बैशाख ८ गते बारा जिल्लामा १ र पर्सा जिल्लामा २ ठाउँ गरी जम्मा तीन ठाउँमा कोणसभाहरु गरिए ।
पहिलो बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ७ मा भयो । सम्वोधन पिविएम कमरेड शारदामहत र संचालन केस कमरेड इश्वर ढुंगेलले गर्नु भयो ।
दोस्रो कोणसभा पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका २९ बसडिलवा गाउँमा भयो । संचालन केस तथा १२ नं. ब्यूरो सेक्रेटरी कमरेड हरेराम पटेल र सम्वोधन पिविएम तथा १२ नं. ब्यूरो इन्चार्ज कमरेड वीरेन्द्र कुमार शाहाले गर्नु भयो ।
तेस्रो पर्सा जिल्लाको ठोरी गाउँपालिकाको ठोरीमा भयो । सम्वोधन पिविएम कमरेड चन्द्रहरी सुवेदीले र संचालन केस कमरेड इश्वर ढुंगेलले गर्नु भयो ।
कोेणसभा गरिएका सबै स्थानहरुमा भित्तेलेखन र पर्चा वितरण गरिएका थिए । ठोरीमा नेपाल भारत सिमा स्तम्भ अवलोकन गर्ने काम पनि भयो ।