई पार्टी सदस्यता सहित संपूर्र्ण जिम्मेवारीबाट हटाइएको व्यहोरा सार्वजनिक जानकारी गरिएको छ ।”