बैशाख ८ भारत । अखिल भारत नेपाली एकता समाज, मध्य उत्तर क्षेत्रीय समितिको महिला विभाग २०८२साल वैशाख ७ गते, अर्थात २०२५ अप्रिल २० आइतबार गठन गरिएको छ । कार्यक्रमको अध्यक्षता भुमिसरा बुढाथोकीले गर्नुभएको थियो । एवम् केन्द्रीय समिति सचिव नारायण शर्माको प्रमुख उपस्थिति रहेको उक्त भेलामा महिला सशक्तिकरण, संगठन विस्तार तथा आगामी कार्ययोजना सम्बन्धी महत्वपूर्ण छलफलहरू गरियो । भेलामा विभिन्न स्थानबाट १५ जना महिलाहरूको सक्रिय प्रतिनिधित्व रहेको थियो । सहभागीहरूको नाम तथा उनीहरूको क्षेत्र निम्नानुसार छन् ः भूमिसरा सरा बुढाथोकी –अध्यक्ष फरिदाबाद रेश्मा शर्मा – सचिव नोयणा,सुमित्रा देवी – कोषध्यक्ष भिवाडि,बिनिता खड्का –सदस्य भिवाडि,करिना शाहा –सदस्य भिवाडि,रमा न्यौपाने –सदस्य फरिदबाद,कमला भुषाल –सदस्य फरिदबाद,कल्पना चालिशे –सदस्य फरिदाबाद,माया थापा – सदस्य नोयणा,मन्जु – सदस्य नोएडा, शुक्कु थापा – सदस्य नोएडा, लालुमाया थापा – सदस्य दिल्ली,अनिशा बराल–सदस्य सोनितपत,निशा पुन –सदस्य सोनिपत,कमला खड्का – सदस्य भिवाडि रहनु भएको छ ।