बैशाख ९ दोलखा । अभियानको छत्तीसौं दिन अर्थात् बैशाख ८ गते दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्बर ४, मालु डाडागाउमा कोणसभा सम्पन्न गरिएको छ । सभाको संचालन जिल्ला सचीव गोबिन्द काफ्लेले गर्नुभएको हो । सभामा अभियानबारे र पार्टीको धारणा पार्टीको पोलिटब्युरो सदस्य एवम् १० नम्बर व्यूरो इन्चार्ज सुरेश श्रेष्ठले मन्तव्य मार्फत प्रष्ट पार्नुभएको थियो । सास्कृतिक प्रस्तुति रक्तिमका अध्यक्ष नारायण शर्माले राख्नुभयो ।
तामाकोसी गाउँपालिका वडा नम्बर ४ चापाबोटको दलित बस्तिमा साझ स्थानीयहरुसग अन्तरक्रिया सहित पिडिसभा गरिएको छ ।
पिडिसभाको संचालन दोलखा जिल्ला इन्चार्ज पुर्ण बहादुर खड्काले गर्नुभएको थियोे । अभियानबारे पार्टीको पोलिट ब्यूरो सदस्य सुरेश श्रेष्ठले राख्नुभएको थियोे । त्यस्तै पार्टीको नीति तथा आगामी कार्यक्रमबारे सन्तबहादुर नेपालीले राख्नुभएको थियो ।
प्रहसन सहितको सास्कृतिक प्रस्तुति रक्तीमका अध्यक्ष नारायण शर्माले राख्नुभयो । भित्तेलेखन ५५ वटा गरिएको छ । विभिन्न मोर्चाको सदस्यता बितरण गरिएको छ ।