बैशाख १८ गते विशाल जनप्रदर्शनसहित समापन हुँदै ‘जनसम्बन्ध विस्तार अभियान’

बैशाख १८ गते विशाल जनप्रदर्शनसहित समापन हुँदै ‘जनसम्बन्ध विस्तार अभियान’

काठमाडौं । तीनवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुबिचको ऐतिहासिक एकताबाट बनेको ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ले ऐतिहासिक एकता महाधिवेशनको दिशाबोध अनुसार डेढ महिने ‘जनसम्बन्ध विस्तार अभिायन’ सञ्चालन गर्ने निर्णय ग¥यो । चैत्र ४ देखि जारी अभियान अब अन्तिम चरणमा पुगेको छ । बैशाख १८ मा अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भ पारेर विशाल जनप्रदर्शनसहित डेढ महिने जनसम्बन्ध विस्तार अभियानको समापन हुँदैछ । समापन समारोहलाई पार्टीका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्नुहुनेछ । अनेकौ अभाव र संकटपूर्ण समस्याहरुसँग जुझ्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीको सिंगो पंक्तिले अभियान सम्बन्धी निर्णयलाई कार्यान्वयन गर्दै लक्षित सबै जिल्लाहरुमा अभियान सञ्चालन गरेको छ । यो अभियानबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एकसाथ पार्टीको नाम, राजनीतिक एजेण्डा, नीति, विचार र कार्यक्रमलाई प्रचारात्मक हिसाबले जनताको घर घरमा पु¥याउने कोशिस गरेको छ भने अर्कोतिर संशोधनवादी, अवसरवादी र प्रतिक्रियावादीहरुले छरेका भ्रमलाई चिर्ने र जनतामा क्रान्तिकारी आशावादको बिउ छर्ने काममा सान्दार रुपले सफल भएको छ । यस अभियानबाट मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘जनसम्बन्ध विस्तार अभियान’ मार्फत् जनगणतन्त्रको बहसलाई देशव्यापी बनाइरहेको छ र जनताको घर घरमा पु¥याएको छ ।
जनभेटघाट, भित्तेलेखन, पर्चा वितरण, कोणसभा, जनसभा, अन्तरक्रिया, पत्रकार भेटघाट (सम्मेलन), सहिद परिवारजनसँग भेटघाट छलफल लगायतका विविध सिर्जनात्मक तथा रचनात्मक कार्यक्रमहरुद्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रबाट गठित चारवटा अभियान टोली, ब्यूरो र जिल्लाका अन्य अभियान टोलीले अबको अग्रगामी राजनीतिक विकल्पको रुपमा ‘जनगणतन्त्र’को एजेण्डालाई देशव्यापी रुपमा चर्चा, छलफल, बहसको विषय बनाइएको छ ।
चैत्र ४ गतेबाट सुरु गरिएको ‘जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गत केन्द्रीय अभियान टोलीले आइतबारसम्म (बैशाख १४ सम्म) मा लगभग ४३ वटा जिल्लामा अभियान सञ्चालन गरिसकेको छ । यस अवधिमा सयौं स्थानमा कोणसभा, भित्तेलेखन, जनभेटघाट, विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेका छन् भने हजारौको संख्यामा पर्चा वितरण गरिसकिएको छ ।
पार्टीका स्थायी समिति सदस्य रामसिंह नेतृत्वको १ नं. अभियान टोलीले हालसम्म पाँचथरमा चैत्र ४–५, तेह्रथुममा ६–९, धनकुटामा १०–१३, भोजपुरमा १४–१७, खोटाङमा १८–२०, सिराहामा २१, धनुषामा २२–२३, महोत्तरीमा २४–२६, सर्लाहीमा २७–३०, रौतहटमा ३१–३ र बारामा ४–७, पर्सामा ८–९, मकवानपुरमा १०–१२ सम्पन्न गरी ललितपुरमा अभियान सञ्चालन गरिरहको छ । यो अभियान टोली बैशाख १७ मा काठमाडौं आइपुग्नेछ । र, बैशाख १८ मा हुने मे दिवसमा आयोजित वृहत् जनसभासँगै अभियानको समापन समारोहमा सहभागी हुनेछ ।
त्यसैगरी पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतीकको नेतृत्वमा रहेको अभियान २ नं. टोलीले झापामा चैत्र ४–६, मोरङमा ७–१०, सुनसरीमा ११–१४, उदयपुरमा १५–१८, सप्तरीमा १९–२०, सिराहामा २१–२४, ओखलढुंगामा २५–२९, सिन्धुलीमा ३०–२, रामेछापमा बैशाख ३–५, दोलखामा ६–९, सिन्धुपाल्चोकमा १०–१२ सम्पन्न गरी अहिले काभ्रेमा अभियान सञ्चालन गरिरहेको छ । १७ बैशाखमा भक्तपुरमा अभियान सञ्चालन गरी यो अभियान टोली बैशाख १८ मा हुने विशेष समारोहमा सहभागी हुनेछ । अहिले यो अभियान टोलीको नेतृत्व पार्टीका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले गरिरहनु भएको छ ।
त्यस्तै पार्टीका अर्का स्थायी समिति सदस्य कृष्ण पौडेल कुमुद नेतृत्वको ३ नं. अभियान टोलीले हालसम्म कंचनपुरमा चैत्र ४–७, कैलालीमा ८–१२, बर्दियामा १३–१६, बाँकेमा १७–२०, सुर्खेतमा २१, जाजरकोटमा २२–२४, रुकुममा २५–२८, बागलुङमा २९–२, पर्वतमा बैशाख ३–४ र कास्कीमा ५–८, तनहुँमा ९–११, लम्जुङमा १२, गोरखामा १३ मा अभियान सम्पन्न गरिसकेको छ । र, नुवाकोट प्रवेश गरिसकेको छ । नुवाकोटमा १६ सम्म अभियान सम्पन्न गरी यो टोली बैशाख १७ मा काठमाडौं प्रवेश गर्नेछ र वैशाख १८ मा हुने विशेष कार्यक्रमसहितको अभियान समापन समारोहमा सहभागी हुनेछ ।
त्यसैगरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनको नेतृत्वमा रहेको ४ नं. अभियान टोलीले पनि बैतडीमा चैत्र ४–५, डडेलधुरामा ६–९, डोटीमा १०–११, अछाममा १२–१४, दैलेखमा १५–१८, सुर्खेतमा १९–२१, दाङमा २२–२५, प्युठानमा २६–२८ र अर्घाखाँची २९–३०, कपिलवस्तुमा ३१–१, रुपन्देहीमा २–५, नवलपरासीमा ६–७, नवलपुरमा ८–१०, चितवनमा ११–१४ मा अभियान सम्पन्न गरी सोमबार धादिङ प्रवेश गर्नेछ । यो टोलीले १५–१६ मा धादिङमा अभियान सम्पन्न गरी १७ गते काठमाडौं प्रवेश गर्नेछ र वैशाख १८ मा मे दिवसको दिन गरिने वृहत जनप्रदर्शनसहितको समापन समारोहमा सहभागी हुनेछ ।
यसैबिच, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ९ नं ब्यूरो, जबस मोर्चाको नेतृत्वसहितको टिमले बैशाख १८ मे दिवसका दिन काठमाडौंमा गरिने विशाल जनप्रदर्शनको व्यवस्थापनमा जुटेको छ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि पार्टीका नेता कार्यकर्ता, समर्थक शुभचिन्तक समुदायको उल्लेख्य उपस्थिति हुन÷गराउन गरी सर्कुलर जारी गरिसकिएको पार्टी हेडक्वार्टर स्रोतले जानकारी दिएको छ ।