जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलि बैशाख १५गते धादिङमा

जनसम्बन्ध बिस्तार अभियान ४ नं. टोलि बैशाख १५गते धादिङमा

नविन खडका

बैशाख १५ धादिङ ।
पहिलो कोणसभा कार्यक्रम मलेखु बजारमा सम्पन्न । संचालक कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश थापा र सम्बोधन पार्टी स्थायी समिति सदस्य तथा ४ नं.अभियान कमान्डर हेमन्त प्रकाश ओलि सुदर्शन ।
दोस्रो गजुरी गाउँपालिकाको गजुरी बजारमा कोणसभा कार्यक्रम सम्पन्न, जसलाई पोलिट्ब्युरो सदस्य धनेस्वर पोखरेलले सम्बोधन र केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापाले संचालन गर्नु भएको थियो ।


तेस्रो सिद्धलेख गाउँपालिकाको बुङ्चुङ बजारमा कोणसभा कार्यक्रम सम्पन्न ।उक्त कोणसभालाई संचालन केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी कार्यालय सदस्य दिनेश थापाले र सम्बोधन केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज नवीन खड्काले गर्नु भएको थियो ।
चौथो सिद्धलेख गाउँपालिकाको बैरहनी बजारमा कोणसभा कार्यक्रम सम्पन्न, जसलाई केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज होम बहादुर खड्का हुकुमले सम्बोधन र केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज दिनेश थापाले संचालन गर्नु भएको थियो ।
कोणसभा गरिएका ठाउँहरुमा व्यापक रुपमा पर्चा बितरण गरिएको पृथ्वी राजमार्ग र जिल्लाको सदरमुकाममा व्यापक नारा लेख्ने काम सम्पन्न गरिएको छ ।